धुन्चे, रसुवा
धैबुङ्ग गाविस ४ की जानुका खतिवडा आजकाल आफ्नो शिसुलाई अण्डा
,लिटो र जाउलो खुवाउन थालेकी छिन् । बच्चा लिटो र जाउलो खुवाउने खतिवडा
यसअघि चाउ चाउ र विस्कुटलाई पोषिलो खानाको रुपमा लिंदै आएकी थिइन् ।
तयारी खाजाका रुपमा बजारमा किन्ने खानाको तुलनामा आफ्नै उत्पादनबाट बन्ने
खाना बच्चाको लागि बढि पोषिलो हुने जानकारी पाएपछि उनले आफ्नो सन्तानलाई लिटो, जाउलो जस्ता खाना खुवाउन थालेकी हुन् ।
आजभोली सुनौलो हजार दिनका लाई लक्ष गरी सुआहारा कार्यक्रममार्फत बालबालिकालाई
आबश्यक पोषणको विषयमा जानकारी पाएपछि उनी बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्व
मिसिएको छ की छैन भन्नेमा पनि सचेत हुन्छिन् । उनले आफ्नो बच्चाको खानामा हरेक बार
खाना चार भन्ने सिद्धान्तलाई अंगिकार गर्दै अन्न, गेडागुडी,
हरियो सागपात र पहेंलो फलफूल तथा पशुजन्य उत्पादन मिलाउने गरेका छन्
।
युएसएडको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमले बालबालिकाको पोषणको विषयमा
जानकारी गराएपछि उनी आफ्नो सन्तानको खानामा ध्यान दिन थालेको बताउँछिन् । बालबालिका
बोल्ने नभएसम्म माछा, मासु, अण्डा
लगायतका खानेकुरा खुवाउन नहुने उनको मान्यता थियो । राडार तथा सुआहाराका सामाजिक परिचालक
र महिला स्वास्थ्य स्वयंसेविकाले दुई वर्षसम्म ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले
यो अवधीमा उनीहरुको खानामा ध्यान पुर्याउनुपर्ने जानकारी दिएपछि महिलाहरुले बच्चा , सुत्केरी
तथा गर्भवतीलाई पोषण युक्त खानेकुरा खुवाउन थालेका हुन् । यासा गाविसकी मेन्दो तामाङले बच्चालाई
मासु, अण्डा जस्ता खानेकुरा पनि खुवाउन थालेकी छिन् । उनी मात्र
हैन यस क्षेत्रका सबै महिला आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन थालेका छन् । हतारमा
जुन अबस्थामा भेटिन्छ त्यही अबस्थामा खाना बनाउने र खुवाउने गर्दै आएकी उनी साबुन पानीले
हात नधोई खानेकुरा छुंदिनन् ।
यार्सर्ाााविसकी सम्झना तामाङ छ महिना नपुगेको आफ्नो बच्चालाई दुध मात्र
खुवाउने गरेकी छिन् । अघिल्लो पटक दुई महिना नबित्दै भैंसीको दुध र लिटो खुवाएकी तामाङ
यस पटक सुआहारा कार्यक्रम सञ्चालन भएपछि पाएको जानकारी उपयोग गरिरहेकी छिन् । उनले
सुआराको पहलमा नियमित आमा समुहको वैठक बस्न थालेपछि पारिवारिक स्वास्थ्य र सरसफाइमा
सचेत भएकी छिन् । जिल्ला स्वास्थउय कार्यालयसँगको समन्वयमा सुआहाराले पोषण, सरसफाई, पारिवारिक स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको
छ । पानी परीक्षण र खुला दिशामुक्त अभियानलाई पनि यसले सहयोग गर्दै आएको सुआहाराकी
दिपा चिमोरियालेले बताइन् । ँसुआहाराको सहयोगमा वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाले
सुनौला हजार दिन ९ गर्भवती भएदेखि बच्चा दुई वर्ष नभएसम्म ०का आमाको पहिचान गर्छन्
र उनीहरुलाई आबश्यक सल्लाह र सहयोग गर्छन’, अधिकारीले भनिन्, ँचेतना अभिवृद्धि गराएर स्वस्थ्य समाज
निर्माणमा सुआहारा क्रियाशील छ ।’
सुआहारा किार्यक्रम जिल्ला संयोजक मनोज मिश्रका अनुसार जिल्लाका अठार गाविसमा लागु
भएको कार्यक्रमबाट अत्यावश्यक पोषण कार्य र सरसफाई कार्य र सामाजिक ब्यबहार परिवर्तनका
लागि संचार सम्बन्धि ६ दिने १८ गाविसका स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी,
पशु, कृषि, शिक्षा,
खानेपानी, महिला विकास, जिविसलाई
पनि प्रदान गरिएको छ । तालिम गाउँघरमा महिला स्वास्थ्य स्वयमसेविका र स्वस्थ्य आमा
समूहसम्म पगे पछि सुहारा समुदायमा केही परिवर्तन गर्न थालेको छ । हालसम्म ४ हजार ३
सय ४३ जना आमाहरुले त्यस प्रकारको तालिम लिए । जसमध्ये २ हजार २ सय ४ जना सुनौलो हजार
दिनका आमाहरु छन् ।
कार्यक्रमले जिल्लाभरका १८ गाविस मध्ये थुमन र चिलिमे गाविसमा बाहेक सवै
गाविसमा कुखुरा वितरण गरेको छ । १हजार ९ सय ३७ जनालाई कुखुरा बिरण मात्र होईन उनीहरुलाई
तरकारीका बिउबिजनहरु पनि बितरण गरेको छ । तरकारी तथा १४ गाविसमा हेलेन सखरखण्डको बिउ
बितरण भएको छ ।
मुख्य गरी भर्गवती, सुत्केरीको स्वास्थ्य र
२ वर्षमुनिका बच्चाहरुका लागि स्थानीय उत्पादनबाट पोषिला परिकारहरु बनाएर खुवाउने तरिका
बारे प्रयोगात्मक अभ्यास गराउने , हातधुने तरिकादेखि कुन परिकाका
खाना कसरी पकाउने , फर्सर्ीीे खिर, पोषिलो
जाउलो जस्ता धेरै खानाका परिकारहरु, हरेक बार खाना चार जस्ता
कार्यले पोषण अवस्था सुधार आएको मिश्रले बताए ।
No comments:
Post a Comment