कालिकास्थान, रसुवा
जिल्लाको एकमात्र कालिका सामूदायिक अस्पताल ३एक महिनादेखि बन्द भएको छ । नागरिकलाई स्वास्थ्य सेवा दिन खोलिएको अस्पताल एक वर्षअघिदेखि डाक्टर नभएर नाम मात्रको भएको स्थानीयले गुनासो गर्दै आएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय मातहतमा रहेको एड्रा नेपाल नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सुविधा सम्पन्न भवन निर्माण गरिदिएको हो । एड्राले क्लिनिक तथा बिभिन्न सेवा प्रदान गरिरहेको अवस्थामा तत्कालिन नेकपा माओवादीको तोडफोड र धम्कीका कारण कार्यक्रम स्थगित भएको थियो ।
अस्पताल गतिलो ब्यवस्थापन नभएकोले बन्द अवस्थामा पुगेको कालिकास्थानका स्थानीय समाजसेवी नबराज न्यौपानेले बताए । नाममात्रको अस्पताल ताला बन्द अवस्थामा पुगेपछि स्थानीयले सरकारी मातहतमा राखेर बृहत आकस्मिक प्रसुती केन्द्र सञ्चालन गर्नु पर्ने माग समेत गरेका छन् ।
‘न पारदर्शी गर्न सक्यो न सहयोगी न अस्पताल टिकाएर जनतालाई सेवा दिन सक्यो’ न्यौपानेले भने बिभिन्न दाताहरुले कति सहयोग दिए , अहिले ब्यवस्थापन समिति कहाँ गयो ? अस्पताल सञ्चालन गर्न जिल्ला विकास समितिलगायत राष्ट्रिय अन्तर्राट्रिय संस्थाहरुको सहयोग आएको थियो तर त्यो कहाँ गयो आय ब्याय थाहा हुन सकेन ?
त्यहाँ कार्यरत कर्मचारीहरु पनि तलव नपाएपछि छाडेर गएका छन् । राजनैतिक हिसावले सञ्चालन भएकोले आग्रह र पुर्वग्रहका कारण अस्पताल सञ्चालन हुन नसकेको गुनासो विगतदेखि नै आउँदै गरेको थियो । एनेकपा माओवादीका तर्फबाट पुर्व सभासद प्रेम तामाङ निकटका ब्यक्तिहरुले सञ्चालन गरेका थिए । त्यहाँ बिभिन्न दाताहरुले दिएको उपकरण र सामाग्री खिया, प्रयोग नहुने खालको छ । कतिपय हराएको समेत बताइएको छ ।
लामो समयदेखि अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावका कारण अस्पतालमा सेवा लिन आउनेहरु फर्कने गरेका थिए । केही ब्यक्तिहरुले कमाई खाने भाँडोको रुपमा प्रयोग गरेपछि नाम मात्रको अस्पताल भएको स्थानीयले यस अघिको ब्यवस्थापन समितिलाई आरोप लगाएका छन् । स्थानीयवासीहरुको भेलाबाट नयाँ ढंगबाट सञ्चालन गर्न ब्यवस्थापन समिति समेत गठन गरेका छन् ।
आफुले १३ महिना तलव नपाएको र बिरामी आएपनि स्वास्थ्यकर्मी छैनन् कति कुर्ने भनेर ताला लगाएको तर समय समयमा खोल्ने गरेको अस्पतालमा कार्यरत सहयोगी संगीता पौडेलले बताईन् ।
अस्पतालमा लामो समयदेखि ल्याव असिष्टेन्ट र चिकित्सक अभावमा यस्तो समस्या भएको हो । विगतमा दैनिक २५ जना भन्दा बढी विरामीको उपचार गराउन आउने गरेकोमा हाल २÷३ जना सामान्य विरामीको आउने गरेको त्यही पनि स्वास्थ्यकर्मीको अभावले फर्कने गरेकाको एक जना स्वास्थ्यकर्मीले पनि छाडेपछि अस्पताल ताला बन्द भएको हो ।
अस्पताल निकै अस्तब्यस्त नै भएको स्थानीयको गुनासो छ । टेलिफोन र विद्युत बक्यौता लाखौं रहेको छ । बक्यौता बढि भएर टेलिफोन भने केही महिना अघि नै काटिएको छ ।
एक वर्षअघिदेखि सञ्चालक समितिको बैठक समेत नबसेकोले स्थानीयले अस्पताल सञ्चालनका लागि दवाव दिएका छन् । अष्ट्रेलिया निवासी स्थानीय रत्नप्रसाद पौडेललेलगायत अन्य निकायवाट पनि सामूदायिक अस्पतालको रुपमा समूदायले सञ्चानल गरेमा आफुले अस्पतालका लागि आवश्यक जेनेरेटर र एक चिकित्सकलगायत ब्यवस्थापनमा सहयोग गर्न सकिने बताए पछि स्थानीयले अस्पताल नयाँ ढंगबाट सञ्चालन गर्ने सोच बनाएका हुन् ।
विगतको आय ब्याय टिम भित्र पनि पारदर्शी नभएपछि विवादमा आएको थियो ।
अस्पतालका संस्थापक अध्यक्ष शिशिर न्यौपानेले भने हर हिसाव पारदर्शी नभएको स्वीकर गर्दैनन् । ‘आरोप मात्र लगाएर हुन्न , कर्मचारीलाई तलब खुवाउनै प¥यो अस्पताल सञ्चालनमा घाटा भएको हो उनले भने ।’ विषयमा आवश्य ज्ञान भएका ब्यक्तिहरुले याँ ढंगबाट अस्पताल सञ्चालन गर्न आवश्यक रहेको उनको भनाई छ ।
जिल्लाको घना बस्ती रहेको दक्षिणी क्षेत्रका बिरामीहरु स्वास्थ्य सेवाका लागि त्रिशूली र काठमाण्डौंका बिभिन्न अस्पताल धाउन बाध्य छन् । यहाँ सञ्चालनमा ल्याईएको अस्पताल नाममात्रको भयो स्वास्थ्य सेवा दिनसक्ने बनाउन हामी लागेका छौं ठूलो बोर्ड राखेर अस्पतालको ढोका मात्र खोलेर भएन सेवा दिनु प¥यो हामी नयाँ ढंगबाट सञ्चालन गर्न लागेको स्थानीय सीता अधिकारीले भनिन् । बातावरण तयार भए स्रोत तथा सञ्चालन गर्ने क्षमता भएको उनले बताईन् ।
अस्पताललाई सहयोग गर्दै आएका दातृ संस्थाहरुले हाल आएर हात झिकेपछि अस्पताललाई समस्या जनाईएको छ । बिगतमा रोटरी क्लब, माउण्टेन फण्ड, करुणा फाउण्डेशन किन्डर वर्ग इन्टरनेसनल जर्मनले सहयोग गरेको थियो ।
कहिले एक हजार २ सय रूपैयाँमा सदस्य बन्नेलाई १२ हजार रूपैयाँसम्मको स्वास्थ्य सेवा प्रदान गर्ने त कहिले सुबिधा सम्पन्न अस्पताल खोल्ने त कहिले प्राविधिक शिक्षा कक्षा संचालन गर्ने भन्दै बिभिन्न स्वदेशी तथा बिदेशी दाताहरुसँग चन्दा लिएर कालिका सामूदायिक सेवा केन्द्र नामक एक गैर सरकारी संस्थाको नाममा आम्दानी भित्रयाउने गरेको स्थानयीको आरोप छ ।