Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Saturday, July 20, 2013

गेजुवाद्वारा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम ठप्प

धुन्चे, रसुवा
स्थानीयवासीको अवरोधको वहानामा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम ठेकेदार आफैँले ठप्प पारेको छ । स्थानीय सरोकार समितिको तालाबन्दीलगायतको अवरोध हटिसकेपछि निर्माण कम्पनी चाइना गेजुवाले १५ दिनदेखि आयाजे नास्थलको सम्पूर्ण काम राकेको हो । एमाआवोदी, काङग््रस , एमालेलगायत दलका कार्यकर्ता मिलेर २६ सूत्रीय माग राख्दै कोलनीस्थित कार्यालय बन्द गरेपछि चिनियाँ  ठेकेदार कम्पनी गेजुवाले आयोजनास्थलको काम ठप्प पारेको हो ।
रसुवाका तीन राजनीतिक दलले २० प्रतिशत सेयर प्रभावित जिल्लावासीलाई हुनुपर्ने, आयोजना एक सय ४५ मेगावाटको हुनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत २६ सूत्रीय माग राखेपछि ठेकेदारले काम बन्द गरेको हो । आयोजनाको बाँधस्थल रसुवाको सल्लोटारको तल र माथिको सुरूङ, नुवाकोट मनकामना– ९ रसुवाको सिम्लेमा पर्ने पावरहाउस निर्माणका लागि दुईवटा सुरूङको काम बन्द भएको छ । आयोजनास्थलमा गेजुवाका एक सय चिनियाँ र पाँच सय नेपाली कामदार छन् । सरकारले क्षमता विस्तार नगरी ६० मेगावाटमै बनाउने निर्याय गरेपछि आयोजनास्थलमा एक सातादेखि राम्ररी काम हुन सकेको थिएन । आयोजनाले अहिलेसम्म एक किलोमिटर सुरूङ निर्माण गरिसकेको छ । आयोजनाले २२ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । आयोजना चीनको एक्जिम बैंकको १२ दशमलब ५ सय ७८ करोड अमेरिकी डलर अर्थात् करिब १० अर्ब ६ करोड रूपैयाँ ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको आयोजना हो । आयोजनाका लागि ऋणसम्बन्धी सम्झौतामा एक्जिम बैंक र नेपाल सरकारबीच ०६७ फागुन १६ मा ऋण सम्झौता भएको थियो । एक सय ४४ दशमलब पाँच मिटर हेड रहने भूमिगत आयोजना ईपीसी मोडलमा निर्माण गर्न लागिएको हो । नदीको प्रवाहमा आधारित आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न आयोजनास्थलदेखि काठमाडौंको मातातीर्थ सवस्टेसनसम्म ४८ किलोमिटर २२० केभीए प्रसारण लाइन विस्तार गर्ने काम भइरहेको छ ।
चार हजार ९५ मिटर लामो सुरूङमार्पmत नदीको पानी पेनस्टेकमा पु¥याइनेछ, त्यसलाई १८ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने भूमिगत विद्युत्गृहका टर्वाइनमा पु¥याइने लक्ष्य छ । सन् २०१४ कोमेनदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको सो आयोजना निर्माण अझै ढिलाइ हुने भएको छ ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts