रसुवा । ०७१ साउन २५ गते
सशस्त्र द्वन्दका पीडित यार्सा गाविस –१ का ५० वर्षीय सुकुबहादुर तामाङले अहिलेसम्म रहात नपाएको गुनासो गरेका छन् ।
तत्कालिन राज्य तथा बिद्रोही नेकपा माओवादीले पनि आफुलाई बेवास्ता गरेको उनले गुनासो गरेका छन् ।
२०६२ सालमा राज्यका तर्फबाट माओवादी आतंककारी भन्दै गिरफ्तार गरी चरम शारिरिक तथा मानशिक यातना दिएको र धेरैले सरकारबाट राहत पाए पनि आफुले केही नपाएको उनले बताए ।
अपाङ्गता भएका उनले २०६७ सालमा अपाङ्ग परिचय पाएका छन् । ‘राज्यले मात्र होइन आफ्नै पार्टी एनेकपा माओवादीले पनि वास्ता गरेन’ उनले दुःखेसो गरे ।
उनलाई प्रहरी तथा नेपाली सेनाले पटक पटक गिरफ्तार गरी यातना दिएका थिए । उनलाई २०६२ साल फागुन १५ गते गिरफ्तार गरी ५ महिनासम्म रसुवा कारागारमा राखिएको थियो । जन आन्दोलन ०६२÷०६३ को सफलता पछि ईन्सेक प्रतिनिधी तथा पत्रकारहरूको रोहवरमा रिहा भएका थिए । उनको मस्तिष्क र हड्डीको समस्या देखिएपछि आफ्नो सवै जग्गा बेचेर उपचार गरेका थिए ।
जिल्लामा शान्ति समितिदेखि मन्त्रालयसम्म धाए पनि आफ्नो कुराको सुनुवाइ नभएको उनले बताए । ईन्सेकको रसुवा जिल्ला प्रतिनिधीसँगको भेटमा आफ्नो समस्या उठान गरिदिन अनुरोध गरे । पुर्व एमाओवादी कार्यकर्ता तामाङलाई उनी लागेको पार्टी एनेकपा माओवादी र राज्य पक्षले उपेक्षा गरेको जिल्लाका संचारकर्मीहरू तथा मानवअधिकारकर्मी बताउँछन् ।
त्यस्तै रसुवाका अन्य द्वन्द पीडितहरूले पनि राहत नपाएको गुनासो गरेका छन् । धैबुङ्ग गाविस– ४ मानवहादुर बिकले ०५९ सालमा तत्कालिन बिद्रोही नेकपा माओवादी कार्यालर्ताहरूले सडक अबरुद्ध पार्ने क्रममा रुख ढाल्न प्रयोग गरेको र त्यस बेला प्रहरी तथा सेनाले गिरफ्तार गरी १ महिनासम्म यातना दिएको तर आफुलाई कुनै निकायले राहत दिने कुरासम्म नउठाएको जिल्ला स्तरिय शान्ति समितिका संयोजक विष्णु देवकोटा समक्ष गुनासो गरे ।
बिकको हकमा जिल्लामा निवेदन परेको र आफ्नो कार्यकालमा द्वन्द प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलको बैठक नबसेकोले अवको बैठकमा छलफल गर्ने जिल्ला संयोजक देवकोटाले बताए ।
No comments:
Post a Comment