धुन्चे, रसुवा, असार १२, पासाङल्हामु मार्गको मूलखर्क र राम्चे सुचारु गर्न पहल कदमी सुरु भएको छ । १० गते प्रजिअ वासुदेव घिमिरेको अध्यक्षतामा साञ्जेन जलविधुत् डिभिजन सडक कार्यालय र प्रमुख राजनैतिक दलका प्रतिनिधिका रोहवरमा सम्पन्न बैठकले बर्षायाममा हुने सम्भावित पहिरो व्यवस्थापन गर्न डिभिजन सडक कार्यालयको जेसिवि र मूलखर्क तर्फ साञ्जेन जल विध्धुत कम्पनीको स्काभेटर मेसिन राख्ने सहमति भएको छ ।
नियमित अह्रोरात्र सडक सुचारु गर्न सञ्चालन गरिने उपकरणका लागि चाहिने डिजेल व्यवस्थापनको लागि धुन्चेस्थित हिमालय स्प्रिङ वाटर रसुवागढी जलविधुत आयोजनामा माथिल्लो त्रिशूली पनि जलविधुत आयोजना र चिलिमे जलविधुत कम्पनिले आपुर्ति मिलाउन आग्रह गर्ने निर्णय भएको छ । बैठकमा नेकपा ए माओवादीका सेक्रेटरी माधव लामिछाने (समिर),नेपाली काँगेसका सभापति लामा कार्पु तामाङ,एमालेका अध्यक्ष्य छेवाङ तेन्जिङ तामाङ, स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डे, साङजेन जलविधुत् आयोजनाका आयोजना प्रमुख राम गोपाल सिवाकोटी, डिभिजन सडक प्रमुख दिपक श्रेष्ठ समेतको उपस्थित रहेको थियो ।