Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Sunday, November 9, 2014

‘ब्याज अनुदानले मात्रै कृषिमा लगानी बढ्दैन’

२३ कात्तिक काठमाडौं । सरकारले कृषि क्षेत्रमा लगानी बढाउनका लागि व्याज अनुदान घोषणा गर्दै कार्यविधि नै कार्यान्वयन गरिसके पनि विज्ञहरुले भने व्याज अनुदानले मात्रै कृषि कर्जा विस्तार नहुने बताएका छन् ।
एक साताअघि नेपाल राष्ट्र बैंकले ‘युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७१’ जारी गरेको थियो ।
ब्याज अनुदानले मात्र कृषि व्यवसाय विस्तार हुन नसक्ने अर्थशास्त्री केशव आचार्यले अनलाईखबरलाई बताए ।
उनका अनुसार नेपालमा व्यवसायिक कृषि व्यवसाय विस्तारकालागि आवश्यक पूर्वाधार विकास गरिनुपर्छ । अन्यथा ब्याज आनुदान दिदैमा कृषि व्यवसाय विस्तार हुन सक्दैन ।
‘ब्याज अनुदानसँगै सिंचाइ, प्राविधिक सहयोग, बीमा, यातायात, बजारलगायत क्षेत्रमा पनि विकास तथा विस्तार गर्नुपर्छ,’ आचार्यले भने ।
यस्ता कार्यक्रम सफल बनाउनका लागि ग्यारेण्टी फण्डको व्यवस्था गर्नु पर्ने बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेल बताउँछन् । ‘यस्ता कर्जामा सरकारले न्यूनतम २० प्रतिशतको ग्यारेण्टी फण्ड र शून्य जोखिम भारको व्यवस्था गर्नुपर्छ,’ पौडेलले भने ।
ब्याज अनुदान-भुक्तानी लिने)को प्रक्रिया सरल र सहज भएको  अवस्थामा मात्र कृषि कर्जा बढ्ने उनको भनाई छ । सरकारको निर्देशन अनुसार राष्ट्र बैङ्कले ब्याज अनुदान सम्बन्धी कार्यविधि लागु गरेकाले आउँदा दिनमा कृषि कर्जा बढ्न सक्ने पौडेलको अपेक्षा छ ।
यद्यपि  ब्याज अनुदान भुक्तानी प्रक्रिया सहज नभएको अवस्थामा कृषि कर्जाको विस्तार अपेक्षित रुपमा नहुने पनि उनले बताए ।
आवश्यक पूर्वाधार निर्माण विना नै सरकारले ब्याज अनुदानको कार्यक्रम ल्याएकाले सफल हुने सम्भावना ज्यादै न्यून रहेको अर्थविदहरू बताउँछन् । यो कार्यक्रमले केही समय कृषि कर्जा बढेको देखिए पनि अन्य पूर्वाधारको अभावले दीर्घकालमा लक्ष्यित उपलब्धि हासिल गर्न कठिनाइ हुने उनीहरूको तर्क छ । सरकारको प्रत्यक्ष सहभागितामा यस्ता कार्यक्रमहरूको नियमित मूल्याङ्कन हुनुपर्ने उनीहरूको सुझाब छ ।
गत भदौ महीनाको मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको कूल लगानीको ४ दशमलव ४० प्रतिशत मात्र कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको कूल लगानी ११ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ ।
त्यसमध्ये कृषि क्षेत्रमा मात्र . ५१ अर्ब ३९ करोड रुपैयाा कर्जा प्रवाह भएको देखिन्छ । राष्ट्र बैङ्कको निर्देशन अनुसार गत असार असान्तसम्ममा वाणिज्य बैङ्कहरूले कृषि र उर्जामा गरी कुल लगानीको न्यूनतम १० प्रतिशत लगानी गर्नुपर्ने थियो ।
यस्तै, चालू आवको मौदि्रक नीतिको व्यवस्था अनुसार वाणिज्य बैङ्कहरुले २०७२ असार मसान्तसम्ममा आˆनो कुल कर्जाको २० प्रतिशत कर्जा तोकिएको उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने छ । यस अन्तर्गत कृषि र उर्जा क्षेत्रमा कम्तिमा १२ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेे निर्देशन पनि राष्ट्र बैङ्कको छ ।
त्यसैगरी २०७३ असार मसान्तसम्ममा विकास बैङ्कले १५ प्रतिशत र वित्त कम्पनीहरुले कुल कर्जाको न्युनतम १० प्रतिशत कर्जा तोकिएका उत्पादनशील क्षेत्रमा प्रवाह व्यवस्था राष्ट्र बैङ्कले गरेको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/11/204590/#sthash.6gjU8PLl.dpuf

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts