धुन्चे, साउन ११ । सन् २०१५ सम्ममा रसुवालाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्तर्गत बृद्धिम गाविसलाई खुल्ला दिशामुक्त बनाउन अभियान तीव्र पारिएको छ । जिल्ला विकास समिति, जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले बृद्धिम गाविसलाई यही साउन ३१ गते खुल्ला दिशशाशमुक्त गाविस घोषणा गर्ने तयारी गरिरहेको छ ।
बृद्धिम गाविसलाई रसुवाकै पहिलो खुल्ला दिशामुक्त गाविस बनाउनको लागि आवश्यक पूर्व तयारी भईरहेको बताईएको छ । बृद्धिम गाविसमा १ सय ९३ घरधूरीमध्ये ५२ घरधूरीमा अभियान पूर्व नै शौचालय निर्माण भएको र अभियानका क्रममा ४८ घरधूरीमा शौचालय बनिसकेको स्थानीय विकास अधिकारी तथा जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक ज्ञानराज पाण्डेले बताउनु भयो । बाँकी रहेका ५७ घरधूरी शौचालय निर्माण प्रकृयामा रहेका पनि पाण्डेले जानकारी दिनुभयो ।
बृद्धिम गाविसमा अभियान सञ्चालन पूर्व तथा सञ्चालनको अवधिमा शशौचालय निर्माण गर्ने तथा निर्माणका प्रकृयामा रहेका घरधूरी वडा अनुसार यसप्रकार रहेको छ ।
त्यसैगरि टिमुरे गाविसलाई पनि छिट्टै खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने तयारी रहेको पनि बताईएको छ । टिमुरेमा रहेका १ सय २४ घरधूरी मध्ये ७० घरधूरीमा अभियान पूर्व नै शौचालय बनिसकेको पाईएको छ भने अभियानका क्रममा ५ घरधूरीमा शौचालय निर्माण गरिसकिएको छ । दश घरधूरीमा निर्माण प्रकृया अघि बढाईएको छ भने ४० घरमा बन्न बाँकी रहेको बताईएको छ ।
सो अभियानका लागि जिल्ला विकास समिति, जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति तथा सुआहारा कार्यक्रमले सहजीकरण गरिरहेका छन् । प्रत्येक घरधूरीमा शौचालय निर्माण तथा प्रयोगका लागि जनचेतना विस्तार गर्ने तथा उनीहरूको वर्गीकरण गरी शौचालय निर्माणका लागि आर्थिक वा भौतिक सहयोग गर्ने पनि जानकारी दिइएको छ ।
अति विपन्न परिवार जो ब वर्गमा पर्छन् उनीहरूलाई प्यान, पाईप, जस्तापाता, सिमेन्ट र रड ख वर्गका गरिवलाई प्यान, पाईप र सिमेन्ट तथा ग वर्गका गरिव परिवारका लागि प्यान र पाईप उपलब्ध गराउने पनि बताईएको छ ।
रसुवाका १८ रै गाविसलाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त घोषणाको तयारीका लागि आम नागरिक, सरकारी तथा गैरसरकारी संघसंस्थालगायत जिल्लास्थित विभिन्न जलविद्युत कम्पनीहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन पनि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुरोध गरेको छ ।

वडा
|
जम्मा
घरधूरी
|
अभियान
पूर्व शौचालय बनेका घरधूरी
|
हाल
निर्माण भईरहेका घरधूरी
|
प्रक्रियामा
रहेका घरधूरी
|
१
|
42
|
5
|
12
|
25
|
2
|
10
|
7
|
3
|
|
3
|
20
|
13
|
7
|
|
4
|
19
|
8
|
5
|
|
5
|
14
|
5
|
5
|
4
|
6
|
20
|
7
|
4
|
9
|
7
|
48
|
4
|
4
|
10
|
8
|
11
|
3
|
4
|
4
|
9
|
9
|
0
|
4
|
5
|
जम्मा
|
193
|
52
|
48
|
57