धुन्चे , रसुवा
सत्य नारायणको पूजामा हुने परम्परागत खैजडी भजन तथा छत्र नाँच आजभोली लोप हुन थालेको छ ।
रसुवाको धैबुङ जिवजिवेमा छत्र नाँच नचाइने गरेको छ । खैजडी भजन तथा छत्र नाँचसंगै गाइने बालन र भजन समेत लोप हुने अवस्थामा पुगेको छ । सप्तरंगी ध्वजालाई सुकेको बाँसमा छाता जस्तो भगवानको प्रतीक बनाएर सिंघारिएको छत्रलाई भजनसंगै गाएर घुमाइने गरिन्छ । खैंचडीको ताल धैबुङ गाविस —८ मा पर्ने जिवजिवेको रोजराज पौडेलले घरमा सत्यनारायण पूजा र लाखबत्ती बाल्ने धार्मिक अनुष्ठानका लागि छत्र नचाउँन छत्रीय भाइहरुलाई बोलाइएका थिए ।
छत्र नचाउने र पूजाका ब्रतालुहरुले छत्रलाई भगवान कृष्ण, राधा, हरि र मातामालिकाको नामले पूकारा भजनबाटै गरे । छत्रलाई घिउ, फुल, चालम चढाउँदै छत्रीय भाइहरुले बालन तथा भजन गाउँछन् । छत्र नचाउँदाको कुनै भजनमा बाद्यवादन प्रयोग गर्छन भने कुनैमा उनीहरु नबजाई नाँच्छन् ।
भजनमा कारुणिक र श्रृगारिक रसको प्रयोग हुने गरेको छ । छत्र नाचमा विशेषत पुरुषहरुले मात्रै नाचेको र गाएको पाइन्छ । लस्काएर विस्तारै छत्र नाँच नचाइने घरको कल्याणका लागि आशिष समेत दिइन्छ ।
छत्र नाँचको रसुवाको धैबुङमा दुई सय वर्ष अघिदेखि नै भएको नचाइने र गाइदै आएको विश्वास छ । तर पछिल्लो समयमा युवाले अनुसरण नगर्दा हराउँदै जान लागेको छ । यो नाँचको विशेषत छत्रलाई देवीदेवता मानेर पछ्याउनु हो । गाउँमा पूजा लगाएको घरमा छत्र नचाइन्छ भने छत्रीय भाइहरुको घरमा भने पूजा नगाइकनै आलोपालो नचाइन्छ ।
भन्दै छत्रीय भाई छत्र लिएर घर लाग्छन् । ऐतिहाँसिक प्रमाण नभएपनि भाषागत आधारमा सुदुरपश्चिमबाट छत्र नाँचको विकास भई आएको विश्वास छ । पछिल्लो समयमा खैजडी भजन तथा छत्र नाँच संघसंस्थाको अनुरोधमा विभिन्नसभा समारोहमा पनि छत्र नचाइने गरेको छत्रीय भाइहरु बताउँछन् । यद्यपि खैजडी भजन तथा छत्र नाँच लोप हुने अवस्थामा पुगेको छ । परम्परागत यस्ता संस्कृतिका यस्ता नाँचहरु युवा वर्गले बचाउन नसके यो संस्कृति एकादेशको कथा बन्ने अवस्थामा पुगेको स्थानीय खैजडी भजन तथा छत्र नाँचका गुरु पुष्पराज देवकोटा बताउँछन् । रातभर जाग्राम बसेर खैजडी भजन तथा छत्र नाँचका लागी नुवाकोटर धादिङका गाउँ गाउँमा पुग्ने गरेको देवकोटा संझन्छन् । ‘उहिले त महिनौंसम्म लगातार ब्यस्ता भएर बालुन भजन र छत्रनाँचका नेतृत्व गरेर हिंडियो अहिले त अहिले लोप हुने अवस्थामा पुग्यो उनले भने । ’ खैजडी भजन तथा छत्र नाँचप्रति युवाहरुको पनि चासो छ । चाख मानेर हेर्छन तर यसको अस्तित्व मेटन नदिन युवा पुस्ता संरक्षणमा लाग्नु पर्ने बुढापाकाहरु बताउछन् ।