Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Monday, June 24, 2013

विभिन्न जिल्लामा पर्यटन रोपाइ महोत्सबको तयारी

काठमाडौं, असार १० गते । साभार
असार १५ नजिकिंदै गर्दा कृषि र कृषिसँग जोडिएका पर्वहरुलाई पनि पर्यटनको अभिन्न पाटो बनाउनुपर्छ भन्ने मान्यताका साथ नेपालका विभिन्न जिल्लाहरुमा रोपाइँ महोत्सवको भव्य तयारी शुरु भइरहेको छ ।  

असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा नेपाली कृषकहरुले लिने गरेका छन् । विभिन्न असारे भाकामा गीत गाउँदै ग्रामीण भेगमा अझै पनि रोपाइँ गरिने प्रचलन कायम नै छ । कतिपय ठाउँमा असार १५ दही च्युरा खाएर रोपाइँ गर्ने दिनका रुपमा परिचित छ । यही कृषि पर्वलाई अखिल नेपाल किसान महासंघले रोपाइँ महोत्सव र नेपाल कृषि अनुसन्धान परिषद्ले धान दिवसका रुपमा मनाउन थाले भने पर्यटन ब्यवसायीले पोखरामा रोपाइँ महोत्सवका रुपमा मनाउन शुरु गरी पर्यटकलाई पनि हिलोमा लडीबुडी गराउन थालेका हुन् ।   

दश वर्षदेखि असार १५ मा हरेक वर्ष पोखरामा हुँदैं आएको रोपाइँ महोत्सवको तयारी शुरु भइसकेको जानकारी दिंदै पोखरा पर्यटन परिषद्का अध्यक्ष टिकाराम सापकोटा भन्नुहुन्छ– “अहिले हामी तयारीका लागि खेतमै छौं, धमाधम काम भइरहेको छ ।’’ रोपाइँ महोत्सवका लागि १० रोपनी खेत छुट्याइएको जानकारी दिँदै उहाँले भन्नुभयो– “यस वर्षको महोत्सवमा दुई सय विदेशी पर्यटक आउने निश्चित भइसकेको छ भने अन्य हजारौं दर्शक पनि महोत्सवमा आउँछन् ।’’

अघिल्ला वर्षहरुमा कास्की, गोरखा, लमजुङ र रसुवामा रोपाई कार्यक्रम गरेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले यो वर्ष पहिलो पटक पर्यटन बोर्डको सहयोगमा पूर्वाञ्चलका विभिन्न जिल्लामा असार १२ देखि १६ गतेसम्म रोपाई महोत्सव गर्ने तयारी गरिसकेको छ । भिटोफका अध्यक्ष शिव लामिछानेले कृषिसँग जोडिएका पर्वहरुलाई पनि पर्यटनसँग जोडिनुपर्ने तर्क गर्दै सोही अनुरुप आफूहरुले यो वर्ष यसलाई अझ व्यापक बनाउने क्रममा विराटनगर पुग्ने योजना बनाएको बताउनुभयो । 

चितवनका क्षेत्रीय होटल संघका अध्यक्ष नारायण भट्टराईले हरेक वर्ष झैं यस वर्ष पनि चितवनमा असार १५ मा रोपाइँ महोत्सव गर्ने जानकारी दिदैं यसका लागि के कति पर्यटक भिëयाउने भन्ने चाहिं योजना बनिनसकेको बताउनुभयो । चरा अध्ययन समाज(बेस) ले हरेक वर्ष रोपाइँ महोत्सव गर्ने गरेको जानकारी दिदैं उहाँले भन्नुभयो– “उहाँहरुलाई चितवनका सबै पर्यटन व्यवसायीले सहयोग गर्छौ ।’’

पोखरामा अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि रोपाइँ महोत्सवका लागि हिलोमा पर्यटकहरुको दौड प्रतियोगिता, मनोरञ्जनात्मक खेलहरु, असारे गीतहरु महोत्सवका आकर्षण हुने सापकोटाले बताउनुभयो । 

कृषिमा आधुनिकीकरण हुँदै गइरहेको सन्दर्भमा परम्परागतरुपमा धान फलाउने तरिका, गोरुले जोतेका दृश्यहरुले पर्यटकलाई आकर्षण गर्ने गरेको सापकोटाको अनुभव छ । उहाँ भन्नुहुन्छ –“रोपाइँ महोत्सव हेर्नकै लागि हरेक वर्ष अमेरिकाको नोट्र डेम विश्वविद्यालयका विद्यार्थीहरु, अमेरिका, युरोप र जापानलगायत अन्य देशका पर्यटकहरु पनि आउने गरेका छन् ।’’

महोत्सवका दिन नेपाली परम्परागत खाजाहरु खुवाइनुका साथै पर्यटकका लागि यातायातको पनि व्यवस्था मिलाइसकिएको जानकारी दिदैं उहाँले महोत्सवका दिन जिल्लाका उत्कृष्ट कृषकहरु, विभिन्न मनोरञ्जनात्मक प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कृत पनि गरिने बताउनुभयो । 

लामिछाने पछिल्लो पुस्ताले चामल कहाँबाट आउँछ भन्दा बोराबाट भन्ने अवस्थाको सिर्जना भएकोले नयाँ पुस्तालाई कृषि उत्पादनको वास्तविकता बुझाउन पनि यो महोत्सवलाई भव्य र व्यापक बनाउन लागिएको बताउनुहुन्छ । 

उहाँले कृषि र कृषि उत्पादनसँग जोडिएको विविध पक्षलाई ग्रामीण पर्यटनका माध्यमबाट उजागर गर्नका लागि यस्ता पर्वलाई महोत्सवका रुपमा मनाउँदा अरुको चासोको विषय बन्न सक्ने बताउनुभयो । त्यसैगरी  उहाँले दाइँ महोत्सव लोप हुन लागेकाले यसका लागि मङ्सिरमा दाइँ महोत्सव पनि गर्ने तयारीमा भएको जानकारी गराउनुभयो । 
सविता शर्मा,  

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts