धुन्चे, रसुवा
रसुवामा रहेको तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक पाँच करोड रूपैयाँको चिज र मखन उत्पादन गरेको छ । लाङटाङ चिज उत्पादन केन्द्रका प्रमुख ग्याल्वु तामाङका अनुसार चन्दनबारी, लाङटाङ र गत्लाङमा रहेका तीनवटा चिज केन्द्रमा नियमित चौंरीगाईको दूध आपूर्ति गर्ने एक सय १६ किसानलाई एक÷एक जोर गमबुट, एक÷एकवटारेनकोट, एक÷एक थान बाल्टिनको साथै तीन हजार ६ सय ६६ किलो नुन सहयोगस्वरूप गत हप्ता वितरण गरिएको थियो । २००९ सालमा स्थापित नेपालकै जेठो लाङटाङको क्यान्जेन केन्द्र चिज कारखानालाई दूध आपूर्ति गर्ने किसानलाई पहिलोपटक यस्ता आवश्य सामग्री सहयोग गरेको हो । कृषकहरूले रेनकोट र गमबुट लगाएर गोठालो जान, चौंरीलाई नुन चटाई बाल्टिनमा दूध दुहुन सहज बन्न गएकाले यस्ता सहयोग निरन्तरता पाउने आशा गरिएको लाङटाङ चौंरीपालक कृषक समूहका अध्यक्ष तेन्जेन लामाले बताए ।