Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Saturday, June 22, 2013

रसुवाको विकासको सूचक

हिजोसम्म दुर्गमअशिक्षित र दुरदजारको संज्ञा पाएको रसुवा आज एकाएक धेरैको नजरमा अगाडि आएको छ । देशका विभिन्न पाटोमा रहेका नेपालीले रसुवालाई पर्यटकीय तथा धार्मिक दृष्टिकोणले चिन्दै आएका छन् । केही वर्षयता रसुवाको नामसँगै जलविद्युतको नाम पनि गाँसिदै आएको छ । अझ भन्दै पर्दा रसुवाको नाममा पर्यायी बनेर चिलिमे जलविद्युत केन्द्र आएको छ । यी थोरै नाम वा सम्पदाले चिनिएको रसुवा राजधानीको अस्तव्यस्त शहरबाट दूरीका हिशावले जति नजिक छत्यति नै सफल सम्भावनाका हिशावले पनि नजिकै छ । दुई ठूला छिमेकी मुलुक चीन र भारतको सामञ्जस्यता गर्नको लागि रसुवागढी नाकाको नामले पनि दशकौंदेखि रसुवा  आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ ।



चिलिमे जलविद्युत केन्द्रले रसुवालीलाई मात्र नभई देशका विभिन्न दुरदराजमा रहेका नागरिकलाई सेयर वितरण गरेर मालिक बनाएको छ । आफ्ना नागरिकलाई नजिक बनाउँदै आफ्नो  निर्धारित लक्ष्यभन्दा बढी उपलब्धिलाई हात पार्न सफल भएको छ चिलिमे जलविद्युत केन्द्र । चिलिमे जलविद्युत केन्द्र आव २०६७/६८ मा १३ करोड२७ लाख ९५ हजार युनिट उत्पादन गर्न लक्ष्य निर्धारण गरेकोमा १५ करोड १ लाख १० हजार युनिट उत्पादन गर्न सफल भएको पन्ध्रौं वाषिर्क प्रतिवेदनमा भनिएको छ । उत्साहजनक उपलब्धिलाई  हात पार्दै रसुवागढीमध्ये भोटेकोशीसाञ्जेन र माथिल्लो साञ्जेन गरी २७० मेगावाट जलविद्युत उत्पादन  तथा विक्रीको  लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको चिलिमेले अझ बढी रसुवावालीको विकासका निमित्त आफ्ना पाइलाहरू अगाडि बढाउँदै छ ।

क्यान्जेन गुम्वा पर्यटकीय स्थल
रसुवाको विकास वा जनताको जीवनयापनमा सहयोग पुर्याउँदै आएको पर्यटन व्यवसाय रसुवालीको लागि भाग्यरेखाको रूपमा रहेको छ । लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा केन्द्रीत पर्यटन व्यवसायले विस्तारै जिल्लाका अरु क्षेत्रलाई पनि समेट्दै छ । रसुवाको माथिल्ला क्षेत्रमा होस् वा तल्ला क्षेत्रमा होस् सायद पर्यटनसँग सम्बन्ध नराख्ने वा नरहेका व्यक्तिहरू कमै होलान् ।  कोही अवसर पाएर यस क्षेत्रबाट आफ्नो भाग्यरेखा लम्ब्याउँदै छन् भने कोही बाध्यताले पेशामा आवद्ध भई आफ्नो जीवन गुजारालाई सहज बनाउँदै छन् । दशकौंदखि पर्यटकीय चाप भएका क्षेत्रमा रहेका जनताले व्यक्तिगतसामाजिक दुबै खालका विकास तथा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन् ।

रसुवागढी नाका
जलविद्युत र पर्यटन क्षेत्रले रसुवाको विकासमा जे जति योगदान पुर्याउन सक्छन् वा सम्भावना देखिएको छत्यत्ति नै रसुवागढी नाकाको पनि छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग निर्माण गरी यी दुबै देशबीच व्यापारिक सम्बन्ध स्थापित गर्न यो नाका आतुर देखिन्छ । रसुवागढी नाकाको विकास तथा विस्तारबाट आर्थिक मात्र नभई दुई ठूला देशहरू बीच आपसी सम्बन्ध विकास गर्न पनि सहयोग पुग्नेछ भन्नेमा हामी विश्वास गर्न सक्छौं । 

रसुवालीको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चिलिमे जलविद्युत केन्द्रपर्यटन व्यवसाय तथा रसुवागढी नाकासँगै विभिन्न सम्भावनाहरू रहेका छन् । जलविद्युत विकासका हिशावले सम्भावना रहेका वा विकासका निमित्त सूचिकृत विविध जलविद्युत केन्द्रहरूले रसुवालीका चुल्हो चौका उज्यालो पार्न सकोस् । खाना बनाउनको लागि प्रयोग हुँदै आएका इन्धन दाउराको प्रयोगमा कमी ल्याउन सकोस्,जसका कारण वनको संरक्षणसँगै जलविद्युत केन्द्रको दीगो व्यवस्थापनका लागि आवश्यक पर्ने वा नभई नहुने पानीका मुहान संरक्षण गर्न सहयोग पुगोस् ।

यति धेरै जलविद्युत विकासका सम्भावना रहेको रसुवाका जनताले खाना बनाउनको लागि दाउराको प्रयोग गरी वनविनासको पाटोमा संलग्न हुन नपरोस्यसबाट मात्र रसुवाको जलविद्युतको दीगो व्यवस्थापनमा सहयोग पुर्याउँछ । जलविद्युत केन्द्र बनेका वा बन्दै गरेका आसपासका पर्यटकीय क्षेत्रमा उज्यालो पुर्याउन सके वा यार्सादेखि गतलाङसम्म र बेत्रावतीदेखि गोसाइँकुण्डलाङटाङसम्मका बस्तीहरू  चिलिमे जस्ता जलविद्युत केन्द्रको उज्यालोले देखाउन सकेमात्र चिलिमे कम्पनीको  सेयरधनी बनेको र्सार्थक हुनेछ । व्यवसायिक बन्न नसकेको पर्यटन व्यवसायलाई व्यवसायिक बनाउन जलविद्युतले सहयोग पुर्याउन सक्छ । हाताहाती उपलब्धिलाई हेर्दा जलविद्युतले वन संरक्षणमा सहयोग पुर्याउँछवनजंगल जस्ता सम्पदाले पर्यटन विकासका लागि मात्र नभई मानिस बाँच्नका लागि सहयोग पुर्याउँछ । यसरी हेर्दा पर्यटन र जलविद्युत असाध्यै नजिकका सम्बन्धहरू हुन् । समग्र रसुवाको विकासका निमित्त जलविद्युतपर्यटन र रसुवागढी नाका एक अर्काका परिपूरक हुन् । 
                                          प्रेमप्रसाद पौडेल (चिलिमे प्रतिभा पुन्ज वर्ष ५ बाट साभार )

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts