Wednesday, July 24, 2013

एमाओवादी रसुवाका नेता समीर धरौटीमा रिहा

धुन्चे, रसुवा । रक्तचन्दन तस्करी गरेको भन्दै केही दिन अघि पक्राउ परेका एमाओवादी रसुवाका नेता समीरसहित अन्य पक्राउ परेका व्यक्तिहरू धरौटीमा रिहा भएका छन् । गत असार १५ गते ना. ३ ख ७१५८  नम्बरको कन्टेनरको फल्स बटममा रक्तचन्दन लुकाई चीनतर्फ लान लागेको अवस्थामा ३९ गोलिया रक्तचन्दनसहित उनीहरू पक्राउमा परेका थिए ।

एमाओवादी रसुवाका नेता माधव लामिछाने (समीर) सहित  काठमाडौं तीनकुनेका ध्रुब पराजुलीलाई जनही ८ लाख ७२ हजार ६ सय २६ रूपैंयाँ धरौटी लिएर तारिखमा रिहा गरिएको छ भने मतियार सिन्धुपाल्चोक, घोरथली ९ का विष्णु (पूर्णबहादुर खड्का) लाई ४ लाख ३६ हजार तथा रामकुमार प्याकुरेल र दिपेश रिमाललाई जनही २ लाख १८ हजार १ सय ५६ रूपैंयाँ धरौटी लिई तारिखमा रिहा गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।



No comments: