Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Wednesday, November 5, 2014

कालिका सामूदायिक अस्पताल बन्द


कालिकास्थान, रसुवा
जिल्लाको एकमात्र कालिका सामूदायिक अस्पताल ३एक महिनादेखि बन्द भएको छ । नागरिकलाई स्वास्थ्य सेवा दिन खोलिएको अस्पताल एक वर्षअघिदेखि डाक्टर नभएर नाम मात्रको भएको स्थानीयले गुनासो गर्दै आएका थिए । 

जिल्ला स्वास्थ्य कार्यालय मातहतमा रहेको एड्रा नेपाल नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सुविधा सम्पन्न भवन निर्माण गरिदिएको हो । एड्राले क्लिनिक तथा बिभिन्न सेवा प्रदान गरिरहेको अवस्थामा तत्कालिन नेकपा माओवादीको तोडफोड र धम्कीका कारण कार्यक्रम स्थगित भएको थियो । 

अस्पताल गतिलो ब्यवस्थापन नभएकोले बन्द अवस्थामा पुगेको कालिकास्थानका स्थानीय समाजसेवी नबराज न्यौपानेले बताए । नाममात्रको अस्पताल ताला बन्द अवस्थामा पुगेपछि स्थानीयले सरकारी मातहतमा राखेर बृहत आकस्मिक प्रसुती केन्द्र सञ्चालन गर्नु पर्ने माग समेत गरेका छन् । 
‘न पारदर्शी गर्न सक्यो न सहयोगी न अस्पताल टिकाएर जनतालाई सेवा दिन सक्यो’ न्यौपानेले भने बिभिन्न दाताहरुले कति सहयोग दिए , अहिले ब्यवस्थापन समिति कहाँ गयो ? अस्पताल सञ्चालन गर्न जिल्ला विकास समितिलगायत राष्ट्रिय अन्तर्राट्रिय संस्थाहरुको सहयोग आएको थियो तर त्यो कहाँ गयो आय ब्याय थाहा हुन सकेन ? 

त्यहाँ कार्यरत कर्मचारीहरु पनि तलव नपाएपछि छाडेर गएका छन् । राजनैतिक हिसावले सञ्चालन भएकोले आग्रह र पुर्वग्रहका कारण अस्पताल सञ्चालन हुन नसकेको गुनासो विगतदेखि नै आउँदै गरेको थियो । एनेकपा माओवादीका तर्फबाट पुर्व सभासद प्रेम तामाङ निकटका ब्यक्तिहरुले सञ्चालन गरेका थिए । त्यहाँ बिभिन्न दाताहरुले दिएको उपकरण र सामाग्री खिया, प्रयोग नहुने खालको छ । कतिपय हराएको समेत बताइएको छ ।  

लामो समयदेखि अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावका कारण अस्पतालमा सेवा लिन आउनेहरु फर्कने गरेका थिए । केही ब्यक्तिहरुले कमाई खाने भाँडोको रुपमा प्रयोग गरेपछि नाम मात्रको अस्पताल भएको स्थानीयले यस अघिको ब्यवस्थापन समितिलाई आरोप लगाएका छन् । स्थानीयवासीहरुको भेलाबाट नयाँ ढंगबाट सञ्चालन गर्न ब्यवस्थापन समिति समेत गठन गरेका छन् । 
आफुले १३ महिना तलव नपाएको र बिरामी आएपनि स्वास्थ्यकर्मी छैनन् कति कुर्ने भनेर ताला लगाएको तर समय समयमा खोल्ने गरेको अस्पतालमा कार्यरत सहयोगी संगीता पौडेलले बताईन् ।  
अस्पतालमा लामो समयदेखि ल्याव असिष्टेन्ट र चिकित्सक अभावमा यस्तो समस्या भएको हो । विगतमा दैनिक २५ जना भन्दा बढी विरामीको उपचार गराउन आउने गरेकोमा हाल २÷३ जना सामान्य विरामीको आउने गरेको त्यही पनि स्वास्थ्यकर्मीको अभावले फर्कने गरेकाको एक जना स्वास्थ्यकर्मीले पनि छाडेपछि अस्पताल ताला बन्द भएको हो । 

अस्पताल निकै अस्तब्यस्त नै भएको स्थानीयको गुनासो छ । टेलिफोन र विद्युत बक्यौता लाखौं रहेको छ । बक्यौता बढि भएर टेलिफोन भने केही महिना अघि नै काटिएको छ । 
एक वर्षअघिदेखि सञ्चालक समितिको बैठक समेत नबसेकोले स्थानीयले अस्पताल सञ्चालनका लागि दवाव दिएका छन् । अष्ट्रेलिया निवासी स्थानीय रत्नप्रसाद पौडेललेलगायत अन्य निकायवाट पनि सामूदायिक अस्पतालको रुपमा समूदायले सञ्चानल गरेमा आफुले अस्पतालका लागि आवश्यक जेनेरेटर र एक चिकित्सकलगायत ब्यवस्थापनमा सहयोग गर्न सकिने बताए पछि स्थानीयले अस्पताल नयाँ ढंगबाट सञ्चालन गर्ने सोच बनाएका हुन् । 
विगतको आय ब्याय टिम भित्र पनि पारदर्शी नभएपछि विवादमा आएको थियो । 
अस्पतालका संस्थापक अध्यक्ष शिशिर न्यौपानेले भने हर हिसाव पारदर्शी नभएको स्वीकर गर्दैनन् । ‘आरोप मात्र लगाएर हुन्न , कर्मचारीलाई तलब खुवाउनै प¥यो अस्पताल सञ्चालनमा घाटा भएको हो उनले भने ।’ विषयमा आवश्य ज्ञान भएका ब्यक्तिहरुले याँ ढंगबाट अस्पताल सञ्चालन गर्न आवश्यक रहेको उनको भनाई छ । 

जिल्लाको घना बस्ती रहेको दक्षिणी क्षेत्रका बिरामीहरु स्वास्थ्य सेवाका लागि त्रिशूली र काठमाण्डौंका बिभिन्न अस्पताल धाउन बाध्य छन् । यहाँ सञ्चालनमा ल्याईएको अस्पताल नाममात्रको भयो स्वास्थ्य सेवा दिनसक्ने बनाउन हामी लागेका छौं ठूलो बोर्ड राखेर अस्पतालको ढोका मात्र खोलेर भएन सेवा दिनु प¥यो हामी नयाँ ढंगबाट सञ्चालन गर्न लागेको स्थानीय सीता अधिकारीले भनिन् । बातावरण तयार भए स्रोत तथा सञ्चालन गर्ने क्षमता भएको उनले बताईन् । 

अस्पताललाई सहयोग गर्दै आएका दातृ संस्थाहरुले हाल आएर हात झिकेपछि अस्पताललाई समस्या जनाईएको छ ।  बिगतमा रोटरी क्लब, माउण्टेन फण्ड, करुणा फाउण्डेशन किन्डर वर्ग इन्टरनेसनल जर्मनले सहयोग गरेको थियो । 

कहिले एक हजार २ सय रूपैयाँमा सदस्य बन्नेलाई १२ हजार रूपैयाँसम्मको स्वास्थ्य सेवा प्रदान गर्ने त कहिले सुबिधा सम्पन्न अस्पताल खोल्ने त कहिले प्राविधिक शिक्षा कक्षा संचालन गर्ने भन्दै बिभिन्न स्वदेशी तथा बिदेशी दाताहरुसँग चन्दा लिएर कालिका सामूदायिक सेवा केन्द्र नामक एक गैर सरकारी संस्थाको नाममा आम्दानी भित्रयाउने गरेको स्थानयीको आरोप छ । 

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts