Saturday, December 6, 2014

एघारौ महिला स्वास्थ्य स्वयमसेविका दिवस

चिलिमे,रसुवा
एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्रम सम्पन्न भयो । 

गोल्जङ, गत्लाङ, र चिलिमे गाविसका महिला स्वास्थ्य स्वयमसेविका सहभागि कार्यक्रमा ¥याली तथा सरसफाई कार्यक्रम गरिएको थियो । थाम्बुचेत स्वास्थ्यचौकी तथा गाउँ बरीपरी सरसफाई गरी स्थानीय हिमालयन बृद्धाआश्रमका बृद्धबृद्धाहरूलाई अण्डा , सावुन , नेलकटर, बितरण गरिएको थियो । कार्यक्रममा महिला स्वयमसेविकाहरूको समुहगत हाजिरीजवाफ प्रतियिोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई अण्डा, सावुन नेलकटर र भित्तेघडी पुरस्कार प्रदान गरिएको थियो । 

सुआहारा कार्यक्रमको स्वास्थ्य , पोषण र सरसफाई बारे चेतना मुलक कार्यक्रम सहित भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका रुकु क्षेत्री, गोल्जुङ स्वास्थ्य चौकीका ईन्चार्ज चन्द्रभुषण ठाकुर, स्थानीय हिमालयन ईङलिस स्कुलका शिक्षक , विद्यार्थी, स्थानीयवासीहरुको सहभागिता रहेको थियो । 

एकीकृत पोषण तथा सरसफाईलाई ध्यान दिदै पुररस्कार प्रदान गरिएको थियो सुआहारारा कार्यक्रम संयोजक मनोज मिश्रले बताए । 



Friday, November 28, 2014

रेडपाण्डाको छाला सहित अबैध सामान फेला



धुन्चे, रसुवा
रेडपाण्डाको छाला सहित अबैध सामान चोरी निकासी गर्न लागेको अवस्थामा रसुवाका एक जना पक्राउ पक्राउ परेका छन् ।  

जिल्लाको उत्तरी चीनको सिमानाकासँग जोडिएको टिमुरे गाविस–९ का ४५ वर्षिय सोनामछिरिङ घलेलाई उनकै घरमा प्रहरीले अबैध सामान लुकाएर राखेको सुचनाका आधारमा छापा मार्दा अबेध सामाग्री सहित उनलाई गिरफ्तार गरेको हो । सुराकीको आधारमा नारायण दल गण तथा लाङटाङ राष्ट्रिय निकुञ्जका गस्ती टोलीले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको छ । 

उनको घरबाट विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डाको छाला एक थान, अन्य बन्य जन्तुको छाला ३ थान , वन्यजन्तुको छाला ९ टुक्रा , वन्यजन्तुको हड्डी ६, बन्यजन्तुको खुर ३, बन्यजन्तुको सिङ ७, बन्यजन्तुको खप्पर १ रक्तचन्दन गोलिया १ र जडिबुटी ५०० ग्राम सहित पक्राउ गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो । 

‘निकुञ्जको गती तथा नारायण दल गणका गणेश रायमाझीको टोलीले दिउँसो १ बजेतिर अबैध रुपमा लैजान राखिएको सामाग्रीहरु नियन्त्रणमा लिएको हो उपाध्यायले भने ।’
रसुवामा श्रृखलाबद्ध ढंगबाट अबैध रुपमा जडिबुटी तथा रेडपाण्डाको छाला तस्करी हुने गरेको अवस्थामा भेटिने गरेको छ । यस क्षेत्रबाट बिश्वमा नै दुलर्भ रेडपाण्डाको छाला तस्करी निकै बढेको छ । 


Saturday, November 22, 2014

ज्योति साहित्यिक पत्रिका बिमोचन

धुन्चे, रसुवा / नेपाल विद्युतकर्मी साहित्यिक समाजद्वारा प्रकाशित ज्योति साहित्यिक त्रैमासिक पत्रिकाको एक कार्यक्रमका धुन्चेमाबीच लोकार्पण भयो । 

झ्यालबाट लाङटाङ हिमालले चिहाउँदै थियो । हलमा साहित्यकार कौशल भट्टराईले सपना सुनाउनुभयो । आफनो कवितामा उहाँले देश बिग्रिएको र सिर्जनामार्फत सुन्दर देशको परिकल्पनाको सपना कविता बाचन गर्नुभयो । सर्जकहरुको जमघटलेधुन्चेको माहोल तात्दै थियो ।

अर्का सष्टाले मुकुन्द शिवाकोटीले शार्दुलबिक्रीडित छन्द छन्दमा निकै रोचक कविता बाचन गर्नुभयो । राजधानी तर्फबाट आएका एकदर्जन  बढि र जिल्लाका सर्जकका आफ्ना सिर्जनाले बाहिरको बाताबरण चिसो भएपनि धुन्चेको जिविस सभाहलको माहोल निकै तातेको थियो । स्रोता दर्शकहरुको ताली गड्किरहेको थियो । बिरलै मात्रामा हुने साहित्यिक कार्यक्रम मध्ये रसुवामा भएको यस कार्यक्रमले रसुवा रहेर साहित्य सिर्जनामा लाग्नेहरुमा उत्हास थप्ने र सिर्जनामा सर्वर रसुवाबाट पनि लेखन क्षेत्रको विकास हुने स्थानीय सर्जकहरुले अपेक्षा गरेका छन् ।

कार्यक्रममा पत्रिकाको २४ औं अंक बिमोचन गर्दै साहित्यिक पत्रिकाहरु र साहित्यि सिर्जनामा लाग्नेहरुको प्रेरणा हुनु आवश्य रहेको प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद भट्टराईले बताउँनुभयो ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मातृका पोखरेलले सुधारसागर पत्रिका सुरु भएको १ सय २५ वर्ष पुगेको र साहित्यिक पत्रिकाहरु खस्कँदै गएको बताउँदै नेपालमा पत्रकारिताको जग नै साहित्यिक पत्रिकाबाट सुरु भएको बताउँनुभयो । कार्यक्रम चिलिमे, साङजेन रसुवागढी जलविद्युत आयोजनाका कर्मचारी पत्रकार, नागरिक समाज , स्थानीयवासी सहभागि थिए । 

नेपाल बिद्युत प्राधिकरणमा कार्यरत साहित्य सिर्जनामा लाग्नेहरुको संस्था विद्युतकर्मी साहित्यिक समाजद्धारा प्रकाशित पत्रिका बिभिन्न जिल्लमा गएर बिमोचन गर्ने क्रममा रसुवा यस पटकको रोजाईमा परेको समाजका अध्यक्ष पुण्य घिमिरेले बताउनुभयो । 

बिशेष अतिथि अन्तर्बोध साहित्यक पत्रिकमाका सम्पादक होमशंकर बास्तोला, रामेश्वर राउत‘मातृदाश’ , गोकर्ण नेपाल, कौशल भट्टराइ, नबराज दाहाल, प्रकाश आचार्य, रमेश गुप्ता, यादवराज घले, धु्रबराज न्यौपाने, बाबुराम श्रेष्ठ, सरस्वती न्यौपाने, दिपक दाहाल, मुकुन्द शिवाकोटी,चुडामणि दाहाल, तेजेन्द्र रावल, रामप्रसाद घिमिरे, बलराम रिमाल, गोविन्द घिमिरे, कृष्णदेव रिमाललगायतका स्रष्टाहरुले कविता, गजल, मुक्तक लगायतका आफ्ना सिर्जना बाचन गनुभएको थियो । 

Friday, November 14, 2014

जिल्लामा आपतकालिन बाल उद्दार गृह सन्चालन गर्न जोड





ब्यापार केन्द्रहरूमा बाल श्रम शोषण हुन नहुने तथा रसुवामा बालगृह सञ्चालन हुनु पर्ने बिभिन्न सरोकारवालाहरूले बताएका छन् । जिल्ला बालकल्याण समितिले आयोजना गरेको रसुवा जिल्लामा रहेका अवस्था बारे  सरोकारवाला निकायहरूसँग धुन्चेमा  गरिएको अन्तरक्रियामा सहभागिहरूले सो कुरामा जोड दिइएको हो ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लिराम गिरीले बालबालिकाको काम कर्तव्य र अधिकार कानुनले स्पष्ट गरेको बताउदै  गाविसको नाममा दिएको रकम दुरुपयोग भइरहेको बताए । उनले बालबालिकाको क्षमता अभिवृद्धिको लागि छुट्टाइएको बजेट स्थानीय निकायले सम्बन्धित क्षेत्रमा नै खर्च गर्न निर्देशन दिए । सरोकारवालाहरुले आपतकालिन बाल उद्दार गृहको संचालनमा ल्याउनुपर्नेमा जोड् दिएका हुन । 

बालबालिकाहरूलाई चाइनाको डान्सबारमा नचाउने, बालबालिकाको किड्नी बेच्ने लगायतका कार्य भइरहेको बताउँदै होटल गाडीहरूमा बालमजदुर राख्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने समेत उनले जोड्दिनुभयो ।
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले सोतको प्रयोग, स्रोतको उपयोग र स्रोतको सदुपयोगको प्रयोग गर्नुपर्ने बताए । खुल्ला हृदयले बालबालिकाको हकहितका लागि कार्य गर्नुपर्ने बताए ।  यस्तै, रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद भट्टराइले बिभिन्न निकायहरूले छुट्टाउने १० प्रतिशत रकम विनियोजन गर्ने जानकारीहरू नआइरहेको बताउनुभयो ।

आगामि दिहरूमा बालकल्याण समितिबाट गर्नुपर्ने कामहरूलाई अझ प्रभाबकारी रुपले गर्ने प्रतिबद्धता  व्यक्त गरे ।

जिल्ला बालकल्याण समिति रसुवाका बाल अधिकार अधिकृत भगवती पौडेलले गाविस सचिवहरूलाई बालबालिकाको तथ्याङ सङ्कलन गर्न दिए पनि अहिलेसम्म नगरेको आरोप लगाए ।  यस्तै रसुवाका प्रहरी प्रमुख प्रबिण पोखरेलले हरेक क्षेत्रमा रहेका बालमजदुर हटाउन आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । उनले बिभिन्न अनलाइन मिडियाहरूमा अश्लील  भिडियो राख्ने काम भइरहेकाले यस्तो काम कसैले पनि गर्न नहुने बताए ।

जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटाले एसएलसीको नजिता हरेका बर्ष खस्कदै गएको बताउदै जिल्लामा  शिक्षकको दरबन्दी कम रहेको र गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि शिक्षकको अभाब रहेको बताए । इन्सेकका प्रतिनिधि हेमनाथ खतिवडाले ग्रामीण तहमा बाल बिबाह , बाल श्रम शोषण जस्ता घटनाबाट बालबालिकाहरू पीडित भएको तर न्याय माग्न राज्यको सुरक्षा निकायसम्म आउन नसकेको बताए ।

कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजार नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, निमित्त स्थानीय विकास अधिकारी, धुन्चे गाविसका सचिब हकहित संरक्षण मञ्चका टिकमबहादुर शाही लगायतले जिल्लामा आपतकालिन बाल उद्दार गृहको संचालनमा  ल्याउनुपर्नेमा जोड् दिए ।  कार्यक्रममा मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाजको सहभागिता रहेको थियो ।

Wednesday, November 12, 2014

रसुवामा र्याली तथा भूमिसभा


जिल्ला भूमिअधिकार मञ्च रसुवाको आयोजनामा राष्ट्रिय आन्दोलन अनुरुप संबिधानमा आवास, भूमिहिन तथा साना किसानको अधिकार, खाद्य अधिकार स्पष्ट लेख्नका लागि खबरदारी गरेका छन् । 

भूमि अधिकार मञ्चको आब्हानमा आज देशभर प्रर्दशन गर्दै हदबन्दीभन्दा बढी जग्गाको क्षतिपूर्ति दिने गरी संविधान सभा अन्तर्गतका समितिहरूमा भएको भनिएको सहमतिको विरोध जनाउने कार्यक्रम अन्तर्गत रसुवामा पनि कार्यक्रम भएको हो । 

नयाँ संबिधानमा भूमिमा न्यायोचित हदबन्दी लगाई त्यसमाथिको जग्गा राज्यले सुकुम्बासी, भूमिहिन र साना किसानहरूलाई बितरण गर्न माग गर्दै कालिकास्थानमा भूमि ¥याली सम्पन्न भयो । 

केन्द्रीय आन्दोलन अन्तर्गत हदबन्दी माथिको जग्गा क्षतिपुर्ती नदिने ब्यवस्थाको लागि आवाज उठाउने, ब्यवस्थापिका संसदमाा पेश भएको केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्ने बिधेयकमा गुठी जग्गा रैतानी गर्ने ब्यवस्था खारेजी प्रस्ताव भएकोले सो नगर्न र भूमिसम्बन्धी ऐन २०२१ को छैठौं संशोधन विधेयकमा छुटेका जोताहा किसानलाई मोहियानी हक दिने ब्यवस्था गर्न सभासदसम्म सन्देश पु¥उन, सुकुम्बासी समस्या समाधान आयोगको कार्यादेश समस्या छिमोल्ने खालको बनाउन दवाव दिने उद्देश्यले भूमि ¥याली तथा कोण सभा आयोजना भएको जिल्ला भूमिअधिकार मञ्चले जनाएको छ । ¥यालीमा रसुवाका बिभिन्न गाउँबाट कुटो कोदालो जस्ता कृषि औजार , धान, कोदोका बाला सागपात, मुलालगायत तरकारी ३ सय भन्दा बढि किसानको सहभागिता रहेको थियो । 

किसानहरुले राज्यले बिगतमा किसानहरूको ‘भूमि अधिकार’ माथि खेलवाड गरेका कारण  ‘बिर्ता उन्मुलन भएको ५५ वर्ष भइसक्दा पनि किसानहरूले अधिकार नपाउनु मालपोत कर्मचारीहरूले किसानहरूलाई धोका र बिर्तावालाहरूलाई साथ दिएको पाइएकाले त्यस्ता कर्मचारीहरूलाई पनि कार्वाही गर्नुपर्ने बताउँदै अब संबिधान निर्माण प्रक्रियामा आफुहरुको मागको न्यायोचित सम्बोधन हुनपर्ने बताए । 

सुकुम्बासी र भूमिहिनलाई जग्गा र घर , संबिधानमा भूमि सुधार ग्यारेन्टी गर ,नेता, सभासद होसियार, क्षतीपुर्ति  देउला खबरदार , कति सहनु चिन्ता डर छुटेको मोही दर्ता गर , सुकुम्बासी आयोगको छैन भर , कार्यदेश पहिले संशोधन गर , भूमिअधिकारबाट बञ्चितहरू एक होऔं जस्ता नाराहरू लगाउँदै कालिकास्थान –घुम्ति बजार परिक्रमा गरी पुनः भूमिघरमा फर्केर कोणसभामा परिणत भएको थियो । सभामा जिल्ला मञ्च अध्यक्ष चित्रकुमारी न्यौपाने , संस्थापक अध्यक्ष भवानीप्रसाद न्यौपाने, नेकपा एमालेका जिल्ला कमिटी सदस्य चुडामणि पौडेल, स्थानीय कालिका महिला सहकारी संस्थाका अध्यक्ष सीता अधिकारी, महिला अधिकार मञ्चका मिठू तामाङले कार्यक्रमा सम्बोधन गर्दै  कार्यक्रममा भूमिआन्दोलनमा आफुहरूको प्रतिबद्धता रहेको बताए । 

सभामा पुरुषोत्ता पौडेल रसुवाले एक गजल बाचन गरेका थिए । सहभागि किसानहरुले पटक पटक भूमिसुधार गर्ने बाचा खाए पनि कुनै सरकारले पनि आफ्ना जयज मागहरुको सम्बोधन नगरेको बताए । रसुवामा हाकु गाविसका ३ सय ३६ परिवार गुठी समस्यामा छन् भने धैबुङ्ग, लहरेपौवा तथा भोर्ले गाविसको ७ सय १८ घर परिवारको बिर्ता समस्याका कारण आफुले जोत्दै आएको जमिनको पुर्जा माग्दै आन्दोलन गरिरहेका छन् । जिल्लाका करिव ३ सय परिवार भूमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरु रहेको मञ्चको अनुमानीत तथ्यांक छ । वर्षौदेखिको मंसिर ४ गते हुने राष्ट्रिय आन्दोलन तयारी बारे छलफल समेत भएको थियो । 

`; document.getElementById("label-slider").innerHTML = html; });

Tuesday, November 11, 2014

अर्काे आँधी 'निलोफर’ को संकेत

काठमाडौं । 'हुदहुद' नामको आँधीले निम्त्याएको क्षतिको विवरण आइनसक्दै अरब सागरमा अर्को आँधीको संकेत देखा
परेको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माका अनुसार अहिले अरब सागरमा 'ड्रि्रेसन' -आँधीअघिको मौसमी अवस्था) देखा परेको छ ।

'त्यो ड्रि्रेसन विकसित भयो भने साइक्लोन अर्थात् चक्रवात -आँधी) को रुप लिनेछ, अरब सागरमै देखा परेको मौसमी प्रणालीको असर स्वरुप आइतबारदेखि पर्ूर्वी भाग र काठमाडौंसम्मै मौसममा गडबडी देखिएको हो । यसको असर केही
दिन रहन सक्छ ।' अरब सागरबाट भुटान, सिक्किम हँुदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीको असरका साथै पश्चिम वायुको समेत प्रभावका कारण मौसममा गडबडी आ- एकाले पदयात्राका लागि उपयुक्त समय नभएकोसमेत महानिर्देशक शर्माले बताए । 'एकै पटक दर्ुइवटा प्रणाली विकसित भएकाले पदयात्रा गर्न उपयुक्त मौसम छैन,' उनले भने । उता, 'भारतीय मौसम विज्ञान विभाग'ले अरब सागरमा देखा परेको 'ड्रि्रेसन'ले सोमबार वा मंगलबारसम्ममा चक्रवात -आँधी) को रुप लिन सक्ने अनुमान गरेको छ । त्यो चक्रवात ओमान हँुदै करिब सातापछि भारतको गुजरात आइपुग्नेछ । सम्भवतः त्यस चक्रवातको नाम 'निलोफर' राखिने 'भारतीय मौसम विज्ञान विभाग' लाई हवाला दिंदै 'न्युमेरिकल वेदर प्रेडिक्सन' ले जनाएको छ ।

'निलोफर' नामको चक्रवातको नाम पाकिस्तानले तय गरेको हो । जल तथा मौसम पर्ूवानुमान महाशाखाले तीन दिनभन्दा बढीको मौसमी गतिविधि को अनुमान गर्दैन । त्यसैले सम्भावित आँधीबारे महाशाखाले अहिले नै आधिकारिक टिप्पणी गरेको छैन । तर, महाशाखाका मौसमविद् सुवास रिमालले भारतीय मौसम विज्ञान विभाग -आईएमडी) लाई हवाला दिंदै ६ र ७ दिनपछि आउने आँधीको असर मुलुकको पश्चिम र मध्यभाग हुँदै हिमाली क्षेत्रसम्मै पर्न सक्ने उल्लेख गरे ।

'बिहीबार र शुक्रबारसम्ममा सुदूर पश्चिमका विभिन्न भागमा पछिल्लो चक्रवातको असर देखा पर्न सक्छ,' पछिल्लो मौसमी गतिविधि औंल्याउँदै रिमालले आइतबार भने, 'तर, अहिले नै हामीले असरबारे बताउन सक्ने अवस्था छैन ।' उनका अनुसार चक्रवातका कारण उत्पन्न मौसमी गतिविधिबाट डँडेलधुरा, धनगढी, दिपायल हँुदै मध्यपश्चिमका विभिन्न भागमा वषर्ा हुनेछ भने उच्चभागमा हिमपात हुन सक्ने अनुमान छ । केही दिनदेखि अरब सागरमा देखिएको मौसमी प्रणालीकै कारण आइतबार पर्ूर्वी भाग हुँदै काठमाडौं र मध्यभागको मौमसमा परिवर्तन देखिएको छ । आकाशमा बादल लागेर धुम्मिएको मात्रै छैन, चिसोसमेत ल्याएको छ । अरब सागरमा देखा परेको प्रणाली भारतको महाराष्ट्र, मध्यप्रदेश, बिहार हँुदै नेपालको तर्राई भाग हुँदै प्रवेश गरेको रिमालले बताए । 'मध्यप्रदेश र बिहारमा न्यूनचापीय क्षेत्र विकास भएको र बिहारसँग तर्राई जोडिएकाले त्यसकै प्रभावस्वरुप हामीकहाँ बदली भएको हो,' उनको विश्लेषण छ । महाशाखाले केही दिन मौसममा गडबडी हुनसक्ने भएकाले र्सतर्कता अपनाउन आग्ा्रहसमेत गरेको छ ।

'मध्य, पर्ूर्वी र पश्चिम भागका विभिन्न स्थानमा वषर्ा हुन सक्छ,' मौसमविद् रिमालले भने, 'भारी नै नभए पनि धेरै भागमा
छिटफुट वषर्ा हुनेछ र चिसो बढ्नेछ ।' महाशाखाका पर्ूवप्रमुख वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले अहिले देखिएको मौसमी गतिविधि 'पोस्ट मनसुनको प्रभाव' भएको टिप्पणी गरे । पछिल्ला २० वर्षता मनसुन सकिने अवधि लम्बिएको शाक्यले बताए ।

के हो निलोफर - 

हालैको समुद्री आँधी 'हुदहुद' ओमानले राखेको नाम थियो । सन् १९५३ देखि एटलान्टिक ट्रोपिकल स्ट्रोम र नेसनल हुरि
केन सेन्टरले आँधीको नामकरण गर्न थालेका हुन् । 'द इन्डिया मेटियोरोलोजिकल डिपार्टमेन्ट'ले आठवटा देशहरु भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, माल्दिभ्स, ओमान, श्रीलंका र थाइल्यान्डलाई चक्रवातको नाम राख्न सल्लाह दिएको थियो । त्यसअनुसार ती देशले आँधीका ६४ नाम प्रस्तुत गरेका थिए । आठैवटा देशले आठ-आठवटा नाम प्रस्तुत गरेका थिए । जतिबेला अरेबियन सागर वा बंगालको खाडीमा आँधी वा चक्रवात आउँछ, त्यही सूचीबाट नाम राखिंदै आएको छ । नाम पनि तिनै आठवटा देशको वर्ण्ाानुक्रम अनुसार पालैपालो राखिन्छ । 'हुदहुद' पछि यो इलाकामा आउने आँधीको नाम राख्ने पालो पाकिस्तान अर्थात् 'पी' को हो । उसले यस क्षेत्रमा आउने आँधीको नाम 'निलोफर' तय गरि सकेको छ । त्यसैले अब जहिले आए पनि उक्त आँधीको नाम 'निलोफर' रहनेछ । त्यसपछिका पालो आउने 'एस' अर्थात् श्रीलंकाले 'आशोबा' र 'टी' अर्थात् थाइल्यान्डले 'कोमेन' नाम प्रस्ताव गरिसकेका छन् ।

-साभारः त्रिशूलीपत्र अनलाइन)