धुन्चे, रसुवा
१ सय ११ मेगावाटको रसुवागढी जलविद्युृत आयोजनाको भूमिगत विद्युत गृहको सुरुङ निर्माण कार्य द्रुतगतिमा भइरहेको छ ।
नोभेम्बरमा सकिनु महिनाअघि नै सकिने पर्ने सुरुङ निर्माण पासाङ ल्हामुमार्गको राम्चे र मूलखर्कमा गएको पहिरोले ढिलाई हुन गएको थियो । एक सय ११ मेगावाटको रसुवागढी जल विद्युत आयोजनासंग गत वर्ष चैतबाट परीक्षणको रुपमा सुरुङको परीक्षण (टनेल) खन्ने काम थालिएको हो । अहिलेसम्म १ सय १६ मिटर सुरुङ निर्माण भैसकेको रसुवागढी आयोजना प्रबन्धक सञ्चालक माधप्रसाद कोइरालाले बताउनुभयो । अहिले रकबोल्ट, क्रन्क्रिट र वायरमेश गरी परिक्षण सुरुङ २ सय मिटर निर्माण गरिने लक्ष्य छ । फागनमा परिक्षण सुरुङको काम सकिने लक्ष्य छ । रसुवागढी जलविद्युत आयोजनाको लागत १४ अर्ब छ । थुमन– ९ वडा भित्रै पर्ने दहालफेदी नजिक भूमिगत जल विद्युतगृह र सिमा नजिक रसुवागढीमा बाध रहने गरी रसुवागढी आयोजना निर्माणाधिन छ । सन् २०१६ को अन्त्यमा निर्माण सम्पन गरिसक्ने आयोजनाले लक्ष रहेको छ । बढ्दो उर्जा संकटलाई यो आयोजनाले भरथेग हुने छ ।