Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Friday, July 26, 2013

बृद्धिम र टिमुरेलाई खुल्ला दिशामुक्त बनाउने तीव्र तयारीमा

धुन्चे, साउन ११ । सन् २०१५ सम्ममा रसुवालाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत बृद्धिम गाविसलाई खुल्ला दिशामुक्त बनाउन अभियान तीव्र पारिएको छ । जिल्ला विकास समिति, जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले बृद्धिम गाविसलाई यही साउन ३१ गते खुल्ला दिशशाशमुक्त गाविस घोषणा गर्ने तयारी गरिरहेको छ ।

बृद्धिम गाविसलाई रसुवाकै पहिलो खुल्ला दिशामुक्त गाविस बनाउनको लागि आवश्यक पूर्व तयारी भईरहेको बताईएको छ । बृद्धिम गाविसमा १ सय ९३ घरधूरीमध्ये ५२ घरधूरीमा अभियान पूर्व नै शौचालय निर्माण भएको र अभियानका क्रममा ४८ घरधूरीमा शौचालय बनिसकेको स्थानीय विकास अधिकारी तथा जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक ज्ञानराज पाण्डेले बताउनु भयो । बाँकी रहेका ५७ घरधूरी शौचालय निर्माण प्रकृयामा रहेका पनि पाण्डेले जानकारी दिनुभयो ।

बृद्धिम गाविसमा अभियान सञ्चालन पूर्व तथा सञ्चालनको अवधिमा शशौचालय निर्माण गर्ने तथा निर्माणका प्रकृयामा रहेका घरधूरी वडा अनुसार यसप्रकार रहेको छ ।
वडा  
जम्मा घरधूरी
अभियान पूर्व शौचालय बनेका घरधूरी
हाल निर्माण भईरहेका घरधूरी
प्रक्रियामा रहेका घरधूरी
42
5
12
25
2
10
7
3

3
20
13
7

4
19
8
5

5
14
5
5
4
6
20
7
4
9
7
48
4
4
10
8
11
3
4
4
9
9
0
4
5
जम्मा
193
52
48
57


त्यसैगरि टिमुरे गाविसलाई पनि छिट्टै खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने तयारी रहेको पनि बताईएको छ । टिमुरेमा रहेका १ सय २४ घरधूरी मध्ये ७० घरधूरीमा अभियान पूर्व नै शौचालय बनिसकेको पाईएको छ भने अभियानका क्रममा ५ घरधूरीमा शौचालय निर्माण गरिसकिएको छ । दश घरधूरीमा निर्माण प्रकृया अघि बढाईएको छ भने ४० घरमा बन्न बाँकी रहेको बताईएको छ ।

सो अभियानका लागि जिल्ला विकास समिति, जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति तथा सुआहारा कार्यक्रमले सहजीकरण गरिरहेका छन् । प्रत्येक घरधूरीमा शौचालय निर्माण तथा प्रयोगका लागि जनचेतना विस्तार गर्ने तथा उनीहरूको वर्गीकरण गरी शौचालय निर्माणका लागि आर्थिक वा भौतिक सहयोग गर्ने पनि जानकारी दिइएको छ ।

अति विपन्न परिवार जो ब वर्गमा पर्छन् उनीहरूलाई प्यान, पाईप, जस्तापाता, सिमेन्ट र रड ख वर्गका गरिवलाई प्यान, पाईप र सिमेन्ट  तथा ग वर्गका गरिव परिवारका लागि प्यान र पाईप उपलब्ध गराउने पनि बताईएको छ ।

रसुवाका १८ रै गाविसलाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त घोषणाको तयारीका लागि आम नागरिक, सरकारी तथा गैरसरकारी संघसंस्थालगायत जिल्लास्थित विभिन्न जलविद्युत कम्पनीहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन पनि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुरोध गरेको छ ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts