Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Saturday, June 29, 2013

रक्तचन्दन ओसारपसारमा एमाओवादी जिल्ला नेता संलग्न, जिल्ला नेता लामिछानेलाई रिहा गर्न माओवादी केन्द्रीय नेतृत्वबाट दवाव

१५ असार, २०७०निराजन पौडेल
रसुवाको सिमास्थल टिमेरबाट गएराति १.३० बजे सीमा प्रहरी चौकी रसुवाले ३९ गोलिया रक्तचन्दन सहित ४ जनालाई सीमास्थलबाट र स्याफ्रुबेसीको स्काई होटलबाट एकीकृत नेकपा माओवादीको जिल्ला सेक्रेटरी माधव लामिछाने सहित ३ गरी ७ जना पक्राउ परेका छन्।

नेपाली सेना अहिद्रमन गणबाट खटिएको टोललीले रक्तचन्दन ओसारपसारमा माओवादी नेता माधव लामिछाने मुख्य संलग्न व्यक्ति भएको भन्दै पक्राउ गरिएको सेनाको एक स्रोतले बतायो। रक्तचन्दनमा मुख्य रुपमा एमाओवादी नेता लामिछाने देखिएपछि पक्राउ गरेको सेनाको एक सदस्यले बताए।

नेपाली सेनाका अनुसार माओवादी जिल्ला नेता लामिछानेलाई रिहा गर्न माओवादी केन्द्रीय नेतृत्वबाट फोन आइरहेको छ। 'मुख्य अभियुक्तको रुपमा माओवादी जिल्ला नेता देखिएकोले हामी कुनै पनि हालतमा छोड्दैनौ,' नेपाली सना अहिद्रमन गणका एक सदस्यले नाम नबताउने सर्तमा भने, 'उसले होइन भने पनि उसका साथीले मुख्य व्यक्ति उ हो भनेकाले रिहा गर्न मिल्दैन ।'

विगतमा रक्तचन्दन ओसारपसारमा सेनाको संलग्नता भएको भन्दै बद्नामी कमाएकोले रक्तचन्दन ओसारपसारका अभियुक्तहरुलाई आफूहरुले नछाड्ने सेनाले बतायो।

ना३ख ७१५८ नम्बरको कन्टेरमा लुकाईछिपाई रसुवागढी सीमा पार गर्ने क्रममा प्रहरीको नियमित चेकजाँचको क्रममा उक्त रक्तचन्दन समातेको थियो। रक्तचन्दन सहित गाडी चालक रामेछाप ठोसे -१ का छत्रबहादुर तामाङ, सवारीधनी रसुवा धुन्चे-१ का २५ वर्षीय विरेन्द्रसिं तामाङ,सिन्धुपाल्चोक तातोपानीका २८ वर्षीय लाले तामाङ र सिन्धुपाल्चोक भोर्खेली-९ का २८ वर्षीय पूर्णबहादुर तामाङलाई पक्राउ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए।

त्यस्तै रक्तचन्दन ओसारपसारमा संलग्न भएको भन्दै स्याफ्रुबेसीको स्काई होटलबाट नेपाली सेनाले बा४१प ९६५ नम्बरको मोटरसाइकल सहित काठमाडौं तीनकुनेका ध्रुव पराजुली, काठमाडौं कोटेश्वरका दिकेश रिमाललाई पक्राउ गरेको छ भने सँगै रहेका माओवादी पूर्व लडाकु रुद्र तिमिल्सेना सेनालाई देखेपछि भागेको सेना स्रोतले बतायो।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts