Friday, June 14, 2013

दाउरा प्रयोग नगर्न आग्रह

धुन्चे (रसुवा), चन्दनवारीमा सञ्चालित गोसाइँकुण्ड चिज उत्पादन केन्द्रले आफ्नो उत्पादन कार्य विद्युतीय उपकरणबाट गर्नुपर्ने यहाँका सरोकारवालाले माग गरेका छन् ।

चन्दनबारी चिज उत्पादन केन्द्र र उपकेन्द्रमा विद्युत् व्यवस्थापन गराई लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको हिमाली वन वनस्पतिको व्ययभारमा शून्यता ल्याई दाउरा प्रयोग नगराउन लारानी÷मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले आग्रह गरेका छन् ।

चन्दनबारी नजिकै ब्रानू वन क्षेत्रको लालीगुँरासको बोट चिज उत्पादन केन्द्रले काटी प्रयोग गर्दा हिमाली क्षेत्रको ३० औँ वर्ष हुर्कन लाग्ने वनस्पति घट्दै जाँदा जैविक विविधताको संरक्षणमा समस्या पर्दै गएकाले चिज बनाउने काममा दाउरा प्रयोग गर्न रोकी अन्य वैकल्पिक व्यवस्था मिलाउनुपर्ने माग रहेको सूर्यकुण्ड उपभोक्ता समितिका अध्यक्ष पेम्बा छिरिङ तमाङले बताए ।

लारानी÷मध्यवर्ती क्षेत्र मध्यवर्ती सहयोग आयोजनाद्वारा सञ्चालित संरक्षणका कार्य गति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत गठित नौकुण्ड उपभोक्ता समितिका अध्यक्ष साङतेम्पा तमाङले चिज उत्पादन केन्द्रद्वारा धुन्चे लेकको वनजङ्गलमा बढी असर पु¥याएकाले विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने बताए ।                By Salina Acharya

No comments: