Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Tuesday, June 25, 2013

रसुवा अस्पतालमा आकस्मिक रक्त सञ्चार सेवा सुरु

 धुन्चे, असार ११ गते । रसुवा डिजिटल खबर
रगतका समस्याका कारण यहाँ उपचार गर्न आउने विरामीलाई अन्यत्र रिफर गर्न नपरोस् भन्ने उद्धेश्यले रसुवा जिल्ला अस्पतालले आजदेखि "आकस्मिक रक्त सञ्चार सेवा" सुरु गरेको छ । उपचार गर्न आउने विरामीहरूले रगतको खाँचो पर्ने भएपछि उक्त सेवा सुरु गरिएको कार्यालय प्रमुख  रमेशकुमार खरेलले बताउनु भयो ।

अस्पतालको आफ्नै पहलमा सुरु गरिएको उक्त सेवामा प्रत्येक रगत समूह व्यक्ति पहिचान गरी आवश्यक पर्दा रगतदानका लागि आग्रह गर्ने र प्रत्येक समूहका रगतहरू स्टक राखिने पनि खरेलले जानकारी दिनुभयो । प्राप्त रगत ३४ दिनभित्रमा प्रयोग गरिसक्नुपर्ने भएकोले जिल्लालाई स्टक राखी अन्य रगतहरू नुवाकोट तथा देशका अरु रक्त सञ्चार सेवा केन्द्रहरूलाई दिने पनि बताइएको छ ।

सो सेवा सञ्चालन गर्नको आवश्यक पूर्वाधार  दक्ष डक्टरको व्यवस्थापन भईसकेको र आवश्यक  पर्ने रगत दिनको लागि सम्पूर्ण  नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरूलाई अस्पतालले अनुरोध गरेको छ । यो सेवा सञ्चालन पछि छिट्टै नै अल्ट्रासाउण्ड र अपरेसनको सेवा पनि सञ्चालन गर्न लागिएको बताईएको छ ।

आकस्मिक रक्त सञ्चार सेवा उद्घाटन समारोहमा रगत के हो, किन दान गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो । आकस्मिक रक्त सञ्चार सेवा सञ्चालनको लागि कार्यालय प्रमुख खरेल तथा जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीलगायतले रगत दान गरेका थिए ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts