Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Friday, June 28, 2013

दलितमाथि आक्रमणको सर्वत्र निन्दा


रौतहट जिल्लाको पिपरिया दोस्तिया गाविस –८ भिमडावर टोलका ६५ घर दलित बस्तिमाथि कथित उपल्लो जातका व्यक्तिहरूले सामुहिक आक्रमण गरेको घटनाका सवत्र निन्दा भएको छ । बिरोधमा रसुवाका दलित अगुवाहरूले जिल्ला प्रशासन कार्यालयमा भर्ना दिए ।
दलित अगुवा मनबिर बिकको अगुवाईमा १५ जनाको सहभागितामा भएको २ घण्टे रिले अनशनमा निमित्त प्रमुख जिल्ला अधिकारी गौतम रिमालले सरकारले माग पूरा गर्ने सूचना दिनु भएको थियो ।
घटनाका सम्बन्धमा सम्बन्धमा इन्सेक रौतहट जिल्ला प्रतिनिधि बिपिन गौतमले पीडित पक्षको न्यायको पक्षमा धेरै प्रयास गरेका थिए । देश ब्यापी रुपमा घटनाको बिरोध भैरहेको अवस्थामा रसुवामा दलित कल्याण संघ र एकीकृत दलित मुक्ति मोर्चा लगायतका अगुवाहरूले पनि बिरोधका कार्यक्रम सहित धर्ना दिएका हुन् ।
घटना बारे केही तथ्यहरू
२०७० बैशाख ३० गते सो गाविसमा रहेको ब्रम्हस्थान भगवती मन्दिरमा स्थानीय उमेश रामको विवाह पछि दतिलहरूले पुजा गर्न जाँदा कथित उपल्लो जातिका व्यक्तिहरूले मन्दिर प्रवेश गर्न नदिई कुटपिट गरेको बिरुद्धमा पीडितहरूले इलाका प्रहरी कार्यालयमा जातिय छुवाछुत ऐन बिरुद्ध ८ जना उपर किटानी जाहेरी दिएपछि पीडकहरूको तर्फबाट नेपाली कांगे्रस जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष हृदयनारायण यादवले मुद्दा फिर्ता लिन दवाव दिएको । सो मुद्दा फिर्ता लिन पीडितहरूले इन्कार गरेपछि उनकै नेतृत्वमा दलितहरूमाथि नाकाबन्दि गरी आक्रमणको योजना बनाएको खवर इन्सेक जिल्ला प्रतिनिधिलाई प्राप्त भएपछि ०७० जेठ २४ गते बिहान करिव ११ बजे रौतहट प्रहरी प्रमुख एसपि गोविन्दराम परियारलाई फोनबाट सो कुराको जानकारी गराइएको थियो । एसपि परियारले सो गाउँमा प्रहरी परिचालन गर्न पठाइएको जानकारी इन्सेक प्रतिनिधिलाई गराएको ।
ड्ड घटनापछि मुक्ति समाजका रौतहट अध्यक्ष नाथुराम परियारले इन्सेक प्रतिनिधिलाई घटनाको बारेमा टेलिफोनबाट जानकारी गराएपछि तत्काल इन्सेक प्रतिनिधिको पहलमा कान्तिपुरका रौतहट सम्वाददाता शिव पुरी, तराई टेलिभिजनका फणि महत, नयाँ पत्रिका दैनीकका अशोक पहाडी समेत ४ जनाको टोलि बनाई घटनास्थलमा जाने निर्णय भए अनुसार घटनास्थलमा प्रस्थान गरियो ।
ड्ड घाइतेहरूको उपचार भईरहेको गरुडा स्थित अनामिका अस्पतालमा घाइतेहरूसंग भेटघाट गरि घटना भएको स्थानमा टोलि गएको ।
ड्ड इन्सेक महासचिव लालबाबु यादव रौतहट जिल्लामानै रहनु भएकाले घटनाको बारेमा जेठ २५ गते बिहान टेलिफोनबाट जानकारी गराउनुका साथै स्थलगत अनुगमनपछि सोहि साँझ इन्सेक प्रतिनिधिले महासचिवज्यूलाई भेटि घटनाको वास्तविक विवरणको जानकारी गराइएको छ ।
ड्ड घटनाको स्थलगत अनुगमन, पीडितहरूसं अन्र्तवार्ता लिएपछि प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरे, एसपि गोविन्दराम परियार, सशस्त्र प्रहरी एसपि पे्रमकुमार पोखरेलको टोलि घटनास्थलमा आईपुगेपछि सो टोलिसंगसंगै इन्सेक प्रतिनिधि सहितको टोलिले निरिक्षण र पीडितहरूसंग सोधपुछ गरियो ।
ड्ड घटनामा संलग्न रहेकाहरूलाई तत्काल कार्वाहीगर्न गिरफ्तार गर्नुपर्ने बिषय र अघिल्लो दिन एसपिसंग आक्रमणको योजना बारे इन्सेक प्रतिनिधिले खबर गर्दा समेत प्रहरीले वेवास्ता गरेको बिषयमा छलफल गरियो ।
ड्ड घटनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई घटनाको बिषयमा भत्र्सना गर्दै आफ्ना भनाईहरू राखिएकोछ । इन्सेक प्रतिनिधिले घटनाका सम्बन्धमा राखेका भनाईहरू तराई टेलिभिजन, एभिन्यूज टेलिभिजन, सगरमाथा टेलिभिजनले सोहिदिन देखि प्रशारण गरिरहेका छन । यसैगरि जेठ २६ गते प्रकाशित कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकले इन्सेक प्रतिनिधि बिपिन गौतमले घटनाको सम्बन्धमा राखेका बीचार समेटेर नाम सहित समाचार प्रकाशन गरेका छन ।
ड्ड घटनाको भत्र्सना गर्दै इन्सेक प्रतिनिधिले जारी गरेको बिज्ञप्तीको समाचार स्थानीय पत्रिकाहरू हाइवे न्यूज दैनीक, राजदेवी दैनीक, हाइवे फास्ट दैनीक लगायतका पत्रिकाहरूले जेठ २७ गतेको अंकमा प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन ।
ड्ड घटनापछि स्थानीय प्रशासन खासगरि प्रमुख जिल्ला अधिकारी, एसपि र दलित संघसंस्थाका नेताहरूसंग इन्सेक प्रतिनिधिको नियमित सम्पर्क भईरहेको छ । यसै क्रममा घटना घटेको गाउँमा रहेको विवादित मन्दिरमा जेठ २७ गते दलित संघ संगठनका अगुवासहितको उपस्थितीमा बिरोध सभा र मन्दिर प्रवेशको कार्यक्रम राखेको जानकारी भएपछि तत्काल सो कार्य गर्दा जातिय सद्भाव बिथोलिन सक्ने खतरा रहेकाले स्थानीय प्रशासनसंग सो बिषयमा इन्सेक प्रतिनिधिको छलफल भयो । छलफलमा प्रमुख जिल्ला अधिकारीज्यूले दलित नेताहरूलाई तत्काल सो कार्य (मन्दिर प्रवेश र विवादित मन्दिरमा बिरोध सभा) नगर्न इन्सेक प्रतिनिधिले दलित नेतृत्वहरूसंग पहल गर्न आग्रह गर्नु भए अनुसार दलित नेतृत्वसंग इन्सेक प्रतिनिधिले छलफल गरि सो कार्य  तत्कालका लागि स्थगित गराइएको छ ।
ड्ड राष्ट्रिय मानव अधिकार आयोगले सो घटनाको स्थलगत अनुगमन गर्ने भएकाले सो अनुगमन टोलिमा इन्सेक प्रतिनिधि संलग्न रहने कुराकानि भएकोछ ।
०७० जेठ २८ गतेदेखिको अपडेट
ड्ड ०७० जेठ २८ गते राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित्त क्षेत्रीय निर्देशक बुद्धनारायण साहनी, आयोग केन्द्रिय कार्यालयका अधिकृत दिब्य झा सहितको टोलि २७ गते साँझ रौतहटको चन्द्रनिगाहपुरमा आईपुगेपछि उनीहरूसंग सो घटनाको अध्ययन गर्ने जाने बिषयमा छलफल गरियो ।
ड्ड ०७० जेठ २८ गते बिहान आयोगको टोलिसंगै इन्सेक प्रतिनिधि घटनास्थलको पुनः अवलोकन र सरोकारवालाहरूसंग छलफल गर्न प्रस्थान गरीयो । टोलिले प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरे,एसपि गोविन्दराम परियार, सशस्त्र प्रहरी एसपि पे्रमकुमार पोखरेलसंग संयुक्त छलफल गरेको थियो । छलफलमा राष्ट्रिय दलित आयोगका सदस्य सचिव भुवन सुनार समेतको उपस्थिती रहेको थियो ।
ड्ड ०७० जेठ २८ गते बिहान चन्द्रनिगाहपुरमा जागरण मिडिया सेन्टर र राष्ट्रिय दलित आयोगले गरेको पत्रकार सम्मेलनमा उपस्थित भई दलित बस्तिमा चाल्नुपर्ने प्रयासहरूका बारेमा छलफल भएको ।
ड्ड ०७० जेठ २८ गते नै आयोगको टोलिसंग घटनास्थलको निरिक्षण तथा पीडितहरूसंग भेटघाट । गाउँमा सामाजिक सद्धभाव राख्ने बिषयमा स्थानीय पीडितहरूसंग छलफल तथा अन्र्तक्रिया गरियो । अन्र्तक्रियामा इन्सेक प्रतिनिधिले आफ्ना धारणाहरू राखेको । सोहि दिन दलित संघर्ष समितिका पदाधिकारिहरूसंग भेटघाट गरि स्थानीय दलितहरूले भोग्नु परेको समस्या र सामाजिक सद्भाव राख्ने विषयमा आयोगको टोली र इन्सेक प्रतिनिधिद्वारा छलफल भएको । सोहि दिन गृह मन्त्रालयबाट खटाइएको छानविन टोलिसंग इन्सेक प्रतिनिधिको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भेटघाट र घटनालाई कसरि सामान्यीकरण गर्ने भन्ने बिषयमा छलफल भएको ।
ड्ड ०७० जेठ २९ गते बिहान नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित छानविन समितीका पदाधिकारीहरूसंग जिल्ला प्रहरी कार्यालय रौतहटमा भेटघाट । छानविन समितिमा गृह मन्त्रालयका सह–सचिव रुद्रप्रसाद भट्टराई, प्रहरी नायव महानिरिक्षक(डिआईजि) यादव अधिकारी, राष्ट्रिय अनुसन्धान मध्यमान्चल निर्देशक देवराज भट्ट सहित रहेका थिए । सो टोलिसंग घटनाको सम्बन्धमा स्थानीय प्रशासनले चालेका कदमहरू, इन्सेक प्रतिनिधि सहित मानव अधिकारकर्मीहरूले हालसम्म गरेका प्रयासहरूको बारेमा छलफल भएको ।
ड्ड जेठ २९  गते दिउँसो दलित संघर्ष समितिका पदाधिकारीसंग आयोगको टोलिसंगै रहेर समाजिक सद्धभाव कायम, क्षेतिपुर्ति, कानुनि बिषयमा कसरि जान सकिन्छ भन्ने बिषयमा छलफल भएको । दलित संघर्ष समितिद्वारा गैरदलितहरूसंग वार्तामा बस्न इन्कार गरेपछि आयोगको टोलि फर्किएको ।
ड्ड जेठ ३० गते आयोगको टोलिसंगै बसेर दलित र गैर दलितहरूसंग टेलिफोनमा सम्वाद गरियो । गाउँमा त्रासको वातावरण कायम रहेकाले यसलाई चाँडो भन्दा चाँडो किनारा लगाउन दुवैपक्षलाई आग्रह । बार्ताको वातावरण नबनेपछि आयोगको टोलि फिर्ता ।
ड्ड आयोगको टोलि फिर्ता भएपनि इन्सेक प्रतिनिधिले निरन्तर समस्या समाधानका लागि पहल जारी राखेको । यसै क्रममा असार १ गते दलित संघर्ष समितिको जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम रहेकोमा स्थानीय प्रशासनलाई सो कार्यक्रममा अवरोध सिर्जना नगर्न अनुरोध गरियो । सो अनुसार अवरोध स्थानीय प्रशासनबाट घेराउ कार्यक्रममा अवरोध नपु¥याएपछि इन्सेक प्रतिनिधिको सक्रियतामा सोहि साँझ प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा दलित संघर्ष समितिका पदाधिकारी र स्थानीय प्रशासनबीच पहिलो पटक औपचारिक छलफलको प्रारम्भ गराइयो । सो छलफलमा दलित संघर्ष समितीबाट आफ्ना मागहरू प्रस्तुत, प्रमुख जिल्ला अधिकारी उनीहरूको मागप्रति सकारात्मक रहेको सन्देश दिन सफल । यसले दलितहरूमा स्थानीय प्रशासनसंग भएको दूरी घटाउन सहयोग पु¥याएको ।
ड्ड असार २ गते दलित संघर्ष समितीबाट पुनः जिल्ला प्रशासन कार्यालय घेराउ प्रशासनबाट कुनै अवरोध सिर्जना नभएको ।
ड्ड असार ३ गते दलितहरूद्वारा जिल्ला सदरमुकाममा अन्र्तक्रिया कार्यक्रमको आयोजना । अन्र्तक्रया कार्यक्रममा प्रजिअ सहित राजनैतिक दलका प्रतिनिधिहरूद्वारा सामाजिक सद्भाव कायम राख्न आग्रह । गैर दलितहरूसंग समन्वय गरि वार्ताको वातावरण बनाउन इन्सेक जिल्ला प्रतिनिधिलाई प्रजिअबाट आग्रह । सो बमोजिम इन्सेक प्रतिनिधिबाट गैर दलितहरूसग सम्पर्क गरि वार्ता टोलि बनाउन आग्रह ।
ड्ड इन्सेक प्रतिनिधिको आग्रह बमोजिम गैर दलित समुदायबाट ६ सदस्यीय वार्ता टोलि गठन भएको जानकारी । सो टोलिसंग ०७० असार ४ गते साँझ प्रजिअको कार्यकक्षमा इन्सेक प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष र कान्तिपुर सम्वाददाता सहितको उपस्थितीमा वार्ता भएको । गैर दलितहरू समस्या समाधान गर्न तत्पर । त्यसको लागि गैर दलित समुदायबाट घटनाको सम्बन्धमा माफि माग्ने, दलितहरूको भएको क्षेतिपुर्ति उपलव्ध गराउने र सामाजिक सद्भाव कायम राख्न सहमत भएको जानकारी गराएको । मन्दिरमा दलितहरूको सहज पहुँको लागि दुवै पक्ष वार्तामा बसेपछि छलफल गरिने प्रतिवद्धता व्यक्त । दलित समुदायसंग छलफल गरि संयुक्त वार्तामा बस्ने वातावरण मिलाउन इन्सेक प्रतिनिधिलाई जिम्मेवारी दिइयो ।
ड्ड इन्सेक प्रतिनिधिबाट दलित संघर्ष समितिलाई सो कुराको जानकारी गराएपछि ०७० असार ५ गते दिउँसो संघर्ष समितिसंग इन्सेक प्रतिनिधिको वार्ता हुने तय भएको छ । त्यस वार्तापछि दलित र गैर दलितहरू बीच संयुक्त वार्ता गराई स्थानीय प्रशासनको समेत उपस्थितीमा घटना घटेको गाउँमा गई संयुक्त कार्यक्रम गरिने योजना रहेको छ ।
सामाजिक सद्धभाव कायम राख्नका लागि वार्ता गर्दा कानुनि कार्वाहीका लागि कुनै सम्झौता नगरिने, मन्दिरमा दलितहरूको सहज पहँुचका लागि कुनै सम्झौता नगरिने न्यूनतम शर्तहरू राखिएको छ । कानुनि कार्वाहिका सम्बन्धमा घटनामा संलग्न रहेकाहरू मध्ये जाहेरीमा नाम परेका मध्ये हालसम्म तिनजनालाई प्रहरीले गिरफ्तार गरेको छ । सो घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटमा जातिय छुवाछुत, ज्यान मार्ने उद्योग र डाँका समेत गरि तिनवटा मुद्दा दर्ता भएको छ ।

स्रोत ः इन्सेक

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts