हार्दिक स्वागत छ
Rasuwa Digital Khabar
रसुवा डिजिटल खबर . Powered by Blogger.
Sunday, November 23, 2025
Saturday, December 6, 2014
एघारौ महिला स्वास्थ्य स्वयमसेविका दिवस
चिलिमे,रसुवा
एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्रम सम्पन्न भयो ।
गोल्जङ, गत्लाङ, र चिलिमे गाविसका महिला स्वास्थ्य स्वयमसेविका सहभागि कार्यक्रमा ¥याली तथा सरसफाई कार्यक्रम गरिएको थियो । थाम्बुचेत स्वास्थ्यचौकी तथा गाउँ बरीपरी सरसफाई गरी स्थानीय हिमालयन बृद्धाआश्रमका बृद्धबृद्धाहरूलाई अण्डा , सावुन , नेलकटर, बितरण गरिएको थियो । कार्यक्रममा महिला स्वयमसेविकाहरूको समुहगत हाजिरीजवाफ प्रतियिोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई अण्डा, सावुन नेलकटर र भित्तेघडी पुरस्कार प्रदान गरिएको थियो ।
सुआहारा कार्यक्रमको स्वास्थ्य , पोषण र सरसफाई बारे चेतना मुलक कार्यक्रम सहित भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका रुकु क्षेत्री, गोल्जुङ स्वास्थ्य चौकीका ईन्चार्ज चन्द्रभुषण ठाकुर, स्थानीय हिमालयन ईङलिस स्कुलका शिक्षक , विद्यार्थी, स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
एकीकृत पोषण तथा सरसफाईलाई ध्यान दिदै पुररस्कार प्रदान गरिएको थियो सुआहारारा कार्यक्रम संयोजक मनोज मिश्रले बताए ।
Friday, November 28, 2014
रेडपाण्डाको छाला सहित अबैध सामान फेला
धुन्चे, रसुवा
रेडपाण्डाको छाला सहित अबैध सामान चोरी निकासी गर्न लागेको अवस्थामा रसुवाका एक जना पक्राउ पक्राउ परेका छन् ।
जिल्लाको उत्तरी चीनको सिमानाकासँग जोडिएको टिमुरे गाविस–९ का ४५ वर्षिय सोनामछिरिङ घलेलाई उनकै घरमा प्रहरीले अबैध सामान लुकाएर राखेको सुचनाका आधारमा छापा मार्दा अबेध सामाग्री सहित उनलाई गिरफ्तार गरेको हो । सुराकीको आधारमा नारायण दल गण तथा लाङटाङ राष्ट्रिय निकुञ्जका गस्ती टोलीले पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।
उनको घरबाट विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डाको छाला एक थान, अन्य बन्य जन्तुको छाला ३ थान , वन्यजन्तुको छाला ९ टुक्रा , वन्यजन्तुको हड्डी ६, बन्यजन्तुको खुर ३, बन्यजन्तुको सिङ ७, बन्यजन्तुको खप्पर १ रक्तचन्दन गोलिया १ र जडिबुटी ५०० ग्राम सहित पक्राउ गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।
‘निकुञ्जको गती तथा नारायण दल गणका गणेश रायमाझीको टोलीले दिउँसो १ बजेतिर अबैध रुपमा लैजान राखिएको सामाग्रीहरु नियन्त्रणमा लिएको हो उपाध्यायले भने ।’
रसुवामा श्रृखलाबद्ध ढंगबाट अबैध रुपमा जडिबुटी तथा रेडपाण्डाको छाला तस्करी हुने गरेको अवस्थामा भेटिने गरेको छ । यस क्षेत्रबाट बिश्वमा नै दुलर्भ रेडपाण्डाको छाला तस्करी निकै बढेको छ ।
Wednesday, November 12, 2014
रसुवामा र्याली तथा भूमिसभा
जिल्ला भूमिअधिकार मञ्च रसुवाको आयोजनामा राष्ट्रिय आन्दोलन अनुरुप संबिधानमा आवास, भूमिहिन तथा साना किसानको अधिकार, खाद्य अधिकार स्पष्ट लेख्नका लागि खबरदारी गरेका छन् ।
भूमि अधिकार मञ्चको आब्हानमा आज देशभर प्रर्दशन गर्दै हदबन्दीभन्दा बढी जग्गाको क्षतिपूर्ति दिने गरी संविधान सभा अन्तर्गतका समितिहरूमा भएको भनिएको सहमतिको विरोध जनाउने कार्यक्रम अन्तर्गत रसुवामा पनि कार्यक्रम भएको हो ।
नयाँ संबिधानमा भूमिमा न्यायोचित हदबन्दी लगाई त्यसमाथिको जग्गा राज्यले सुकुम्बासी, भूमिहिन र साना किसानहरूलाई बितरण गर्न माग गर्दै कालिकास्थानमा भूमि ¥याली सम्पन्न भयो ।
केन्द्रीय आन्दोलन अन्तर्गत हदबन्दी माथिको जग्गा क्षतिपुर्ती नदिने ब्यवस्थाको लागि आवाज उठाउने, ब्यवस्थापिका संसदमाा पेश भएको केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्ने बिधेयकमा गुठी जग्गा रैतानी गर्ने ब्यवस्था खारेजी प्रस्ताव भएकोले सो नगर्न र भूमिसम्बन्धी ऐन २०२१ को छैठौं संशोधन विधेयकमा छुटेका जोताहा किसानलाई मोहियानी हक दिने ब्यवस्था गर्न सभासदसम्म सन्देश पु¥उन, सुकुम्बासी समस्या समाधान आयोगको कार्यादेश समस्या छिमोल्ने खालको बनाउन दवाव दिने उद्देश्यले भूमि ¥याली तथा कोण सभा आयोजना भएको जिल्ला भूमिअधिकार मञ्चले जनाएको छ । ¥यालीमा रसुवाका बिभिन्न गाउँबाट कुटो कोदालो जस्ता कृषि औजार , धान, कोदोका बाला सागपात, मुलालगायत तरकारी ३ सय भन्दा बढि किसानको सहभागिता रहेको थियो ।
किसानहरुले राज्यले बिगतमा किसानहरूको ‘भूमि अधिकार’ माथि खेलवाड गरेका कारण ‘बिर्ता उन्मुलन भएको ५५ वर्ष भइसक्दा पनि किसानहरूले अधिकार नपाउनु मालपोत कर्मचारीहरूले किसानहरूलाई धोका र बिर्तावालाहरूलाई साथ दिएको पाइएकाले त्यस्ता कर्मचारीहरूलाई पनि कार्वाही गर्नुपर्ने बताउँदै अब संबिधान निर्माण प्रक्रियामा आफुहरुको मागको न्यायोचित सम्बोधन हुनपर्ने बताए ।
सुकुम्बासी र भूमिहिनलाई जग्गा र घर , संबिधानमा भूमि सुधार ग्यारेन्टी गर ,नेता, सभासद होसियार, क्षतीपुर्ति देउला खबरदार , कति सहनु चिन्ता डर छुटेको मोही दर्ता गर , सुकुम्बासी आयोगको छैन भर , कार्यदेश पहिले संशोधन गर , भूमिअधिकारबाट बञ्चितहरू एक होऔं जस्ता नाराहरू लगाउँदै कालिकास्थान –घुम्ति बजार परिक्रमा गरी पुनः भूमिघरमा फर्केर कोणसभामा परिणत भएको थियो । सभामा जिल्ला मञ्च अध्यक्ष चित्रकुमारी न्यौपाने , संस्थापक अध्यक्ष भवानीप्रसाद न्यौपाने, नेकपा एमालेका जिल्ला कमिटी सदस्य चुडामणि पौडेल, स्थानीय कालिका महिला सहकारी संस्थाका अध्यक्ष सीता अधिकारी, महिला अधिकार मञ्चका मिठू तामाङले कार्यक्रमा सम्बोधन गर्दै कार्यक्रममा भूमिआन्दोलनमा आफुहरूको प्रतिबद्धता रहेको बताए ।
सभामा पुरुषोत्ता पौडेल रसुवाले एक गजल बाचन गरेका थिए । सहभागि किसानहरुले पटक पटक भूमिसुधार गर्ने बाचा खाए पनि कुनै सरकारले पनि आफ्ना जयज मागहरुको सम्बोधन नगरेको बताए । रसुवामा हाकु गाविसका ३ सय ३६ परिवार गुठी समस्यामा छन् भने धैबुङ्ग, लहरेपौवा तथा भोर्ले गाविसको ७ सय १८ घर परिवारको बिर्ता समस्याका कारण आफुले जोत्दै आएको जमिनको पुर्जा माग्दै आन्दोलन गरिरहेका छन् । जिल्लाका करिव ३ सय परिवार भूमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरु रहेको मञ्चको अनुमानीत तथ्यांक छ । वर्षौदेखिको मंसिर ४ गते हुने राष्ट्रिय आन्दोलन तयारी बारे छलफल समेत भएको थियो ।
Subscribe to:
Comments (Atom)
Facebook SDK
- https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0
Featured post
यो साईटमा पहुँच कति जना ?
Search This Blog
Blog Archive
Offers
{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग
Made with Love by
Link List
Pages
Pages
Categories
Contact form
रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar
No Thumbnail
About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.
Labels
Default Thumbnail
Categories
- Feature (2)
- Newsletter (1)
- Notice (1)
- असार १५ (1)
- आर्थिक (25)
- उर्जा (1)
- कृषि (12)
- गैरसरकारी गतिविधि (10)
- पर्यटन (7)
- प्रकाशकिय (1)
- फिचर (36)
- बाल अधिकार (4)
- ब्लग (1)
- भिडियो (1)
- राजनीति (5)
- लेख रचना (6)
- वातावरण (9)
- विविध (20)
- शान्ति अभ्यास (2)
- शिक्षा (2)
- सन्चार (1)
- सफलताका कथा (3)
- सम्पादकीय (2)
- संरक्षण (5)
- संविधान सभा ०७० (2)
- साताको तस्वीर (3)
- साहित्य (2)
- स्वास्थ्य (11)
Main Tags
Feature
(2)
Newsletter
(1)
Notice
(1)
असार १५
(1)
आर्थिक
(25)
उर्जा
(1)
कृषि
(12)
गैरसरकारी गतिविधि
(10)
पर्यटन
(7)
प्रकाशकिय
(1)
फिचर
(36)
बाल अधिकार
(4)
ब्लग
(1)
भिडियो
(1)
राजनीति
(5)
लेख रचना
(6)
वातावरण
(9)
विविध
(20)
शान्ति अभ्यास
(2)
शिक्षा
(2)
सन्चार
(1)
सफलताका कथा
(3)
सम्पादकीय
(2)
संरक्षण
(5)
संविधान सभा ०७०
(2)
साताको तस्वीर
(3)
साहित्य
(2)
स्वास्थ्य
(11)
Lazy Scrolls / More Text
Follow Us
Related Post / Show Texts
Follow Us
-
चिलिमे,रसुवा एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्...
-
जिल्ला भूमिअधिकार मञ्च रसुवाको आयोजनामा राष्ट्रिय आन्दोलन अनुरुप संबिधानमा आवास, भूमिहिन तथा साना किसानको अधिकार, खाद्य अधिकार स्पष्ट ले...
Main Menu
समाचार
Get this widget
Category
Latest
Link List
Featured Section
-
यार्सा, रसुवा । यहाँका स्थानीयलाई स्वास्थ्योपचारमा सुविधा पुर्याउन एक स्थानीय समाजसेवीले स्वास्थ्य संस्थालाई जग्गादान गरेका छन् । यार...
-
आज बिहान रसुवागढी नाकामा सीमा प्रहरी चौकी, टिमुरेले १ टन रक्तचन्दन बरामद गरेको छ । प्रहरीले खानतलासी गर्दा ना.३ ख. ७१५८ नम्बरको कन्टेनरक...
-
धुन्चे, रसुवा रक्तचन्दन तस्करीको अभियोग लागेको सात जनालाई लाङटाङ राष्ट्रिय निकुञ्जले बिगो जरिवाना रकम लिएर तारेखमा रिहा गरेको छ । निकु...
-
धुन्चे, रसुवा । रक्तचन्दन तस्करी गरेको भन्दै केही दिन अघि पक्राउ परेका एमाओवादी रसुवाका नेता समीरसहित अन्य पक्राउ परेका व्यक्तिहरू धरौटीम...
-
गाईको दाम्लो , भैंसीको दाम्लो किलाको किलै छ , किलाको किलै छ अलैंची दाना बाडौंला भन्थें हात मेरो हिलै छ ।हात मेरो हिलै छ ........
Popular Posts
-
चिलिमे,रसुवा एघारौं महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा सुआहारा कार्यक्रम तथा जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिबिध कार्यक्...
-
जिल्ला भूमिअधिकार मञ्च रसुवाको आयोजनामा राष्ट्रिय आन्दोलन अनुरुप संबिधानमा आवास, भूमिहिन तथा साना किसानको अधिकार, खाद्य अधिकार स्पष्ट ले...

