Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Tuesday, November 4, 2014

दैनिक ब्यवहार परिवर्तनले स्वास्थ्यमा प्रभाव 

हेमनाथ खतिवडा

विगत दई वर्षदेखि रसुवामा पोषण र स्वास्थ्य सरसफाई कार्यक्रम का साथ सुआहारा कार्यक्रम लागु भएको छ । कार्यक्रमले भर्भवती, सुत्केरी, स्वास्थ्यकर्मी, कर्मचारीको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गर्दछ । 
अमेरिकी नागरिकको सहयोगमा सञ्चालन भएको कार्यक्रम बारे सुरुमा निकै टिका टिप्पणी भए । कार्यक्रम , कर्मचारी ब्यवस्थापन जस्ता विषयमा चासो पनि बढि भयो । केही नागरिकले  कार्यक्रम हाम्रो हो हामीले सवै सरकारी वा गैर सरकारी निकायले सञ्चालन गरेको कार्यक्रमबाट के कस्तो फाईदा लिन सक्छौ भन्ने अहिले पनि सोच बनेको छैन । कार्यक्रमबाट जव सुआहारा कार्यक्रम सरकारको कार्यक्रम हो , जिल्ला स्वास्थ्य र अन्य निकायसँग समन्वयमा र एकीकृत पोषण बारे कार्यक्र र हाम्रो स्वास्थ्य सुधारका लागि आएको कार्यक्रम हो भन्ने बुझे तब मात्र कार्यक्रमले गति लिदै गएको छ ।  रसुवाका १८ गाविसमा कार्यक्रम सञ्चालित छ । 
कार्यक्रमले सुनौलो हजार दिन भनेर महिला गर्भवती भएदेखि बच्चा दुईवर्षसम्मको अवधि लक्षित छ । मानिसको मस्तिष्क विकास हुने समय २ वर्षसम्म हो । आज तिष्ण बुद्धि भएको बालबालिका नै भोलिका कर्णाधार हुन भन्ने धारणा विकास गरी ताजा अण्डा, गेडागुडी , हरिया सागपात, माछामासु जस्ता खानेकुराहरुको बारे चेतना विकासका काम कार्यक्रमले गरेको छ । ताजा अण्डा र मासुका लागि भर्भवती , दुईवर्ष मुनिका बच्च र आमा, महिला स्वास्थ्य स्वयम सेविकालाई कुखुरा बितरण गरेको छ । जसबाट परम्परागत सोचका कारण मासु अण्डा नखुवाउने र कुखुर नपाल्ने समुदायले पनि अण्डाको महत्व बुझेपछि घर घरमा कुखुरा पाल्न थालेका छन् । जसबाट अण्डा खुवाएमा बच्चा ढिलो बोल्ने भन्ने परम्परागत मान्यता अन्त्य भएको छ । 

अत्यावश्यक पोषण , सरसफाई कार्य र सामाजिक ब्यबहार परिवर्तनका लागि बिभिन्न चरणमा तालिम प्रदान गरी पोषण र सरसफाईबारे जनचेतना जगाउन कार्यक्रमको लक्ष हो । जिल्ला स्वास्थ्य ,कृषि विकास पशु स्वास्थ्य कार्यालयसँग एकीकृत रुपमा कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम बढि तालिममा आधारित छ । अत्यावश्यक पोषण कार्य र सरसफाई कार्य र सामाजिक ब्यबहार परिवर्तनका लागि संचार सम्बन्धि ६ दिने १८ गाविसका स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी, पशु, कृषि, शिक्षा, खानेपानी, महिला विकास, जिविसलाई पनि प्रदान गरिएको छ । तालिम गाउँघरमा महिला स्वास्थ्य स्वयमसेविका र स्वस्थ्य आमा समूहसम्म पगे पछि सुहारा समुदायमा केही परिवर्तन गर्न थालेको छ । हालसम्म ४ हजार ३ सय ४३ जना आमाहरुले त्यस प्रकारको तालिम लिए । जसमध्ये २ हजार २ सय ४ जना सुनौलो हजार दिनका आमाहरु छन् । 
कार्यक्रमले जिल्लाभरका १८ गाविस मध्ये थुमन र चिलिमे गाविसमा बाहेक सवै गाविसमा कुखुरा वितरण गरेको छ । १हजार ९ सय ३७ जनालाई कुखुरा बिरण मात्र होईन उनीहरुलाई तरकारीका बिउबिजनहरु पनि बितरण गरेको छ । तरकारी तथा १४ गाविसमा हेलेन सखरखण्डको बिउ बितरण भएको । 
मुख्य गरी भर्गवती, सुत्केरीको स्वास्थ्य र २ वर्ष मुनिका बच्चाहरुका लागि स्थानीय उत्पादनबाट पोषिला परिकारहरु बनाएर खुवाउने तरिका बारे प्रयोगात्मक अभ्यास गराउने , हातधुने तरिकादेखि कुन परिकाका खाना कसरी पकाउने , फर्सीको खिर, पोषिलो जाउलो जस्ता धेरै खानाका परिकारहरु, हरेक बार खाना चार जस्ता कार्यले पोषण अवस्था सुधार आएको छ । 
धामीझाँक्रीलाई पनि १८ वटै गाविसमा अत्यावश्यक पोषण कार्य , सरसफाई कार्य र सामाजिक ब्यबहार परिवर्तनका लागि संचार तालिम दिए पछि सुनौलो हजार दिनका आमा र वालबालिकाहरुलाई स्वास्थ्य संस्था पठाउन पहल गरेका छन् । महिला स्वयम सेविका तथा स्वास्थ्य आमा समूह बैठक नियमितताका लागि खाजा सहयोग हरेक पटक मासिक बैठक नियमित भएको छ । जसबाट स्थानीय तहमा स्वास्थ्यका समस्या समाधानका खोजी हुनसकेको छ । 
४५ वटा गाउँघर क्लिनिकहरुमा १० देखि १२ हजार रुपैयाँको सहयोग सामाग्री प्रदान गरेको छ भने गाविसबाट पनि सहयोग भएको छ । स्थानीय निकायसँगको समन्वयमा स्वास्थ्य क्षेत्रमा थोरै भएपनि लगानी गराउन सुआहारा कार्यक्रमले प्रभाव पारेको छ । स्वास्थ्य हाम्रो महत्वपुर्ण आधार हो मानिस स्वस्थ भएमात्र काम गर्न सक्छ , स्वास्थ्य सरसफाई कार्यमा स्थानीय निकाय गाविसबाट दैनिक खानपान र ब्यबहार परिवर्तन मुख्य कुरा रहेछ भन्ने समुदायमा चेतना फैलिएको छ । हामीले स्थानीय तहमा उत्पादन गरेको खाना, खाजा र पौष्टिक परिकार खानु पर्छ भन्ने बानीको विकास भएको छ । घर घरमा चाउचाउ, बिस्कुट जस्ता बजारका तयारी खानेकुराहरु खानु हुन्न । वच्चाहरुको वृद्धि तथा विकासमा हानी गर्ने रहेछ । त्यसमा पौटिष्क तत्व भन्दा पनि स्वास्थ्यका लागि हानी करक हुन्छ भन्ने गाउँमा फैलिएको छ । यस्ता कार्यबाट पोषण स्वास्थ्यमा सुधार र स्थानीय उत्पादनमा लगानी हुने देखिन्छ । प्लाष्टिकमा आउने चाउचाउ, विष्कुटका खोलले अहिले वातावरण प्रदुषण गरेको छ । अर्को तर्फ स्वास्थ्य र पैसाको पनि नास हुन्छ । 

सुआहाराले सरसफाईमा पनि लक्ष्य गरेर कार्यक्रम गरेको छ । हालसम्म सवै क्षेत्रको समन्वय र सहयोगमा नेपाल चिन सिमाको टिमुरे र बृद्धिम गाविस खुल्ला दिशामुक्त गाविस घोषणा भएका छन् । भने अन्य गाविसमा पनि सरसफाई जनचेतना जगाउने कार्यक्रम भईरहेको छ । 
पिउने पानी शुद्धिकरण , खुल्ला दिशामुक्त गर्नका लागि सुआहाराको सहयोगमा सदरमुकाम धुन्चे र यार्सा गाविसमा ६ सय २५ वटा प्यान पाईप बितरण भएको छ । यी दुवै गाविस खुल्ला दिशा मुक्त घोषणा हुने गाविसमा पर्दछन् । कतिपयले बिदेशी कार्यक्रम भने पनि अन्त्यमा यस्ता संस्थाहरुले नागरिकमा स्वास्थ्य सरसफाईबाट बिभिन्न रोगबाट बच्न सकिने कुरा तथ्यमा आधारित हो । मुख्य गरी दिशाबाट पानी दुषित हुने र रोग लाग्ने गर्दछ । राम्ररी हात नधोई खाना खाने, जथाभावी दिशा गर्नाले वातावरण मात्र दुषित नभई बिभिन्न रोग लाग्दछ भन्ने कुराको ज्ञान भएको छ । समाजिक परिचालनको माध्यमबाट गाविस , जिविसको पनि योगदान देखिनु गाउँमा महिला स्वास्थ्य स्वयम सेविकाहरु योगदानले यस्ता कार्यक्रमहरुमा सफल भएको र अझै ब्यापक हुनुपर्ने देखिन्छ । कार्यक्रम महिला पुरुष दुवै पक्षलाई सहभागि गराएको छ । गाउँघरमा महिलाहरुलाई मात्र सहभागी गराएर तालिम दिनु भन्दा पुरुषहरुलाई पनि सहभागि गराउँदा धेरै प्रभावकारी भएको छ । २ वर्ष भित्रमा बच्चाको मस्तिष्का विकास हुने भन्ने चेतनाले पहिलेदेखि नै कुखुरा नपाल्ने ब्राम्हण समुदायले पनि कुखुरा पालेर पोषिलो अण्डा बालबालिकाहरुलाई खुवाउन थालेका छन् । स्थानीय महिला स्वास्थ्य स्वयम सेविकाहरु तालिमवाट पाएको ज्ञानलाई उनले छर छिमेक र आफन्तहरुलाई वताउँदै हिड्छन्, उनीहरुले मानिसहरुलाई सहजै उत्प्रेरणा दिन सक्छिन् ।

महिला स्वास्थ्य स्वयम सेविकाको परिचालनमार्फत मातृशिसु मृत्युदर कम गर्न जुन प्रकारले उपलब्धि भएको त्यसै गरी स्वयमसेविकाहरुले पोषण, सरसफाईका कुरा अझै समूदायमा लैजान आवश्यक छ । स्वास्थ्य संस्थाको गाउँ घर क्लिनिक सहयोग सामाग्री बिरामी सुताउने बेड ४५ वटा गाउँघर क्लिनिक छन् । सुनौलो हजार दिनका फोकस कार्यक्रम हो ।  गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थाहरुमा नियमित चेकजाँज, गर्भावस्थामा आराम गर्नु पर्ने र पोषण युक्त खानेकुरा तथा फलफुलहरुको नियमित सेवन तथा व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने कुराहरु वताउँदै हिड्छन् ।  
पोषणयुक्त खानेकुरा खानु पर्छ भन्छु गाउँलेहरुले केवल वजारमा मात्र पाईने खानेकुराहरुलाई सम्झन्छन् र उनीहरुलाई स्थानिय स्तरमा उपलव्ध हुने हरिया सागपात, सिस्नु, कर्कलो, फर्सि, गेडागुडीहरु आदिको वारेमा वताउँछन् । 

गर्भावस्थामा थप आराम तथा थप खानेकुराहरुको आवश्यकता पर्दोरहेछ, यसरी प्रयाप्त मात्रामा पोषणयुक्त खानेकुरा खानाले वच्चा तथा आमा दुवै जना स्वस्थ हुन्छन् । सुनौलो हजार दिन भित्रका महिला तथा उनीहरुका अभिभावकहरु पनि मेरा अनुभवहरु सुनाउँछु र यो वेलामा माया ममता, स्याहार तथा सुसारको अत्यन्तै आवश्यकता रहने कुरा पनि भन्दै हिड्छु । मेरा यिनै अनुभवहरुलाई आत्मसाथ गर्दै समुदायमा पनि १००० दिन भित्रको आमाहरुले तथा अभिभावहरुले स्याहार तथा सुसार गरिरहेका छन् । 
अनुभवी आमाहरु र स्वयमसेविकाहरुको अनुभवले भावी पुस्तालाई पनि सिकाई तथा सुन्दर भविष्य तथा समाजको निर्माणमा थप टेवा पुग्ने देखिन्छ । सुआहारा कार्यक्रमले यस्ता आमाहरुको थप सहयोग तथा प्रेरणा आवश्यक रहेको छ । 
जिल्लामा सञ्चालित सु–आहारा कार्यक्रम अन्तर्गत गर्भवती तथा स्तनपान गराईरहेका आमाहरुलाई २ दिने अत्यावश्यक पोषण तथा सरसफाई कार्यक्रम छ । जसमा पोषणयोग्य स्थानिय खानाहरुको साथसाथै व्यक्तिगत तथा वातावरणीय सरसफाईको महत्वको वारेमा स्वयंसेविकाहरुद्वारा जानकारी गराएका थिए । 
स्वास्थ्यका समस्या लिएर उपचार गर्न अस्पताल जानु भन्दा स्वास्थ्यका समस्याहरु आउन नदिनु नै बेस हो । दैनिक खानपिन, बानी ब्यवहार परिवर्तन मुख्य कुरा हो । पौष्टिक तत्व किनेर खानु पर्दैन । त्यसका लागी हजारौं लगानी गर्नु छैन । हामीले आफ्नै खेतीमा फलेका अनाजबाट धेरै परिकार तयार पारेर खान सक्छौं । जानेर÷नजानेर हाम्रा सामु सहज रुपमा प्राप्त पौष्टिक तत्वहरु उपयोग भन्दा पनि खेर फालिरहेका छौ कि ? यसबारे बुझ्नु र बुझाउनु जरुरी छ । 

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts