Monday, June 17, 2013

सुआहाराको सञ्चारकर्मी अभिमूखीकरण धुन्चेमा

असार, , धुन्चे, रसुवा । जिल्लास्थित सञ्चारकर्मीहरूलाई सुआहारा कार्यक्रमबारे जानकारी दिनको लागि एकदिने अभिमूखीकरण कार्यक्रम धुन्चेमा सम्पन्न भएको छ । नेपाल सरकारको एकीकृत पोषणका सन्देशहरू सञ्चारमाध्यममार्फत जनसमूदायमा पुर्याउने लक्ष्यका साथ पनि उक्त कार्यक्रम आयोजना गरिएको सुआहारा रसुवाका संयोजक मनोज मिश्रले बताए ।

कार्यक्रममा रसुवा जिल्ला बरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारीले जिल्लाको मातृस्वास्थ्य, बालपोषण तथा उनीहरू स्वस्थ रहनका लागि नेपाल सरकारले प्रदान गर्ने स्वास्थ्य सेवा उपभोग गर्ने तथ्याङ्क तथा विविध स्वास्थ्य तथा सरसफाई सम्बन्धि विषयवस्तु प्रस्तुत गरेका थिए भने सुआहाराका जिल्ला संयोजक मनोज मिश्रले सुआहाराको गतिविधि सरसफाई सम्बन्धि नेपाल सरकारको सहस्राब्दी लक्ष्य हासिलमा सहयोग पुर्याउनको लागि सञ्चारकर्मीहरूले गर्नुपर्ने भूमिका विषयमा जानकारी दिएका थिए ।


विगत ८ महिनादेखि सञ्चालित उक्त कार्यक्रममा  २ वर्षन्दा मुनीका बालबालिकाको पोषणका लागि विविध कार्यक्रम स्थानीय समुदायमा गरिरहेको बताइएको छ । बाह्रै महिना हरिया सागपातका लागि कुन् महिनाका के रोप्ने भन्ने क्यालेण्डरसहित सागसब्जीका बीउ तथा गर्भवती भएका महिला तथा २ वर्षम्मका बालबालिकाका लागि ५ वटा अण्डादार कुखुरा पालनको लागि उपलब्ध गराइदै आएको पनि कार्यक्रममा बताईएको छ । समुदायको पोषण तथा उपर्युक्त खानपीनका लागि व्यवहारिक परिवर्तनमा सहयोग पुर्याउने उक्त कार्यक्रम युएसएड अमेरिका तथा नेपाल सरकार र नेपालका विभिन्न गैर सरकारी संस्थाको  सहयोगमा सन् २०१६ सम्म सञ्चालन हुने जानकारी दिइएको थियो । कार्यक्रम सञ्चालन क्रममा  हालसम्म भएका  खर्चको विवरण पनि र्सार्वजनिक गरिएको थियो ।  

See this on Meroreport.Net

No comments: