असार, ६, धुन्चे,
रसुवा । चिराईतोलयागतका जडिबुटी खेतीबाट रसुवाका माथिल्ला भेगका किसानले
वाषिर्क ६ लाखसम्म आम्दानी दिने गरेका छन् । ग्रामीण पर्यटन तथा वातावरणीय शिक्षा समाज नेपाल,
गतलाङले धुन्चेमा गरेको कार्यक्रममा सो बताईएको हो ।
समाजले वनमा सिमित जडिबुटीलाई किसानको बारीमा उत्पादन गरी वनका सम्पदा संरक्षणमा
सहयोग पुर्याउन मानेकोर सोर्साईटी नेपाल तथा द माउन्टेन ईन्स्टिच्यूटको सहयोगमा एक
परियोजना सुरु गरेपछि किसानहरू जडिबुटी खेतीतर्फआकषिर्त भएका हुन् । पचास हजार रूपैंयाँदेखि
६ लाखसम्म आम्दानी लिन थालेका गतलाङ, चिलिमे,
गोल्जुङ, थुमन र हाकुका किसानहरूको जिविकोपार्जनमा
सुधार हुने थालेको छ । समाजको अभिमूखीकरणमा २९० जना कृषकले जडिबुटी खेती गरिरहेका छन्
।
जिल्लाका सरोकारवालाहरूलाई कार्यक्रमबारे जानकारी दिने उद्धेश्यले सञ्चालित
जिल्लास्तरीय समन्वय बैठकमा
कार्यक्रम संयोजक विपिन तामाङले संस्थाले सन् २०१० देखि गरेका
विभिन्न कार्यहरूको जानकारी दिएका थिए । उनका अनुसार रसुवा र धादिङका केही भेगमा द
माउन्टेन ईन्स्टिच्यूटको सहयोगमा किसानहरूलाई खेती प्रविधिबारे जानकारी दिने,
बीउ वीजन सहयोग गर्ने र उनीहरूको क्षमता विस्तारका लागि विविध कार्यक्रम
सञ्चालन गरिदै आएको छ । चिराइतो तथा अन्य जडिबुटीका लागि बजारीकरणमा कुनै समस्या नभएको
र रसुवाका धेरैजसो भाग जडिबुटीका लागि उपर्युक्त रहेकोले सहकारीमार्फ किसानलाई संगठित
गरी जडिबुटीतर्फउन्मुख गर्राईएको पनि तामाङले बताए ।
हिमाली बहुउद्धेश्यीय जडिबुटी सहकारी संस्थामार्फ कृषकहरूलाई संगठित गर्दै
विभिन्न स्थानमा जडिबुटी सूचना केन्द्र, नमूना नर्सरी
निर्माण समेत गरिएको छ । कार्यक्रममा उपस्थित जिल्ला वन कार्यालयका अधिकृत राधाकृष्ण
दास, लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन लव गुरागाईले बजारीकरण
तथा दिगो व्यवसायका लागि कार्यक्रम बनाउनु पर्ने बताएका थिए ।

No comments:
Post a Comment