Saturday, July 20, 2013

रसुवामा पाँच करोड विकास बजेट फिर्ता


धुन्चे, रसुवा
विकास निर्माणको कार्य गर्न सरकारले विनियोजन गरेको पुँजीगत रकममध्ये कतिपय काम सम्पादन हुन नसक्दा रसुवा जल्लालाई प्राप्त भएको पाँच करोडभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०६९/७० को विकास रकम पाँच करोड १३ लाख सात हजार रूपैयाँबराबरको काम हुन नसकी फ्रिज भई सात करोड २३ लाख ८७ हजार नौ सय १५ रूपैयाँ मात्र खर्च भएको छ । चालूतर्फ नेपाली सेना तथा नेपाल प्रहरी, शिक्षक, निजामति कर्मचारीसमेतको तलबभत्ता तथा प्रशासनिक खर्चमा भने ७३ करोड ८८ लाख ७२ हजार ६ सय ७३ रूपैयाँ खर्च भएको कोष नियन्त्रक दीपकबावु पन्तले जानकारी दिएका छन् । यस्तै राजस्वतर्फ ०६९/७० मा रसुवा जिल्लाले कुल सात करोड १९ लाख राज्यकोषमा दाखिला गरेको कार्यालयका लेखापाल बलराम रिमालले बताए । रसुवाको विकास निर्माणको विनियोजित रकम मध्ये ८९ दशमलव ८१ प्रतिशत मात्र खर्च भएको छ ।

No comments: