Monday, June 10, 2013

प्रकाशकीय


एकातिर रसुवालाई दुर्गम  मात्र भनिरहन पाए विभिन्न बाहानामा यसको प्रतिफल प्राप्त गरिरहन पाईन्छ भन्ने वर्ग त अर्कोतिर यहाँ प्रवल सम्भावना छ मात्र इमान्दार प्रयासको खाँचो महसुश गर्ने वर्गबीच प्रवल सम्भावनाका विषयवस्तुलाई विद्युतीय तरङ्गमार्फत जहाँको त्यही र संसारभर पुर्याउने अभ्यास "रसुवा डिजिटल खबर" हो ।

सबैको नजरमा पर्यटकीय तेस्रो गन्तव्य, प्राकृतिक स्रोत तथा साधनले पूर्ण तथा पछिल्लो समयमा जलविद्युत विकासको सम्भावनाले प्राथमिकता पाएको रसुवामा हाम्रो "रसुवा डिजिटल खबर"ले यसका सम्भावना वा प्रतिफललाई मात्र प्रस्तुत गर्दैन । यसले यी सम्भावनाको संरक्षण, दीगो व्यवस्थापन तथा प्रतिफल उपभोगका लागि आवश्यक पर्ने कृयाकासाथ चुनौतिलाई पनि नियाल्नेछ । यस "रसुवा डिजिटल खबर" रसुवा खबर साप्ताहिक तथा रेडियो रसुवाको संयुक्त पहलमा आरम्भ गरिएको छ ।

रसुवाका विविध सिकाई तथा सम्भावनालाई आफ्नो अनुभव राख्न चाहने जो कोहीले पनि यो अभियानको सदस्यता लिएर आफैं प्रकाशन गर्न पाउने व्यवस्थासहित हामी अगाडि बढ्ने यो हाम्रो "सहभागितात्मक प्रयास" रही रहनेछ । सकेसम्म व्यक्तिगत ब्लग वा सामाजिक ब्लगमा ब्लगिङ गर्ने ब्लगर वा पत्राकारलाई आफ्नो सिर्जना यसमा प्रस्तुत गर्न पनि हामी अनुरोध गर्दछौं । तपाईसँग रसुवाको इतिहाँसमा भएका कुरा, वर्तमानको सम्भावना तथा भावी विषयलाई लेखेर सिधै ब्लगमा प्रकाशन गर्न वा नसके हामीलाई पठाउन समेत अनुरोध गर्दछौं ।

रसुवाबाट प्रकाशन हुने पत्रिका  तथा रेडियो प्रसारणका सामग्री तथा रसुवाका विषयमा छापिएका विभिन्न अरु पत्रिकाका प्रकाशित सामग्रीहरू यसका मुख्य प्रकाशन हुनेछन् । त्यसरी प्रकाशन गर्दा होस् वा आफ्ना विषयवस्तु प्रकाशन गर्दा स्रोतलाई भने हाइपरलिङ्क मार्फत प्रष्ट बनाइनेछ । प्रकाशित सामग्रीको विषयमा कुनै विवाद आएमा त्यसको जिम्मेवार लेख प्रकाशक आफैं हुनेछ ।

डिजिटल पत्रकारिताका लागि ब्लगबाट पनि धेरै गर्न सकिनेछ भन्ने तथ्य नमूना पनि हो यो "रसुवा डिजिटल खबर ।" अनलाईनमार्फ आफ्ना सूचना अरुमार्फ पुर्याउनको लागि डोमेन रजिस्टर, हस्टिङ तथा डिजाईन र व्यवस्थापनको सबैभन्दा विकल्प ब्लग वा ब्लगिङ हो भन्ने विषय अनलाईन उपभोक्तालाई जानकारी दिने लक्ष्य पनि हो ।



2 comments:

Phurpa said...

बधाइ र शुभकामना ।

रसुवालाई माया गर्ने धेरैमध्ये प्रेमप्रसाद पौडेल भाइ पनि एक हुन् । उनी रसुवाका लागि केही गरौं भनेर बिगत केही वर्षदेखि लागि परेका छन् । रसुवा खबर पत्रिका साप्ताहिकमा झुल्किएका उनी पत्रिकाले निरन्तरता दिन नसक्दा केही समय हराएकाझैं देखिन्थे । तर, कुरो त्यस्तो होइन रहेछ । उनले समय सापेक्ष अनलाइन पत्रिका शुरु गरिसकेका रहेछन् । यही हो साहस, विश्वास र कर्म । रसुवा जिल्लामा बौद्धिक क्षेत्रमा काम गर्न धेरै कठीन छ । त्यसमा पहिलो त आर्थिक कठीनाइ पर्छ । अरु पनि छन् । तर आर्थिक पक्ष सबल नहुँदा बौद्धिक क्षेत्रका युवाहरु चुपचाप तर मनभित्र छट्पिटमा सँधै रहँदै आएका छन् । यो काम फेरि शुरु भएको पाएँ । बधाइ दिन चाहन्छु । अब अनलाइन पत्रिकाले रसुवाबासीको मन जित्दै जानेछ । निरन्तरता पाइरहनको लागि शुभकामना ।
फुर्पा तामाङ, अधिवक्ता
ठूलोभार्खु, रसुवा ।


Bishwash Nepali said...

Good Starting Prem jee, this is best for Rasuwa's information.