धुन्चे , रसुवा
चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालकबाट कुलमान घिसिङ्गलाई हटाएको बिरुद्ध स्थानीयले आयोजना स्थलमा रहेको साईट अफिसमा ताला बन्द गरेपछि सरकारले घिसिङको पुर्नबहाली गरेको हो । सरकारले निर्णय फिर्ता लिएपछि स्थानीयले आज दिउसोबाट बन्द फिर्ता लिएका हुन् ।
उर्जामन्त्रीको ठाडो निर्देशनमा जिल्लावासीको हितमा काम गरिरहेका घिसिङ्गलाई हटाएको भन्दै चिलिमे कम्पनीका सहायक आयोजनाहरू माथिल्लो साङजेन, तल्लो साङजेन र चिलिमेको थाम्बुचेत स्थित साईड अफिसमा स्थानीय तथा कर्मचारी मिलेर हिजो तालाबन्द गरेका थिए । बन्द पछि आज सरकारले निर्णय फिर्ता लिएको हो ।
सरकारले आईतबार प्रबन्ध सञ्चालक पदबाट घिसिङलाई हटाएको थियो । स्थानीय तल्लो साङजेनमा कार्यरत कर्मचारी गोम्बोछिरिङ तामाङले भने उर्जा क्षेत्रमा कार्यरत ठेकेदारहरूको दवावले सरकाले पूर्वाग्रही ढंगबाट उनलाई हटाएको थियो । स्थानीयको आन्दोलन पछि फिर्ता भयो उनले भने उनको निर्णय फिर्ता गर्नु हाम्रो मुख्य थियो पुरा भयो । निर्माणाधिन १४ मेघावाट माथिल्लो साङजेन, ४२ मेघावाट तल्लो साङजेन र २२ मेघावाट विद्युत उत्पादन गरिरहेको चिलिमेको साईड अफिसमा तालाबन्द गरेपछि आयोजनाको काममा बाधा पुगेको थियो । अहिले सवै अवरोधहरू हटेको चिलिमे जलविद्युत केन्द्रले जनाएको छ । जिल्लावासीलाई दश प्रतिशत सेयर निर्धारण गरी चिलिमेका थप ४ आयोजनाहरू निर्माणाधिन छन् ।