कालिकास्थान, रसुवा । घरभित्र तथा बाहिरबाट जम्मा हुने फोहोर प्रयोग गरी गड्यौला मल बनाई
उक्त मल प्रयोगमा किसानहरूको पहुँच विस्तारका लागि एक दिने अन्तक्रिर्यात्मक छलफल कालिकास्थानमा
सम्पन्न भएको । जिल्ला विकास समिति, स्थानीय युवा साझेदारी कार्यक्रमको
सहयोग तथा सामाजिक सेवा समाज, धैबुङको आयोजनामा सम्पन्न उक्त
कार्यक्रममा ४० जना युवा तथा अगुवा कृषकको सहभागिता रहेको थियो ।
रासायनिक मलको अभाव एकातिर भने अर्कोतिर उक्त मल प्रयोगले उत्पादनशक्ति कम हुने र
आर्थिक भार पनि बढ्दै गएको बेला आफ्नै घरबाट निस्कने जैविक फोहोर प्रयोग गरी रासायनिक
मलभन्दा २ देखि ५ गुणा बढी लाभदायक मल तयार गर्न सकिने छलफलमा बताइएको छ ।
"फोहोर व्यवस्थापन गरी मल बनाउन सकिने र जैविक मल प्रयोग गर्नु
पर्छ भन्ने कुरा आफूले मात्र जानेर हुन्न, छिमेकीलाई पनि सिकाउनु
पर्छ" भन्छन् अगुवा कृषक अर्जुन न्यौपाने । गाउँ विकास समिति
र विभिन्न सहकारीमार्फ मल प्रयोगका लागि पहुँच विस्तार गर्न आवश्यक कार्यक्रम बनाउन
पनि अनुरोध गरिएको छ ।
सामाजिक सेवा समाजका अध्यक्ष रामहरि देवकोटाले
"जैविक मल प्रयोगमा पहुँच विस्तार गर्नका लागि आगामी दिनमा विभिन्न
कार्यक्रम तय गरी वस्ती वस्तीमा जाने" पनि बताए । हाल विभिन्न
सहकारीहरूले जिल्ला कृषि विकास कार्यालयमार्फ कृषकहरूलाई सुपथ मूल्यमा रासायनिक मल
उपलब्ध गराउँदै आएको तर अब सहकारीहरूले त्यस्तो गर्न नहुनेमा जोड दिइएको छ ।
"रासायनिक मलमा सहुलियत पाउनुको सट्टा यस्तै जैविक मल प्रयोगका
लागि नेपाल सरकारले सीप तथा प्रविधि प्रदान गर्न सकोस्" सहभागीहरूको धारणा थियो । धैबुङ गाविस सहायक सचिव गोविन्दप्रसाद आचार्यले
"गाविसको १५ प्रतिशत कृषि क्षेत्रमा छुट्टनिे बजेटमा किसानको माग
भई आएमा जैविक मल प्रविधिमा बजेट दिन सकिने" बताए ।