Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Thursday, June 20, 2013

जडिबुटी खेतीबाट वाषिर्क ६ लाखसम्म आम्दानी

असार, , धुन्चे, रसुवा । चिराईतोलयागतका जडिबुटी खेतीबाट रसुवाका माथिल्ला भेगका किसानले वाषिर्क ६ लाखसम्म आम्दानी दिने गरेका छन् । ग्रामीण पर्यटन तथा वातावरणीय शिक्षा समाज नेपाल, गतलाङले धुन्चेमा गरेको कार्यक्रममा सो बताईएको हो ।

समाजले वनमा सिमित जडिबुटीलाई किसानको बारीमा उत्पादन गरी वनका सम्पदा संरक्षणमा सहयोग पुर्याउन मानेकोर सोर्साईटी नेपाल तथा द माउन्टेन ईन्स्टिच्यूटको सहयोगमा एक परियोजना सुरु गरेपछि किसानहरू जडिबुटी खेतीतर्फआकषिर्त भएका हुन् । पचास हजार रूपैंयाँदेखि ६ लाखसम्म आम्दानी लिन थालेका गतलाङ, चिलिमे, गोल्जुङ, थुमन र हाकुका किसानहरूको जिविकोपार्जनमा सुधार हुने थालेको छ । समाजको अभिमूखीकरणमा २९० जना कृषकले जडिबुटी खेती गरिरहेका छन् ।

जिल्लाका सरोकारवालाहरूलाई कार्यक्रमबारे जानकारी दिने उद्धेश्यले सञ्चालित जिल्लास्तरीय समन्वय बैठकमा  कार्यक्रम संयोजक विपिन तामाङले संस्थाले सन् २०१० देखि गरेका विभिन्न कार्यहरूको जानकारी दिएका थिए । उनका अनुसार रसुवा र धादिङका केही भेगमा द माउन्टेन ईन्स्टिच्यूटको सहयोगमा किसानहरूलाई खेती प्रविधिबारे जानकारी दिने, बीउ वीजन सहयोग गर्ने र उनीहरूको क्षमता विस्तारका लागि विविध कार्यक्रम सञ्चालन गरिदै आएको छ । चिराइतो तथा अन्य जडिबुटीका लागि बजारीकरणमा कुनै समस्या नभएको र रसुवाका धेरैजसो भाग जडिबुटीका लागि उपर्युक्त रहेकोले सहकारीमार्फ किसानलाई संगठित गरी जडिबुटीतर्फउन्मुख गर्राईएको पनि तामाङले बताए ।

हिमाली बहुउद्धेश्यीय जडिबुटी सहकारी संस्थामार्फ कृषकहरूलाई संगठित गर्दै विभिन्न स्थानमा जडिबुटी सूचना केन्द्र, नमूना नर्सरी निर्माण समेत गरिएको छ । कार्यक्रममा उपस्थित जिल्ला वन कार्यालयका अधिकृत राधाकृष्ण दास, लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन लव गुरागाईले बजारीकरण तथा दिगो व्यवसायका लागि कार्यक्रम बनाउनु पर्ने बताएका थिए ।


No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts