रसुवा
डिजिटल खबर, असार, ८, धुन्चे,
रसुवा । द्वन्द्वकालमा पीडित भएका रसुवाका द्वन्द्व पीडित तथा उनीहरूले
प्राप्त गरेका राहत सम्बन्धि प्रारम्भिक र्सर्वेक्षण गरिएको छ । धैबुङ र लहरेपौवाका
नागरिक लब्धाङ्क पत्रद्वारा २० जना द्वन्द्व पीडितहरूसँग र्सर्वेक्षण गरिएको बताईएको
छ ।
शान्ति
प्रकृया सहयोग आयोजनाको प्रभावकारिता अभिबृद्धि सहआयोजनाले नागरिक लब्धाङ्क पत्र प्रयोग
गरी गरेको र्सर्वेक्षण अनुसार कतिपय द्वन्द्व पीडितहरूले राहत पाउने भन्ने जानकारीसम्म नपाएको
बताईएको छ । द्वन्द्वकालमा पीडामा परी अङ्गभङ्ग भएका, आफन्त गुमाएका,
परिवारका सदस्य गुमाएका, विस्तापितलगायत वेपत्ता
परिवारसँग गरिएको उक्त र्सर्वेक्षणमा पाउनु पर्ने सहयोगको जानकारी, पाएको सहयोगको अवस्था तथा अब के भईदिए हुन्थ्यो भन्ने खालका विषयमा प्रश्न गरिएको र्सर्वेक्षण टोलीका संयोजक हिमालयराज घिमिरेले जानकारी दिए ।
उक्त
र्सर्वेक्षणबाट निस्केको नतिजाका बारेमा सरोकारवालालाई जानकारी गराउने उद्धेश्यले आयोजित
कार्यक्रममा द्वन्द्व पीडितहरूले आफ्नो गुनासो तथा माग राखेका थिए ।
उक्त
सहआयोजना जिल्लास्थित लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजको समन्वयमा सामूहिkक अभियाननेपालले सञ्चालन गरेको हो ।