असार, २१, जिवजिवे, रसुवा । जिवजिवेमा रहेको नीलकण्ठ नमूना उमावि आवासीय बन्ने भएको छ । यार्सा, सरमथली तथा भोर्लेमा रहेका टाढाका बस्तीहरूबाट आउने विद्यार्थीहरूलाई सुविधा पु¥याउनको लागि आवासीय बनाउन लागिएको विद्यालयले जनाइएको छ ।
चीनसँग सीमा जोडिएका १० जिल्लाका १० विद्यालयमा सुविधा सम्पन्न आवासीय मावि बनाउनको लागि चीन सरकारले सहयोग गर्ने बताईएको छ । हिजो एक प्राविधिक टोलीले आवासीय मावि बनाउनको लागि सर्वेक्षण सम्पन्न गरेको र सम्भावनाको अध्ययन गरी छिट्टै सबै पूर्वाधारसहितको आवास बन्ने प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले जानकारी दिए ।
हाल विद्यालयमा अध्ययनरत ४५१ विद्यार्थीमध्ये ३० प्रतिशत विद्यार्थीहरू टाढाबाट आउनुपर्ने भएकोले कोठा लिइ बस्दै आएका छन् ।