Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Wednesday, November 5, 2014

द्वन्द पीडितहरूले राहत नपाएको गुनासो


रसुवा । ०७१ साउन  २५ गते

सशस्त्र द्वन्दका पीडित यार्सा गाविस –१ का ५० वर्षीय सुकुबहादुर तामाङले अहिलेसम्म रहात नपाएको गुनासो गरेका छन् । 
तत्कालिन राज्य तथा बिद्रोही नेकपा माओवादीले पनि आफुलाई बेवास्ता गरेको उनले गुनासो गरेका छन् । 
२०६२ सालमा राज्यका तर्फबाट माओवादी आतंककारी भन्दै गिरफ्तार गरी चरम शारिरिक तथा मानशिक यातना दिएको र धेरैले सरकारबाट राहत पाए पनि आफुले केही नपाएको उनले बताए । 
अपाङ्गता भएका उनले २०६७ सालमा अपाङ्ग परिचय पाएका छन्  । ‘राज्यले मात्र होइन आफ्नै पार्टी एनेकपा माओवादीले पनि वास्ता गरेन’ उनले दुःखेसो गरे । 

उनलाई प्रहरी तथा नेपाली सेनाले पटक पटक गिरफ्तार गरी यातना दिएका थिए । उनलाई २०६२ साल फागुन १५ गते गिरफ्तार गरी ५ महिनासम्म रसुवा कारागारमा राखिएको थियो । जन आन्दोलन ०६२÷०६३ को सफलता पछि ईन्सेक प्रतिनिधी तथा पत्रकारहरूको रोहवरमा रिहा भएका थिए । उनको मस्तिष्क र हड्डीको समस्या देखिएपछि आफ्नो सवै जग्गा बेचेर उपचार गरेका थिए ।  

जिल्लामा शान्ति समितिदेखि मन्त्रालयसम्म धाए पनि आफ्नो कुराको सुनुवाइ नभएको उनले बताए । ईन्सेकको रसुवा जिल्ला प्रतिनिधीसँगको भेटमा आफ्नो समस्या उठान गरिदिन अनुरोध गरे । पुर्व एमाओवादी कार्यकर्ता तामाङलाई उनी लागेको पार्टी एनेकपा माओवादी र राज्य पक्षले उपेक्षा गरेको जिल्लाका संचारकर्मीहरू तथा मानवअधिकारकर्मी बताउँछन् । 

त्यस्तै रसुवाका अन्य द्वन्द पीडितहरूले पनि राहत नपाएको गुनासो गरेका छन् । धैबुङ्ग गाविस– ४ मानवहादुर बिकले ०५९ सालमा तत्कालिन बिद्रोही नेकपा माओवादी कार्यालर्ताहरूले सडक अबरुद्ध पार्ने क्रममा रुख ढाल्न प्रयोग गरेको र त्यस बेला प्रहरी तथा सेनाले गिरफ्तार गरी १ महिनासम्म यातना दिएको तर आफुलाई कुनै निकायले राहत दिने कुरासम्म नउठाएको जिल्ला स्तरिय शान्ति समितिका संयोजक विष्णु देवकोटा समक्ष गुनासो गरे । 
बिकको हकमा जिल्लामा निवेदन परेको र आफ्नो कार्यकालमा द्वन्द प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलको बैठक नबसेकोले अवको बैठकमा छलफल गर्ने जिल्ला संयोजक देवकोटाले बताए । 

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts