Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Wednesday, June 19, 2013

निकुञ्जद्वारा बदेल सिकार आरक्षण खोल्ने तयारी

निराजन पौडेल, धुन्चे -रसुवा), असार ४

लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीयस्तरमा निश्चित समयअबधी र राजस्व तोकेर स्थानीयलाई बदेलको न्युनीकरणका लागि सिकार आरक्षण खोल्ने तयारीबारे बिभागसँग अनुमति लिने तयारी भईरहेको जनाएको छ ।

 निकुञ्ज क्षेत्र भित्र बसोबास गर्ने स्थानीयबासीले आफुले लगाएको अन्नबाली नोक्सान गरेको भन्दै बदेलको न्युनीकरण गर्नका लागि निकुञ्जसँग पटक पटक आग्रह गरेपछि बदेलको अध्ययन प्रश्चात  निश्चित समायबधी तोकेर राजस्व लिएर सिकार गर्नका लागि बिभागसँग अनुमति लिने तयारी भईरहेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । 'हामीले बिभागसँग छलफल गरिरहेका छौं,' संरक्षण अधिकृत ढकालले भने, 'बदेल सिकारका लागि बिभागले अनुमति दिएपछि निकुञ्ज क्षेत्रका स्थानीयका लागि मात्र निश्चित समय र राजस्व लिएर सिकार गर्न दिईने छ ।'

निकुञ्जमा २० वर्षअघि सरकारबाटै आउने टोलीले वर्षा एक पटक बदेलको सिकार गर्दै आईरहेको थियो । निकुञ्जले पछि वन्यजन्तु संरक्षणका लागि हानी नपुर्‍याउने भन्दै सिकार गर्न रोकेको थियो । सामान्य प्रकारको वन्यजन्तु भएकाले बदेलको सिकारको सम्भावना र न्यूनीकरणका लागि बिभागसँग अनुमति लिए पछि निश्चत राजस्व लिएर सिकारका लागि समयअबधी छुर्ट्टाईने संरक्षण अधिकृत ढकालले बताए ।
 पछिल्लो समय बदेलले किसानले लगाएको अन्नबालीमा नोक्सानी गर्न थालेको भन्दै स्थानीयले निकुञ्जलाई न्यूनीकरण गर्न दवाव दिने थालेपछि बदेलको अबस्थाबारे अध्ययन गरेपछि बदेलको शिकारको लागि बिभागबाट अनुमति लिएर निकुञ्ज क्षेत्रका स्थानीयका लागि सिकारबारे छलफल भईरहेको निकुञ्जले जनाएको छ ।

बदेलको संख्या गणना र त्यसको बासस्थान बारे लारानि मध्यवर्ती क्षेत्र सहयोग आयोजनाबाट अध्ययन भएपछि निकुञ्जले सिकारका लागि यस्तो तयारी गरेको हो । प्रकृतिका साथीहरुको तीन जना र निकुञ्जका सहायक संरक्षण अधिकृत रामदेव चौधरी सहितको टोलीले  निकुञ्जको क्षेत्रभित्र गरेको अध्ययन प्रतिबेदन अनुसार बदेलको संख्या एक हजार दर्ुइ सय ९४ देखि दर्ुइ हजार १ सय ५६ रहेको अनुमान प्रतिवेदनमा उल्लेख गरेको छ । चार महिना सम्म निकुञ्ज क्षेत्रको बदेलको बासस्थान भएको क्षेत्रमा गएर अध्ययन गर्दा सबै भन्दा बढि लाङटाङ क्षेत्र बदेलको संख्या बढि भएको पाईएको छ भने सबै भन्दा कम रसुवाको यार्सर्ाा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । अध्ययन टोलीले गरेको प्रतिवेदन अनुसार लाङटाङ क्षेत्रमा बदेलबाट प्रति घर ३८ हजार १ सय ३० रुपैयाँको दरले नाक्सान भएको छ । त्यस्तै बृद्धिममा प्रतिधुरी ११ हजार ५ सय ८ रुपैयाँ, यार्सर्ाा ४ हजार ८ सय ९० रुपैयाँ र धुन्चेमा १७ हजार २ सय ५ रुपैयाँ प्रतिधुरी बाषिर्क रुपमा बदेलले नोक्सान गरेको अध्ययन प्रतिबेदनमा उल्लेख छ ।

स्थानीयले आफुले लगाउँदै आएको आलु, मकै, करु गहुँ कोदो बदेलले नोक्सान पारेपछि हैरानी खेप्दै आएका थिए । वन्यजन्तुलाई हानी नोक्सान गर्न नपाईने भएपछि स्थानीयले सो समस्याको न्यूनीकरणका लागि निकुञ्जसँग आग्रह गर्दै आईरहेका थिए । 'बदेलले हामीले लगाएको अन्नबाली नोक्सान पार्‍यो,' बृद्धिमका स्थानीय तेन्जिङ तामाङले भने, 'अन्नबाली सधै बदेललाई मात्र ठिक हुने भएपछि आफुहरुले अहिले गाउँमा अन्नबाली पनि लगाउन समस्या भईरहेको छ ।' यस बिषयमा निकुञ्जसँग बदेलको समस्यालाई न्यूनीकरण गर्नका लागि आफुहरुले निकुञ्जसँग छलफल भईरहेको तामाङले बताए ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र संरक्षित क्षेत्र भएकाले वन्यजन्तु वनस्पति चोरी सिकारी गर्न नपाईने भएकाले पछिल्लो समय वन्यजन्तुको संख्या बढ्दै गएको छ । निकुञ्जमा लोपोन्मुख वन्यजन्तुको रुपमा रेडपान्डा, कस्तुरी मृग, हिमचितुवा, कालोभालु र संरक्षित जनावर घोरल, रतुवा मृग, थार लगायतका जनावर रहेका छन् ।
-नागरिकबाट )


No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts