धुन्चे , रसुवा
रसुवाका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न आउने बिदेशी पर्यटकको संख्या साँढे २ लाख पुगेको छ । यो संख्या एक वर्षको नभै रसुवामा निकुञ्ज स्थापना भए यताको आँकडा हो ।
रसुवा, नुवाकोट र शिन्धुपाल्चोक जिल्ला फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापना २०३२ सालमा भएको हो । आर्थिक वर्ष ०३५÷०३६ बाट पर्यटकको तथ्यांक लिनथाले यताको २ लाख ६९ हजार ८ सय ८७ जना विदेशी पर्यटक निकुञ्ज प्रवेश गरेका छन् ।
निकुञ्ज क्षेत्रमा प्रवेश गरे वापत पर्यटकहरुबाट हालसम्म २९ करोड २२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । अमेरिका, जर्मन, बेलायत, अस्टे«लिया , जापान, ईजरायल, भारत, फ्रान्स, बेल्जियम, कोरिया लगायत ३६ देशबाट रसुवाको लाङटाङ, गोसाँईकुण्ड, टिमुरे , तामाङसम्पदा मार्गका बिभिन्न स्थानमा पदयात्रा गर्न आउने गर्दछन् ।