Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Thursday, June 27, 2013

असार पन्ध्र, रोपाइँ, जन्मदिन र दही चिउरा

गाईको दाम्लो, भैंसीको दाम्लो किलाको किलै छ, किलाको किलै छ
अलैंची  दाना बाडौंला भन्थें हात मेरो हिलै छ ।हात मेरो हिलै छ....... अलैंची  दाना बाडौंला भन्थें हात मेरो हिलै
छ ।
वि.सं २०६८ को असार १५ मा पर्मेली रोपाहारहरूले गाएको असारे गीतलाई मैले यहाँ
थपक्कै टिपेर राखें । असार महिना, मानु रोपेर मुरी उब्जाउने तयारी महिना । आलीमा उभिएर रोपाहारलाई हिलो छेप्ने महिना अनि दाँदेमा चढेर ह माले भन्दै पानी र हिलो छताछुल्ल बनाउने महिना । पानी पर्दा घुम ओढेर रूखको छहारीमा बसेर साथीहरूसँग मिली गीत र श्लोक गाउने महिना । ६/७ वर्षअगाडिका ७/८ वर्षयस्तै गरी बिते असार, साउनका महिना ।
असारभरि नै  नेपाली किसानहरूको लागि अति नै महत्वपूर्ण  महिना हो । खेतभरि खेताला वा पर्मेलीहरू आ-आफ्नो काममा व्यस्त हुन्छन् । खेताला वा पर्मेली भन्नाले बाउसे, आली लगाउने, रोपाहार, हली र कुना खन्ने मान्छेहरूको समूहलाई बुझाउँदछ ।
विशेषत: असार १५ नेपालीका लागि मात्र नभएर नेपालमा आउने विदेशीहरूका लागि माझ  एउटा पर्वको रूपमा स्थापित भईसकेको छ । विभिन्न पर्यटन व्यवसायीहरूको अगुवाईमा देशका विभिन्न ठाउँमा रोपाइँ महोत्सव पनि हुने गरेको छ । वर्षौभरि खेतीपातीमा काम नगर्ने मान्छेहरू पनि यस दिन रोपाइँमा गएर आली लगाउने, बाउसे गर्ने, धान रोप्ने र  हिलो खेल्ने अनि दहीचिउरा खाएर असारे भाखामा गीत गाउने गर्छन् । युवायुवतीदेखि प्रौढ अवस्थाका सबै मानिसहरूलाई असार १५ ले आकषिर्त गरेको हुन्छ ।

मैले थाहा पाएदेखि नै असार १५ मेरा लागि अविष्मरणीय दिनको रूपमा रहँदै आएको छ । असार १५ जन्मदिन भएकोले मलाई यो अवसर मिलेको हो । हजुरआमा, आमा र बुबाले मलाई जहिले पनि जन्मेको ठाउँमा बसेर दही चिउरा खान दिएपछि मात्र उहाँहरूले खानुहुन्छ । सानैदेखि हजुरआमाले भन्नुहुन्थ्यो "असार १५ मा जन्मेको मान्छे यस दिन जहाँ भए पनि दहीचिउरा खान जन्मेको थलोमा आई पुग्छन् रे ।त्यसैले म पनि सकेसम्म असार १५ मा घरमा नै हुने र रोपाइँमा जाने,जन्मेको मझेरीमा  बसेर दही चिउरा खाने जमर्को गर्छु ।  मैले हेक्का राखेसम्म मलाई लाग्छ मैले जम्माजम्मी ३ वटा असार १५ बाहिर बिताएको छु ।  See this on Meroreport.net and Blogging for Conservation

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts