Tuesday, November 4, 2014

टिमुरे गाविस खुल्ला दिशामुक्त बन्यो

  

timure_odf_news_photo 
धुन्चे, रसुवा ३१ भदौ । सन् २०१५ सम्ममा रसुवालाई खुल्ला दिशामुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत टिमुरे गाविसलाई हिजो खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ ।
जम्मा १ सय १९ घरधूरी रहेको टिमुरे गाविसमा ५७ घरधूरीमा अभियान पूर्व नै शौचालय निर्माण तथा प्रयोग भएको थियो भने अभियानअन्तर्गत सो घरधूरीमा शौचालय निर्माण तथा प्रयोगका लागि सहयोग गरिएको जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।

टिमुरे गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएपछि हालसम्म रसुवाका खुल्ला दिशामुक्त घोषणा गरिएका गाविसहरू दुईवटा पुगेको छ । यस अघि बृद्धिम गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिएको थियो ।

No comments: