Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Tuesday, November 4, 2014

चाउचाउ र बिष्कुटको ठाउँमा सट्टामा अण्डा ,लिटो र जाउलो

धुन्चे, रसुवा
धैबुङ्ग गाविस ४ की जानुका  खतिवडा आजकाल आफ्नो शिसुलाई अण्डा ,लिटो र जाउलो खुवाउन थालेकी छिन् । बच्चा लिटो र जाउलो खुवाउने खतिवडा यसअघि चाउ चाउ र विस्कुटलाई पोषिलो खानाको रुपमा लिंदै आएकी थिइन् ।
तयारी खाजाका रुपमा बजारमा किन्ने खानाको तुलनामा आफ्नै उत्पादनबाट बन्ने खाना बच्चाको लागि बढि पोषिलो हुने जानकारी पाएपछि उनले आफ्नो सन्तानलाई लिटो, जाउलो जस्ता खाना खुवाउन थालेकी हुन् ।
आजभोली सुनौलो हजार दिनका लाई लक्ष गरी सुआहारा कार्यक्रममार्फत बालबालिकालाई आबश्यक पोषणको विषयमा जानकारी पाएपछि उनी बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्व मिसिएको छ की छैन भन्नेमा पनि सचेत हुन्छिन् । उनले आफ्नो बच्चाको खानामा हरेक बार खाना चार भन्ने सिद्धान्तलाई अंगिकार गर्दै अन्न, गेडागुडी, हरियो सागपात र पहेंलो फलफूल तथा पशुजन्य उत्पादन मिलाउने गरेका छन् ।

युएसएडको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमले बालबालिकाको पोषणको विषयमा जानकारी गराएपछि उनी आफ्नो सन्तानको खानामा ध्यान दिन थालेको बताउँछिन् । बालबालिका बोल्ने नभएसम्म माछा, मासु, अण्डा लगायतका खानेकुरा खुवाउन नहुने उनको मान्यता थियो । राडार तथा सुआहाराका सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयंसेविकाले दुई वर्षसम्म ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो अवधीमा उनीहरुको खानामा ध्यान पुर्याउनुपर्ने जानकारी दिएपछि महिलाहरुले  बच्चा , सुत्केरी तथा गर्भवतीलाई पोषण युक्त खानेकुरा खुवाउन थालेका हुन् । यासा  गाविसकी मेन्दो तामाङले बच्चालाई मासु, अण्डा जस्ता खानेकुरा पनि खुवाउन थालेकी छिन् । उनी मात्र हैन यस क्षेत्रका सबै महिला आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन थालेका छन् । हतारमा जुन अबस्थामा भेटिन्छ त्यही अबस्थामा खाना बनाउने र खुवाउने गर्दै आएकी उनी साबुन पानीले हात नधोई खानेकुरा छुंदिनन् ।
यार्सर्ाााविसकी सम्झना तामाङ छ महिना नपुगेको आफ्नो बच्चालाई दुध मात्र खुवाउने गरेकी छिन् । अघिल्लो पटक दुई महिना नबित्दै भैंसीको दुध र लिटो खुवाएकी तामाङ यस पटक सुआहारा कार्यक्रम सञ्चालन भएपछि पाएको जानकारी उपयोग गरिरहेकी छिन् । उनले सुआराको पहलमा नियमित आमा समुहको वैठक बस्न थालेपछि पारिवारिक स्वास्थ्य र सरसफाइमा सचेत भएकी छिन् । जिल्ला स्वास्थउय कार्यालयसँगको समन्वयमा सुआहाराले पोषण, सरसफाई, पारिवारिक स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको छ । पानी परीक्षण र खुला दिशामुक्त अभियानलाई पनि यसले सहयोग गर्दै आएको सुआहाराकी दिपा चिमोरियालेले बताइन् । ँसुआहाराको सहयोगमा वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाले सुनौला हजार दिन ९ गर्भवती भएदेखि बच्चा दुई वर्ष नभएसम्म ०का आमाको पहिचान गर्छन् र उनीहरुलाई आबश्यक सल्लाह र सहयोग गर्छन, अधिकारीले भनिन्, ँचेतना अभिवृद्धि गराएर स्वस्थ्य समाज निर्माणमा सुआहारा क्रियाशील छ ।

सुआहारा  किार्यक्रम जिल्ला संयोजक मनोज मिश्रका अनुसार जिल्लाका अठार गाविसमा लागु भएको कार्यक्रमबाट अत्यावश्यक पोषण कार्य र सरसफाई कार्य र सामाजिक ब्यबहार परिवर्तनका लागि संचार सम्बन्धि ६ दिने १८ गाविसका स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी, पशु, कृषि, शिक्षा, खानेपानी, महिला विकास, जिविसलाई पनि प्रदान गरिएको छ । तालिम गाउँघरमा महिला स्वास्थ्य स्वयमसेविका र स्वस्थ्य आमा समूहसम्म पगे पछि सुहारा समुदायमा केही परिवर्तन गर्न थालेको छ । हालसम्म ४ हजार ३ सय ४३ जना आमाहरुले त्यस प्रकारको तालिम लिए । जसमध्ये २ हजार २ सय ४ जना सुनौलो हजार दिनका आमाहरु छन् ।

कार्यक्रमले जिल्लाभरका १८ गाविस मध्ये थुमन र चिलिमे गाविसमा बाहेक सवै गाविसमा कुखुरा वितरण गरेको छ । १हजार ९ सय ३७ जनालाई कुखुरा बिरण मात्र होईन उनीहरुलाई तरकारीका बिउबिजनहरु पनि बितरण गरेको छ । तरकारी तथा १४ गाविसमा हेलेन सखरखण्डको बिउ बितरण भएको छ । 
मुख्य गरी भर्गवती, सुत्केरीको स्वास्थ्य र २ वर्षमुनिका बच्चाहरुका लागि स्थानीय उत्पादनबाट पोषिला परिकारहरु बनाएर खुवाउने तरिका बारे प्रयोगात्मक अभ्यास गराउने , हातधुने तरिकादेखि कुन परिकाका खाना कसरी पकाउने , फर्सर्ीीे खिर, पोषिलो जाउलो जस्ता धेरै खानाका परिकारहरु, हरेक बार खाना चार जस्ता कार्यले पोषण अवस्था सुधार आएको मिश्रले बताए 




No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts