Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Saturday, June 29, 2013

रसुवागढी नाकाबाट रक्तचन्दन बरामद, तस्करीमा संलग्न सात जना पक्राउ

आज बिहान रसुवागढी नाकामा सीमा प्रहरी चौकी, टिमुरेले १ टन रक्तचन्दन बरामद गरेको छ ।  प्रहरीले खानतलासी गर्दा ना.३ ख. ७१५८ नम्बरको कन्टेनरको फल्स बटमबाट लुकाइ चीनतर्फ लान लागेको अवस्थामा रसुवागढी नाकाबाट उक्त रक्तचन्दन बरामद गरेको हो ।

कन्टेनरमा मैदा, चाउचाउ तथा खुर्सानी रहेको र फल्स बटममा भने ३९ गोलिया रक्तचन्दन रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो ।
बरामद गरिएका रक्तचन्दन चीनमा दुई करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

रक्तचन्दनसहित रसुवा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडीका चालक रामेछाप ठोसे १ का छत्रबहादुर तामाङ, गाडीका मालिक धुन्चे १ का २५ वर्षिय विरेन्द्रसिंह तामाङ, सिन्धुपाल्चोक तातोपानी ६ का २८ वर्षिय लाले तामाङ र सिन्धुपाल्चोक घोरथली ९ का २८ वर्षिय पूर्णबहादुर खड्का रहेको प्रहरीले बताएको छ । सोही आशंकामा अन्य तीन जना व्यक्तिलाई लाङटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको अह्रिदमन गणले पक्राउ गरिएको बुझिएको छ ।   रक्तचन्दन तस्करीमा एमाओवादीका पूर्व जिल्ला सेक्रेटरी माधव लामिछाने (समिर) को संलग्नता रहेको आशंका गरिएको छ । अनुसन्धानको लागि समीरलाई पनि  नियन्त्रणमा लिएको बुझिएको छ । 

त्यस्तै रक्तचन्दन ओसारपसारमा संलग्न भएको भन्दै स्याफ्रुबेसीको स्काई होटलबाट नेपाली सेनाले बा४१प ९६५ नम्बरको मोटरसाइकल सहित काठमाडौं तीनकुनेका ध्रुव पराजुली, काठमाडौं कोटेश्वरका दिकेश रिमाललाई पक्राउ गरेको छ भने सँगै रहेका माओवादी पूर्व लडाकु रुद्र तिमिल्सेना सेनालाई देखेपछि भागेको सेना स्रोतले बतायो। 

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चीन निकासी गर्न नसकेपछि सो रक्तचन्दन नुवाकोट हुँदै रसुवा भित्रिएको अनुमान गरिएको छ । नुवाकोट र रसुवाका एक दर्जन प्रहरी चौकी र धुन्चेमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षा वेसक्याम्प पार गरेर शुक्रवार नै सो ट्रक नुवाकोट र रसुवा पार  गरिएको छ हो ।

त्रिशूली– धुन्चे सडक खण्डअन्र्तगत रसुवाको राम्चेमा वर्षाका कारण सडक अवरुद्ध हुने र खुलाउने क्रम जारी रहेको अवस्थामा दुई दिनअघि मात्र सो सडक खण्ड सुचारु भएको थियो । यही मौका छोपेर तस्करहरुले रसुवागढीसम्म रक्तचन्दन पु¥याउन सफल भएका थिए ।

साढे दुई वर्ष अघि रसुवागढी नाकाबाट रक्तचन्दन पास गराएका कारण तत्कालीन अहि्रदमन गणका प्रमुख सेनानी रामजी थापा बरखास्त भएका थिए भने प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ, डिएसपी ओमबहादुर रानामगर कारवाहीमा परेका थिए ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts