यार्सा , रसुवा
यार्सा गाविसको ६५ घरमा विद्युतिकरण गर्नका लागि पाँचवर्ष अघि पोल गाडेपनि स्थानीयवासी अहिलेसम्म अन्धकारमा छन् ।
प्राधिकरणले बिद्युतिकरण गर्नका लागि यार्सा गाविसको वडा नं युब्रामा ०६७ सालमा पोल गाडेको स्थानीय युवा गोसाँईबहादुर नेकोरले बताए । प्राधिकरणमा जति राई कराई गरेपनि बिजुली नजोडेको उनले बताए । ट्रान्फर्मर आएको छैन भन्ने जवाफ दिन्छन्, बिजुली बत्तीको उज्यालो पाउन सकिएन उनले भने ।
यस अघि छिमेकी घाङमर गाउँमा लाङटाङ राष्ट्रिय निकुञ्ज सहयोग आयोजनाले सोलार सोलार दियो । हाम्रोगाउँमा राष्ट्रिय प्रशारण लाईन पु¥याउन पोल गाडेर तार टाँगेपनि पाँचवर्षभयो तामाङले भने ‘कहिलेसम्म बत्ती बल्ला ?’
गाउँमा विजुली बत्ती बल्ला भनेर विदेशबाट टिभी ,कम्पुटर ल्याएका छन् तर बिजुलीको अभावमा बाक्सामा थन्किएको छ । गोरे तामाङले कतारबाट कम्प्युटर ल्याएका छन भने रेशम नेकोरले रङ्गिन टिभी ल्याएका थिए तर त्यो बाक्सामै थन्कियो । गाउँभरकाले छिमेकी गाउँतिर मोवाईल चार्ज गर्न दौडिनु पर्छ भने वालबालिकाहरूलाई बेलुकीको गेहकार्य गर्न पनि निकै समस्या भएको छ ।
No comments:
Post a Comment