Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Thursday, June 27, 2013

अनियमितता लुकाउन खोज्दा पर्दाफास

बिनोद पौडेल /धुन्चे, रसुवा

वाटो निर्माणका लागि गठन भएको उपभोक्ता समितिका सदस्यहरूले विकास निर्माणको रकम हिनामिना गरेको खुलासा भएको छ ।
अधिकारका लागि पहुँच रसुवाले रसुवा जिल्लाको डाडागाउँ,  ठुलोगाउँ र लहरेपौवा गाविसमा संचालन गरेको सार्वजनिक वहसमा उपभोक्ता समितिका २७ जना पुर्व सदस्यहरूले प्रतिव्यक्ति १२ हजार रुपैयाका दरले वाडफाडँ गरि रकम हिनामिना गरेको खुल्न आएको हो । डाडागाउँ–ठुलोगाउँ–करुम¥याङ्ग कृषि सडक आयोजनाका वारेमा भएको वहसमा समितिका सदस्यहरूले लुकाउन खोज्दाखोज्दै यो विषयमा वृहत छलफल भएको थियो । छलफलका क्रममा गाविस सचिव र वर्तमानको उपभोक्ता समितिले एक साताभित्र समितिका सवै सदस्यहरूलाई पत्राचार गरि हिनामिना गरिएको रकम समितिमा पुनःफिर्ता गराउन पहल आरम्भ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहत स्थानीय शासन तथा उत्तदायि संयन्त्र अन्र्तगत अधिकारका लागि पहुँच नेपालले स्थानीय विकास निर्माण तथा सेवाको समुदायमा आधारित अनुगमन शिर्षकमा ३ वटा आयोजनामा वहस संचालन भयो । जिल्लाको डाडागाउँ गाविसमा गाविसस्थित निर्माणाधिन वर्थिङ सेन्टर, ठुलोगाउँ स्थित सरस्वती प्रा.वि.मा ठुलोगाउँ–डाडागाउँ–करुम¥याङ्ग कृषि सडक आयोजनाको वारेमा र लहरेपौवा गाविसमा वोगटीटार–सिम्ले–भोर्ले–पाच्र्याङ्ग कृषि सडक आयोजनाका वारेमा वहस संचालन भएको थियो । २०७० वैशाखदेखि आरम्भ भएको कार्यक्रममा २ महिना लामो स्थलगत अध्ययन पछि आयोजनाका वारेमा सार्वजनिक वहस संचालन गरिएको हो । हरेक आयोजनाले सामाजिक परिक्षण गर्नुपर्ने वाध्यकारी निति भएतापनि उपभोक्ता एवं ठेकेदारहरूले सामाजिक एवं सार्वजनिक परिक्षण नगरिकनै पनि फरफारक हुने गरेको छ ।

गाविस सचिव, राजनितिक दलका प्रतिनिधिहरू, ठेकेदार, उपभोक्ता समितका पदाधिकारीहरू, जिल्लाका प्रतिनिधिहरू जवाफदेहि व्यक्तिका रुपमा रहेको सार्वजनिक वहसका वक्ताहरूले यस्तो कार्यक्रमले पारदार्शिता एवं वित्तिय शुसासनमा सघाउ पुरयाने भन्दै निरन्तरतरताको माग गरेका थिए । गतवर्षवाट आरम्भ भएको जिल्ला÷गाविस÷नगरपालिका स्तरीय वहसहरूले जनतामा समेत उमंग छाएको सहभागिहरूले प्रतिक्रिया दिएका थिए । 

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts