Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Wednesday, November 5, 2014

विद्रोही किसान नेताको सपना अधुरै

जगत देउजा

विचार / विश्लेषण

निरंकुश सामन्ती व्यवस्थाले समाजमा टिकी बस्नु थिएन। स्रोत, साधन र अवशर तत्कालीन शासक र तिनका नातागोतामा केन्द्रित थियो। यस कारण मेहेनती जनतालाई बिहान बेलुका छाक टार्न मुस्किल हुथ्यो। आङ ढाक्ने कपडाको अभाव थियो। शिक्षा र स्वास्थ्य सपना जस्ता लाग्दथे। सर्वसाधारण नागरिकको जनजिवन कहालीलाग्दो थियो। जमिन्दारी शोषण, घूस, भेदभाव र थिचोमिचो चरम थियो। यस्तो अवीस्थामा अहिले पनि विकासको दृष्ट्रिकोणले पछाडि मानिएको सुदूर पश्चिमबाट भीमदत्त पन्तले आन्दोलन छेडेका थिए। राजधानी काठमाडौंलाई चारैतिर पहाडले घेरेको छ, त्यसैले राज्य नेतृत्वमा रहेकाहरू दुरदराजका अन्याय, शोषण, अभाव देख्दैनन्। जनताका आवाज सुन्दैनन्। सरकारी आसनमा बस्नेको विचार र कल्पना पनि यो घेरो काटेर बाहिर आउँंदैनन््। यस्तो अवस्थामा नेपाली जनताको दुःख कसरी कम होला? पुर्पुरोमा हात राखेर कति बस्ने? जनतालाई उड्न आह्वान गर्दै भीमदत्त यिनै अभिव्यक्ति दिने गर्दथे। जुन अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ। आजसम्म पनि हाम्रो नीति निर्माणको ढाँचा बदलिएको छैन। सिंहदरबारबाटै मुगुको लागि नीति र योजना तर्जुमा गर्ने परिपाटी छदैं छ।  


ऋण बन्धनमा पारेर पुस्तौं हलो जोताएर किसानको पसिनामा रजांई गर्ने, चर्काे ब्याज खाने, जाली तमसुक बनाएर किसानलाई उठीबास गराउने, सामन्तले भनेको नमाने नभएको फतुर लगाएर गाउं निकाला गर्ने, खेती राम्रो हुने जग्गा छलकपट गरेर दर्ता गर्ने जस्ता अन्यायपूर्ण कार्यले जनता वाक्कदिक्क भएका थिए। यस्ता दारुणीक अत्याचार अन्त्यका लागि बिद्रोहको विकल्प नभएको उनको ठहर थियो। त्यसैले उनले ५ सय युवादस्ता तयार गरी जमिन्दारको विरोधमा आन्दोलन शुरू गरेका थिए। ‘कि त जोत हलो कि त छोड थलो, यदि हैन भने हुने छैन भलो’ भन्ने नारा लिएर भीमदत्त पन्तले गरीब किसानमा जागरण र बिद्रोहको लहर ल्याएका थिए। जमिन कसैको पनि होइन। जसले आफैं श्रम लगाएर खेती गर्दछ। त्यतिन्जेल उसैले पाउनु पर्दछ। खेती गर्न छोडे जमिन पनि छोड्नुपर्दछ। भन्ने उनको दृष्ट्रिकोण अत्यन्त वैज्ञानिक छ। यो विचारलाई उनले सरल ढंगले बुझाएका थिए। उनि कालो बजारियासंँग नुन, चामल र कपडा खोसेर गरिबलाई बांँड्दथे।  



गाँंजा–चरेस खोजी–खोजी जलाउँथे। शोषक र सामन्तहरूको उछित्तो काड्थे। उनको नाराले शोषक सामन्तहरूको मुटु थर्क्यो, उनीहरू डराए। उनको आन्दोलनमा गरिब किसानहरूको भने सहभागिता बढ्दै गयो। गरिब किसानहरू भीमदत्तदेखि हुरूक्कै हुन्थे। भीमदत्तका जनपक्षीय गतिविधिले अत्तालिएका सामन्त, भारतीय र नेपाली काला बजारिया र तत्कालीन प्रशासनको सांँठगाँठमा नेपालका तत्कालीन प्रधान सेनापति किरण शम्शेरले भीमदत्तलाई जिउंँदो वा मरेको अवस्थामा ल्याउनेलाई ५ हजार इनामको घोषणा गरेका थिए। भारतीय सेना, शाही सेना र प्रहरीले व्यापक खोजतलास गरेको थियो। २०१० साल साउन १७ गते भीमदत्त पन्त डोटीको बुडर नजिकैको एक घरमा खानेकुरा प्राप्त गर्ने आसाले पसेका थिए। तर उसले विश्वासघात गर्‍यो। ५ हजार इनाम पाउने लोभले छोरीलाई खाना पकाउन लगाई तरकारी लिने निहुंले सैनिकहरूलाई बोलाएर ल्यायो। अकस्मात् सेनाहरू घरमा पसे। भीमदत्तको आङमा गोली हानियो। र पछि खुकुरीलेे गधर्न छिनालियो। र बाँसको टुप्पोमा टाउको झुण्ड्याएर सर्वसाधारणमा त्रास फैलाइयो। ताकी अरू भीमदत्त ननिस्कुन्। उनीलाई यसरी विभत्स ढंगले हत्या गरेको आज (साउन १७) ५९ वर्ष भयो।  
अन्याय, शोषण, अभाव र ज्यादतीविरूद्ध आन्दोलन छेडेका कारण मारिएका भीमदत्तले जे मुद्दालाई लिएर आन्दोलन गरेका थिए, ती आज पनि ज्यूँका त्यूँ छन्। दुःखद विषय यही छ। भीमदत्तले जनताको अधिकारका लागि मृत्यु रोजे। शोषित पीडित जनताको मुद्दामा संघर्ष गरेर गरिब जनतामा नयाँं सन्देश दिए। तर उनको धोको अझै अपुरो छ। सुदूरपश्चिममा हलिया प्रथा जिउंँदै छ। गरिब दलितहरू जमिन्दारको जग्गामा जोतिरहन बाध्य छन्। छुवाछुत हटेको छैन्। बाँच्नको लागि कालापहाड जाने क्रम उस्तै छ। भूमिहीनताको समस्या झन–झन चर्कंदै गइरहेको छ। गरिबहरू झन–झन गरीब हुँदैछन्। भूमिसुधारको मुद्दा झनै जटिल र भद्रगोल बनेर गएको छ। सुरक्षित बासको अभावमा ज्यान गुमाउनेहरू थपिंदै गएका छन्। केही वर्षयता गरीबीले आत्महत्या गर्नेहरूको संख्या नजानिँदो ढंगले बढेर गएको छ।  
स्रोत, शक्ति र अधिकारको बाँडफँाडबाट मात्र समाजमा सामाजिक न्याय, समुन्नति र दीगो शान्तिको स्थापना गर्न सकिन्छ। यसका लागि वर्तमान सामन्ति भूमि वितरण र व्यवस्थापनको अन्त्य गर्दै जनमुखी भूमिसुधार गर्नका लागि सबै राजनैतिक दल र सरकारले कदम उठाउन सके भीमदत्त पन्त र किसान आन्दोलनमा लागेका अरू सयौं योद्धाहरूको सम्मान हुन सक्थ्यो। कृषि प्रधान देश भएको गौरब गर्न सकिन्थ्यो। सामाजिक र आर्थिक शोषणको विरोध गर्नु अपराध हैन। न्यायको आवाज उठाउनेलाई बुटले कुटेर, थुनेर, मारेर कहिल्यै शान्ति आउँंदैन्। दिगो शान्तिको लागि अन्याय, अत्याचार रोकिनु पर्दछ। एकलौटी रूपमा प्रयोग गरिएको स्रोत, शक्ति र अधिकारको बांँडफाँंड गर्नुपर्दछ। गरिब जनतालाई बाचा हैन व्यवहार दिनुपर्दछ। सामाजिक असमानता, दमन र पीडाको अन्त्य गरिनुपर्दछ। शान्तिको सबभन्दा ठूलो चुनौती भनेकै गरिवी हो। गरिवी कम गर्न सचेत प्रयास उठाएमा मात्र भीमदत्त पन्तको सच्चा सम्मान हुनेछ।  
नेपालमा भूमि अधिकार आन्दोलनको अग्रणी नेताको रूपमा गौरवपूर्ण इतिहासमा उज्यालो तारा बनेका शहिद पन्तले देखाएको बाटोमा अझै सशक्त आन्दोलन गर्नु आजको मुख्य कार्यभार हो। तत्कालिन साँघुरो सोचाईको समाज र तानाशाही व्यवस्थाको समयमा भीमदत्त पन्तले जे आन्दोलन गरे, त्यो चानचुने कुरा थिएन। गणतान्त्रिक सरकारले महेन्द्रनगरको नाम फेरेर भीमदत्तनगर त राख्यो। तर जनताले महेन्द्रकालीन शासन व्यवस्था फेरिएको महशुस गर्न पाएनन्। केही वर्षअघि सरकारले शहिद भीमदत्तको नाममा केही बजेट छुट्याएपछि स्मृति प्रतिष्ठान त खुले तर उनको विचार र कार्यक्रमलाई फैलाउन सकिरहेको अवस्था छैन्।  
कृषि प्रधान देशमा किसानको पक्षमा लाग्दा ज्यान गुमाएका भीमदत्त पन्तलाई सम्भि्कनु मात्र ठूलो कुरा होइन, उनको बाँकी सपना पूरा गर्न पनि लाग्न जरुरी छ। २४ वर्षकै उमेरभित्र ठूलो क्रान्ति गर्न सफल भएका पन्तको कामबाट भूमि आन्दोलनका अगुवाहरूमा जाकरूकता ल्याउने काम गर्न धेरै गर्नु छ। मलको हाहाकार हुँदा एक शव्द नबोल्ने, भोकमरीले जनता मर्दा कुनै चासो नराख्ने अर्थात गरिव जनताको मुद्दामा राजनीति नगर्ने दलहरूले जनराजनीति गर्न कहिले शुरू गर्लान्? जुन कुरा भीमदत्तले ६ दशकअघि नै सुरूवात गरेका थिए। त्यो अझै पूरा भ्एको छैन। मुलुकले यतिखेर थुप्रै भीमदत्तको माग गरिरहेको छ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts