Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Thursday, July 25, 2013

रक्तचन्दन तस्कर धरौटी तिरेर तारेखमा रिहा

धुन्चे, रसुवा
रक्तचन्दन तस्करीको अभियोग लागेको सात जनालाई लाङटाङ राष्ट्रिय निकुञ्जले बिगो जरिवाना रकम लिएर तारेखमा रिहा गरेको छ ।

निकुञ्जले सरकारी वकिलले दिएको राय सुझाबलाई आधार बनाएर रक्तचन्दन तस्करीमा मुख्य संलग्न देखिएका रसुवा धैबुङ गाविस –७ कालिकास्थानका एनेकपा माओवादी पूर्व जिल्ला सेक्रेटरी माधब लामिछाने, काठमाण्डौ तिनकुनेका रुद्रनारायण तिमिल्सेना, गाडी चालक रामेछाप ठोसे १ का छत्रबहादुर तामाङ, सिन्धुपाल्चोक तातोपानी ८ का लाले तामाङ, र रसुवा धुन्चे गाविस –१ ठाडेका बिरेन्द्रसि तामाङलार्ई जनही ८ लाख ७२ हजार ६ सय २६ रुपैयाँ तिरेर धरौटीमा छुटेका छन् ।

त्यस्तै रक्तचन्दन तस्करीमा मतियार भएर काम गर्ने ३ जना मध्ये तस्करीमा सहयोग गर्ने सिन्धुपाल्चोक घोरथली ९ का पुर्णबहादुर खड्कालाई ४ लाख ३६ हजार रुपयाँ र काठमाण्डौ कोटेश्वरका दिपेश रिमाल र नुवाकोट गेर्खुका राजकुमार प्याकुरेललाई जनही २ लाख १८ हजार १ सय ५६ रुपयाँ बिगो जरिवाना तिरेर छाड्ने फैसला गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बुद्धिराज पाठकले जानकारी दिनुभयो ।

‘अभियुक्तहरुको मुद्दा फैसला भएको छैन धरौटीमा बिगो जरिमाना तिरेर तारेखमा रिहा भएका हुन् , उनले भने । ’
रक्तचन्दन सहित उनीहरूलाई गत असार १५ गते ४ जनालाई ना ३ ख ७१५८ नम्बरको कन्टेनरको फ्ल्यास बटम भित्र लुकाएर राखिएको अबस्थामा रंगे हात र लामिछाने सहित चार जनालाई स्याफ्रुबेशीबाट नेपाली सेना र सीमास्थलमा रहेको  प्रहरी निरीक्षक शैलेन्द्र रेग्मीको नेतृत्वमा रहेको प्रहरीले टोलीले संयुक्त रुपमा पक्राउ गरेको थियो ।

पासाङल्हामु मार्ग अन्र्तगत रसुवाको राम्चे र मूलखर्कको पहिरो खुलेको समयमा रक्तचन्दनको गाडी पास गरेका थिए । उक्त रक्तचन्दन रसुवागढी सीमा पास गर्नेका लागि कन्टेनरमा लगिएको मैदा, चाउचाउ,चिउरा, खुर्सानीको भन्सार बुझाएर छुट्न  लाग्दा समातिएको थियो ।

साईटिस सन्धिद्धारा दुर्लभ वनस्पतिमा सुचिकृत पक्षधर राष्ट्र भएकाले रक्तचन्दन ओसार पसार प्रतिबन्धित वनस्पति मानिएको छ । एक देशबाट अर्को देशमा दुर्लभ मानिएको बनस्पति ओसारपसार गर्नुलाई अबैध मानिन्छ  । सोही अनुसार रक्तचन्दन तथा वन पैदावार सम्बन्धी बन ऐन २०४९ अन्र्तगत दफा ४९ को खण्ड (झ) अन्र्तगत कसुर गर्नेलाई कसुरसँग सम्बन्धित वन पैदावार जफत गरी बिगो बमोजिम ५ वर्ष कैद सजाय वा दोब्बर सजाय हुने व्यवस्था छ । तर रक्तचन्दनका तस्करी गर्नेहरूलाई निकुञ्ज क्षेत्राधिकार भित्र चन्दन ओसारपसार गरेको भन्दै राष्ट्रिय निकुञ्ज संरक्षण २०२९ को मुलुकी ऐन अनुसार कारबाही प्रक्रिया गर्दा तस्करहरू सामान्य धरौटीमा छुट्ने गरेका छन् ।

रक्तचन्दन तस्करीमा संलग्न मध्ये मुख्य आरोपी एकीकृत नेकपा माओवादी रसुवाका नेता माधब लामिछानेले गाडीमा फल्स बटम बनाउन ९५ हजार रुपायाँ चालकलाई दिएको अभियोगमा मुख्य दोषि ठहर गरेको छ । लामिछानेले गत जेठ १६ गते काठमाण्डौको एक आईएमईबाट ४० हजार रुपयाँ र ३५ हजार रुपयाँ पठाएको र २० हजार रुपयाँ नगद भुक्तानी पहिला नै आफुलाई दिएको चालक रामेछाप ठोसे १ का छत्रबहादुर तामाङले बयानको आधारमा मुख्य प्रतिबादी तोकेको  जिल्ला सरकारी वकिल केशब गौतमले बताए । त्यस्तै रुद्र नारायण तिमिल्सेनाले रक्तचन्दन ओसारपसार गर्ने चिनिया व्यापारी सँग मुख्य भुमिका निर्वाह गरेको र गाडी चालक बिरेन्द्रसिंह तामाङले आफ्नो गाडी रक्तचन्दनमा प्रयोग गरेको भन्दै मुख्य आरोपि तोकिएको रसुवा जिल्लाका सरकारी वकिल गौतमले जानकारी दिए ।

रक्तचन्दन तस्करी गर्नेका लागि रसुवा टिमुरे १ का मानबहादुर तामाङले सामान किन्ने व्यक्ति भन्दै ईफिसिएन्ट, बिजिनेस एक्सप्रेस प्रा लि को नाममा सामान बिल काटेका थिए । आफ्नो नामको सामानको बिल बनाउने मानबहादुर र गुणेन्द्र बहादुर घर्ति मगरलाई फरार प्रतिबादी तोकेको छ ।

रक्तचन्दन तस्करी गर्दा उनीहरूले प्रयोग गरेको ना ३ ख ७१५८ नम्बरको कन्टेनर, बा४१प ९५६ र बा ४३ प २७९७ नम्बरको मोटरसाईकल र उनीहरूले प्रयोग गरेका मोवाईल जफत गरेको छ ।  राष्ट्रिय निकुञ्ज संरक्षण ऐन २०२९ अन्र्तगत ऐनको दफा २७ को कसुरमा त्यही ऐनको २८ बमोजिम तस्करीमा संलग्नबाट उक्त सामान जफत गर्ने माग दावी गरिएको छ ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts