Saturday, June 22, 2013

रसुवाको जिविस र गाविसमा काम ठप्प

असार 9, धुन्चे, रसुवा । विभिन्न ६ बुँदे माग राखी स्थानीय मन्त्रालय अर्न्तर्गतका स्थानीय निकायहरू असार 9 र १0 का लागि सांकेतिक रूपमा सम्पूर्ण कामकाज ठप्प पार्ने निर्णय अनुसार रसुवाको जिविस तथा गाविसका काम पनि ठप्प पारिएको छ । स्थानीय निकाय संयुक्त आन्दोलन केन्द्रीय समिति काठमाडौंले प्रेस विज्ञप्ती जारी गरी उक्त जानकारी दिएको हो ।

समितिले आफ्नो माग सम्बोधनका लागि विभिन्न भद्र आन्दोलनका कार्यक्रमबारे सरकारलाई जानकारी गराएको तर सरकारले कुनै चासो नदेखाएकोले उक्त बन्द गरिएको बताईएको छ ।  यस पश्चात पनि कुनै सम्बोधन नभए अनिश्चितकालीन बन्द गर्ने पनि विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा स्थानीय निकायमा कार्यरत  कर्मचारीले आ-आफ्नो पहिचान, आत्म सम्मान र न्यायका लागि बन्दका कार्यक्रम सफल पार्न आ-आफ्नो तर्फाट निर्णायक  भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।


स्थानीय निकायलाई आर्थिक अधिकार सम्पन्न बनाउनु पर्ने, स्थानीय शासन स्वायत्र नियमावली पाँचौं संशोधन निस्वार्थ कार्यान्वयन गराउनु पर्ने, स्थानीय निकायका कर्मचारीको पेशागत हकहित तथा सुरक्षा हुनुपर्ने, नेपालगञ्जलगायकतका स्थानीय निकायका बर्खास्त गरिएका कर्मचारीलाई पुनर्वहाली गरी कानून बमोजिम छानबीन गर्नुपर्ने, स्थानीय निकायको सवलीकरण, सुदृढिकरण र सहज कार्य सम्पादनका लागि बाझिएका ऐन खारेज गरिनुपर्ने तथा तत्काल स्थानीय निकायको निर्वाचन गरिनुपर्ने, निर्वाचन नभएसम्मका लागि स्थानीय निकाय सञ्चालनका लागि प्रभावकारी व्यवस्था गरिनुपर्नेसहितका माग राखिएको छ ।

No comments: