Tuesday, November 4, 2014

दैनिक ब्यवहार परिवर्तनले स्वास्थ्यमा प्रभाव 

हेमनाथ खतिवडा

विगत दई वर्षदेखि रसुवामा पोषण र स्वास्थ्य सरसफाई कार्यक्रम का साथ सुआहारा कार्यक्रम लागु भएको छ । कार्यक्रमले भर्भवती, सुत्केरी, स्वास्थ्यकर्मी, कर्मचारीको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गर्दछ । 
अमेरिकी नागरिकको सहयोगमा सञ्चालन भएको कार्यक्रम बारे सुरुमा निकै टिका टिप्पणी भए । कार्यक्रम , कर्मचारी ब्यवस्थापन जस्ता विषयमा चासो पनि बढि भयो । केही नागरिकले  कार्यक्रम हाम्रो हो हामीले सवै सरकारी वा गैर सरकारी निकायले सञ्चालन गरेको कार्यक्रमबाट के कस्तो फाईदा लिन सक्छौ भन्ने अहिले पनि सोच बनेको छैन । कार्यक्रमबाट जव सुआहारा कार्यक्रम सरकारको कार्यक्रम हो , जिल्ला स्वास्थ्य र अन्य निकायसँग समन्वयमा र एकीकृत पोषण बारे कार्यक्र र हाम्रो स्वास्थ्य सुधारका लागि आएको कार्यक्रम हो भन्ने बुझे तब मात्र कार्यक्रमले गति लिदै गएको छ ।  रसुवाका १८ गाविसमा कार्यक्रम सञ्चालित छ । 
कार्यक्रमले सुनौलो हजार दिन भनेर महिला गर्भवती भएदेखि बच्चा दुईवर्षसम्मको अवधि लक्षित छ । मानिसको मस्तिष्क विकास हुने समय २ वर्षसम्म हो । आज तिष्ण बुद्धि भएको बालबालिका नै भोलिका कर्णाधार हुन भन्ने धारणा विकास गरी ताजा अण्डा, गेडागुडी , हरिया सागपात, माछामासु जस्ता खानेकुराहरुको बारे चेतना विकासका काम कार्यक्रमले गरेको छ । ताजा अण्डा र मासुका लागि भर्भवती , दुईवर्ष मुनिका बच्च र आमा, महिला स्वास्थ्य स्वयम सेविकालाई कुखुरा बितरण गरेको छ । जसबाट परम्परागत सोचका कारण मासु अण्डा नखुवाउने र कुखुर नपाल्ने समुदायले पनि अण्डाको महत्व बुझेपछि घर घरमा कुखुरा पाल्न थालेका छन् । जसबाट अण्डा खुवाएमा बच्चा ढिलो बोल्ने भन्ने परम्परागत मान्यता अन्त्य भएको छ । 

अत्यावश्यक पोषण , सरसफाई कार्य र सामाजिक ब्यबहार परिवर्तनका लागि बिभिन्न चरणमा तालिम प्रदान गरी पोषण र सरसफाईबारे जनचेतना जगाउन कार्यक्रमको लक्ष हो । जिल्ला स्वास्थ्य ,कृषि विकास पशु स्वास्थ्य कार्यालयसँग एकीकृत रुपमा कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम बढि तालिममा आधारित छ । अत्यावश्यक पोषण कार्य र सरसफाई कार्य र सामाजिक ब्यबहार परिवर्तनका लागि संचार सम्बन्धि ६ दिने १८ गाविसका स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी, पशु, कृषि, शिक्षा, खानेपानी, महिला विकास, जिविसलाई पनि प्रदान गरिएको छ । तालिम गाउँघरमा महिला स्वास्थ्य स्वयमसेविका र स्वस्थ्य आमा समूहसम्म पगे पछि सुहारा समुदायमा केही परिवर्तन गर्न थालेको छ । हालसम्म ४ हजार ३ सय ४३ जना आमाहरुले त्यस प्रकारको तालिम लिए । जसमध्ये २ हजार २ सय ४ जना सुनौलो हजार दिनका आमाहरु छन् । 
कार्यक्रमले जिल्लाभरका १८ गाविस मध्ये थुमन र चिलिमे गाविसमा बाहेक सवै गाविसमा कुखुरा वितरण गरेको छ । १हजार ९ सय ३७ जनालाई कुखुरा बिरण मात्र होईन उनीहरुलाई तरकारीका बिउबिजनहरु पनि बितरण गरेको छ । तरकारी तथा १४ गाविसमा हेलेन सखरखण्डको बिउ बितरण भएको । 
मुख्य गरी भर्गवती, सुत्केरीको स्वास्थ्य र २ वर्ष मुनिका बच्चाहरुका लागि स्थानीय उत्पादनबाट पोषिला परिकारहरु बनाएर खुवाउने तरिका बारे प्रयोगात्मक अभ्यास गराउने , हातधुने तरिकादेखि कुन परिकाका खाना कसरी पकाउने , फर्सीको खिर, पोषिलो जाउलो जस्ता धेरै खानाका परिकारहरु, हरेक बार खाना चार जस्ता कार्यले पोषण अवस्था सुधार आएको छ । 
धामीझाँक्रीलाई पनि १८ वटै गाविसमा अत्यावश्यक पोषण कार्य , सरसफाई कार्य र सामाजिक ब्यबहार परिवर्तनका लागि संचार तालिम दिए पछि सुनौलो हजार दिनका आमा र वालबालिकाहरुलाई स्वास्थ्य संस्था पठाउन पहल गरेका छन् । महिला स्वयम सेविका तथा स्वास्थ्य आमा समूह बैठक नियमितताका लागि खाजा सहयोग हरेक पटक मासिक बैठक नियमित भएको छ । जसबाट स्थानीय तहमा स्वास्थ्यका समस्या समाधानका खोजी हुनसकेको छ । 
४५ वटा गाउँघर क्लिनिकहरुमा १० देखि १२ हजार रुपैयाँको सहयोग सामाग्री प्रदान गरेको छ भने गाविसबाट पनि सहयोग भएको छ । स्थानीय निकायसँगको समन्वयमा स्वास्थ्य क्षेत्रमा थोरै भएपनि लगानी गराउन सुआहारा कार्यक्रमले प्रभाव पारेको छ । स्वास्थ्य हाम्रो महत्वपुर्ण आधार हो मानिस स्वस्थ भएमात्र काम गर्न सक्छ , स्वास्थ्य सरसफाई कार्यमा स्थानीय निकाय गाविसबाट दैनिक खानपान र ब्यबहार परिवर्तन मुख्य कुरा रहेछ भन्ने समुदायमा चेतना फैलिएको छ । हामीले स्थानीय तहमा उत्पादन गरेको खाना, खाजा र पौष्टिक परिकार खानु पर्छ भन्ने बानीको विकास भएको छ । घर घरमा चाउचाउ, बिस्कुट जस्ता बजारका तयारी खानेकुराहरु खानु हुन्न । वच्चाहरुको वृद्धि तथा विकासमा हानी गर्ने रहेछ । त्यसमा पौटिष्क तत्व भन्दा पनि स्वास्थ्यका लागि हानी करक हुन्छ भन्ने गाउँमा फैलिएको छ । यस्ता कार्यबाट पोषण स्वास्थ्यमा सुधार र स्थानीय उत्पादनमा लगानी हुने देखिन्छ । प्लाष्टिकमा आउने चाउचाउ, विष्कुटका खोलले अहिले वातावरण प्रदुषण गरेको छ । अर्को तर्फ स्वास्थ्य र पैसाको पनि नास हुन्छ । 

सुआहाराले सरसफाईमा पनि लक्ष्य गरेर कार्यक्रम गरेको छ । हालसम्म सवै क्षेत्रको समन्वय र सहयोगमा नेपाल चिन सिमाको टिमुरे र बृद्धिम गाविस खुल्ला दिशामुक्त गाविस घोषणा भएका छन् । भने अन्य गाविसमा पनि सरसफाई जनचेतना जगाउने कार्यक्रम भईरहेको छ । 
पिउने पानी शुद्धिकरण , खुल्ला दिशामुक्त गर्नका लागि सुआहाराको सहयोगमा सदरमुकाम धुन्चे र यार्सा गाविसमा ६ सय २५ वटा प्यान पाईप बितरण भएको छ । यी दुवै गाविस खुल्ला दिशा मुक्त घोषणा हुने गाविसमा पर्दछन् । कतिपयले बिदेशी कार्यक्रम भने पनि अन्त्यमा यस्ता संस्थाहरुले नागरिकमा स्वास्थ्य सरसफाईबाट बिभिन्न रोगबाट बच्न सकिने कुरा तथ्यमा आधारित हो । मुख्य गरी दिशाबाट पानी दुषित हुने र रोग लाग्ने गर्दछ । राम्ररी हात नधोई खाना खाने, जथाभावी दिशा गर्नाले वातावरण मात्र दुषित नभई बिभिन्न रोग लाग्दछ भन्ने कुराको ज्ञान भएको छ । समाजिक परिचालनको माध्यमबाट गाविस , जिविसको पनि योगदान देखिनु गाउँमा महिला स्वास्थ्य स्वयम सेविकाहरु योगदानले यस्ता कार्यक्रमहरुमा सफल भएको र अझै ब्यापक हुनुपर्ने देखिन्छ । कार्यक्रम महिला पुरुष दुवै पक्षलाई सहभागि गराएको छ । गाउँघरमा महिलाहरुलाई मात्र सहभागी गराएर तालिम दिनु भन्दा पुरुषहरुलाई पनि सहभागि गराउँदा धेरै प्रभावकारी भएको छ । २ वर्ष भित्रमा बच्चाको मस्तिष्का विकास हुने भन्ने चेतनाले पहिलेदेखि नै कुखुरा नपाल्ने ब्राम्हण समुदायले पनि कुखुरा पालेर पोषिलो अण्डा बालबालिकाहरुलाई खुवाउन थालेका छन् । स्थानीय महिला स्वास्थ्य स्वयम सेविकाहरु तालिमवाट पाएको ज्ञानलाई उनले छर छिमेक र आफन्तहरुलाई वताउँदै हिड्छन्, उनीहरुले मानिसहरुलाई सहजै उत्प्रेरणा दिन सक्छिन् ।

महिला स्वास्थ्य स्वयम सेविकाको परिचालनमार्फत मातृशिसु मृत्युदर कम गर्न जुन प्रकारले उपलब्धि भएको त्यसै गरी स्वयमसेविकाहरुले पोषण, सरसफाईका कुरा अझै समूदायमा लैजान आवश्यक छ । स्वास्थ्य संस्थाको गाउँ घर क्लिनिक सहयोग सामाग्री बिरामी सुताउने बेड ४५ वटा गाउँघर क्लिनिक छन् । सुनौलो हजार दिनका फोकस कार्यक्रम हो ।  गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थाहरुमा नियमित चेकजाँज, गर्भावस्थामा आराम गर्नु पर्ने र पोषण युक्त खानेकुरा तथा फलफुलहरुको नियमित सेवन तथा व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने कुराहरु वताउँदै हिड्छन् ।  
पोषणयुक्त खानेकुरा खानु पर्छ भन्छु गाउँलेहरुले केवल वजारमा मात्र पाईने खानेकुराहरुलाई सम्झन्छन् र उनीहरुलाई स्थानिय स्तरमा उपलव्ध हुने हरिया सागपात, सिस्नु, कर्कलो, फर्सि, गेडागुडीहरु आदिको वारेमा वताउँछन् । 

गर्भावस्थामा थप आराम तथा थप खानेकुराहरुको आवश्यकता पर्दोरहेछ, यसरी प्रयाप्त मात्रामा पोषणयुक्त खानेकुरा खानाले वच्चा तथा आमा दुवै जना स्वस्थ हुन्छन् । सुनौलो हजार दिन भित्रका महिला तथा उनीहरुका अभिभावकहरु पनि मेरा अनुभवहरु सुनाउँछु र यो वेलामा माया ममता, स्याहार तथा सुसारको अत्यन्तै आवश्यकता रहने कुरा पनि भन्दै हिड्छु । मेरा यिनै अनुभवहरुलाई आत्मसाथ गर्दै समुदायमा पनि १००० दिन भित्रको आमाहरुले तथा अभिभावहरुले स्याहार तथा सुसार गरिरहेका छन् । 
अनुभवी आमाहरु र स्वयमसेविकाहरुको अनुभवले भावी पुस्तालाई पनि सिकाई तथा सुन्दर भविष्य तथा समाजको निर्माणमा थप टेवा पुग्ने देखिन्छ । सुआहारा कार्यक्रमले यस्ता आमाहरुको थप सहयोग तथा प्रेरणा आवश्यक रहेको छ । 
जिल्लामा सञ्चालित सु–आहारा कार्यक्रम अन्तर्गत गर्भवती तथा स्तनपान गराईरहेका आमाहरुलाई २ दिने अत्यावश्यक पोषण तथा सरसफाई कार्यक्रम छ । जसमा पोषणयोग्य स्थानिय खानाहरुको साथसाथै व्यक्तिगत तथा वातावरणीय सरसफाईको महत्वको वारेमा स्वयंसेविकाहरुद्वारा जानकारी गराएका थिए । 
स्वास्थ्यका समस्या लिएर उपचार गर्न अस्पताल जानु भन्दा स्वास्थ्यका समस्याहरु आउन नदिनु नै बेस हो । दैनिक खानपिन, बानी ब्यवहार परिवर्तन मुख्य कुरा हो । पौष्टिक तत्व किनेर खानु पर्दैन । त्यसका लागी हजारौं लगानी गर्नु छैन । हामीले आफ्नै खेतीमा फलेका अनाजबाट धेरै परिकार तयार पारेर खान सक्छौं । जानेर÷नजानेर हाम्रा सामु सहज रुपमा प्राप्त पौष्टिक तत्वहरु उपयोग भन्दा पनि खेर फालिरहेका छौ कि ? यसबारे बुझ्नु र बुझाउनु जरुरी छ । 

No comments: