Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Monday, July 8, 2013

लाङटाङ राष्ट्रिय निकुञ्जमा थप ६ प्रजातिका चरा भेटिए

धुन्चे, असार २५ । हालै गरिएको एक अध्ययन अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा थप ६ प्रजातिका चराहरू थपिएको जनाइएको छ । निकुञ्जको क्षेत्र रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा गरिएको अध्ययनमा सन् २००१ मा गरिएको अध्ययनको  रेकर्ड भन्दा थप ६ प्रजातिका चराहरू भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा अध्ययन टोलीका प्रमुख रामदेव चौधरीले बताउनु भयो ।
थप भेटिएका चराहरूको प्रजातिमा हिमाली मलेवा, काली कण्ठे घाँसे फिस्टो, सल्ले बगेडी, नील गगन अर्जुनक, कालो तालु वनचाहार र लाल माछा सिरिन रहेका छन् । सन् २००१ को रेकर्डमा यस निकुञ्ज क्षेत्रमा ३४५ प्रजातिका चराहरू उल्लेख भएको छ भने यसपटक गरिएको सर्वेक्षण अवधि छोटो भएकोले ३१५ प्रजातिका मात्र चरा भेटिएको जानकारी दिइएको छ । पर्याप्त अवधि लिएर अध्ययन गरिए ५०० भन्दा बढी प्रजातिका चराहरू यस क्षेत्रमा हुन सक्ने पनि चौधरीले बताउनु भयो ।

लारानि क्षेत्रमा भएका चराहरूको संरक्षणका निम्ति यस क्षेत्रमा रहेका मानव बस्ती तथा जनावरको गोठ, आगलागी तथा गुगेली खेल्ने, दाउरा घाँसको अत्याधिक प्रयोग, अव्यवस्थित पशुपालन तथा मानिसहरूको अव्यवस्थित आवागमन जस्ता कृयाकलापहरू चुनौतिका रूपमा देखिएको र सो को न्यूनीकरण तथा व्यवस्थापनका लागि विभिन्न कृयाकलाप गर्नुपर्नेमा जोड दिदै चरा संरक्षणमा योगदान पु¥याउनुपर्ने समेत् चौधरीले जानकारी दिनुभयो ।

थप भेटिएका चराको प्रजातिको विवरण

नेपाली नाम
अंग्रेजी नाम
वैज्ञानिक नाम
हिमाली मलेवा
Hill pigeon
Columba rupestris
काली कण्ठे घाँसे फिस्टो
Fire-fronted Serin
Serinus pusillus
सल्ले बगेडी
Pine Bunting
Emberiza leucocephalos
नील गगन अर्जुनक
Pale-blue Flycatcher
Cyornis unicolor
कालो तालु वनचाहार
Rusty-fronted Barwing
Actinodura egertoni
लाल माछा सिरिन
Hill Prinia
Prinia atrogularis


No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts