धुन्चे, २७, रसुवा । वर्षभरि गरेका काम तथा खर्चको विवरण सार्वजनिक गर्दै लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजले कार्यक्रमको आयोजना गरेको छ । जिल्लाका सरोकारवाला, नागरिक समाज, पत्राकार तथा स्थानीय समुदायको उपस्थितिमा संस्थाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
समाजको रेडपाण्डा हलमा आयोजित उक्त कार्यक्रममा संस्थाका सचिव आङछिरिङ तामाङले वर्षरिका कार्यक्रम, उद्धेश्य तथा प्रतिफलको बारेमा जानकारी दिएका थिए भने कोषाध्यक्ष सुनिल घलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाले सञ्चालन गरेको विभिन्न वातावरणमैत्री, संरक्षणमूलक तथा क्षमता विकास सम्बन्धि कार्यक्रममा रू. १६८१७०२ व्यय भएको प्रस्तुत गरिएको थियो ।