Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Wednesday, November 5, 2014

रसुवामा हिमाली आयोजनाबाट १ करोड ७८ लाख अनुदान


धुन्चे रसुवा

कृषि व्यवसायद्धारा उत्पादन बृद्धि नाफा, रोजगार र हिमाली भेगमा समृद्धि भन्ने नारा साथ सन् २०११ देखि संचालन उच्च पहाड कृषि व्यवसाय तथा जिविको पार्जन सुधार आयोजना (हिमाली आयोजना) ले रसुवामा १२ वटा कृषिमा अधारित व्यवसाय योजनाहरूलाई १ करोड ६८ लाख ५९ हजार ३६ रुपैयाँ अनुदान वितरण गरिएको छ ।   

एशियाली विकास बैंकको अनुदान सहयोगमा उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली आयोजना) नेपालका संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, जुम्ला, मुगु र हुम्ला गरेर १० जिल्लामा कार्याक्रम संचालन गरिरहेको छन । हाल सम्म हिमाली आयोजनाले १० जिल्लामा ७७ वटा योजना स्विकृत गरि अनुदान दिएकोमा रसुवामा मात्र १२ वटा योजना स्विकृत भएको करिव २ करोड २४ लाख उपआयोजना संचालनमा व्यवसायलाई हिमाली आयोजनाले १ करोड ६८ लाख ५९ हजार ३६ रुपैयाँ अनुदान वितरण भई सकेको आयोजनाका आयोजना निर्देशक डा. अमर बहादुर शाहले बताउनु भएको छ ।

रसुवामा हिमाली आयोजनाले १२ वटा कृषिमा आधारित कृषि व्यवसायलाई स्विकृत गरि अनुदान उपलब्ध गरि सकेको छन भने आजै १० वटा व्यवसाय स्विकृत गरि फिल्ड अध्ययनको लागि जिल्ला पशु सेवा कार्यालयलाई सिफारिस गरिएको जिल्ला पशु सेवा कार्यालय, रसुवाले जानकारी दिएका छन । कार्यक्रमबाट कृषहरूले व्यावसायी पशुपालन तथा खेती सुरु गरेका छन् । यसबाट आर्थिक उन्नती गर्ने विश्वास लिइएको छ । 
उच्च पहाडी जिल्लाका वासिन्दाहरूको बृद्धि गर्ने र जिवीकोपार्जनमा दिगो सुधान ल्याउन नाफामूलक कृषिमा आधारित व्यवसायहरूलाई २ लाख ५० हजार देखि ५ करोड सम्मको व्यवसाय योजनाहरू एशियाली विकास बैंकको अनुदान सहयोगमा संचालन उच्च पहाड कृषि व्यवसाय तथा जिविको पार्जन सुधार आयोजना (हिमाली आयोजना) प्रास्तविक गर्न सक्ने कृषि उद्यम विकास केन्द्रका कृषि व्यवसाय विज्ञ अरविन्दप्रसाद लेखकले बताए । 
हिमाली आयोजनामा ऊन, याक चिज, डेरी, माछा, मासु, फलफुल, ताजा तरकारी, तरकारी विऊँ, आलु बिऊँ, जडिबुटी खेती, वन पैदावार कृषिमा आधारित नाफा मुलक व्यवसायहरूमा प्रथकिमता रहेकोले सो व्यवसायका आधारमा धेरै भन्दा धेरै कृषि तथा व्यवसाय गर्न इच्छुकले व्यवसाय योजना तयार गरी प्रस्तावना पेस गर्न रसुवालीलाई कृषि उद्यम विकास केन्द्रका कृषि व्यवसाय विज्ञ लेखकले अग्राह गरेको छन । 
हिमाली आयोजनाको अनुदान सहयोगमा सञ्चालित उप–आयोजनाहरूको कार्यान्वन अवस्थाको स्थलगत अनुगमन गर्न कृषि विकास मन्त्रालय, एसियाली विकास वैक तथा आयोजनासँग सम्वन्धित उच्च पदस्त अधिकृतको मिसन टोली केही समय अघि रसुवाको धुन्चेमा आएको थियो । 
उक्त अनुगमन टोलीले जिल्लाको विभिन्न हिमाली आयोजनाको अनुदान सहयोगमा सञ्चालित उप–आयोजनाहरूको स्थलगत अनुगमन गर्नुका साथै अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । सो टोलीले हिजो भोर्ले गाविस १ स्थित लोकिल कृषि फार्मद्धारा सञ्चालित क्रियाकलापहरू , कालिकास्थान स्थित निमार्णाधिन कृषि तथा पशुसेवा केन्द्र, धुन्चे गाविस ३ बोकेझुण्डा स्थित न्यु हिमालयन रेन्वो ट्राउट माछा भूरा तथा दाना उत्पादन केन्द्र र धुन्चे गाविस ४ सोले स्थित मेन्च्यु डुप्च्यु कृषि सहकारी संस्थाद्धारा सञ्चालित दुग्ध प्रशोधन केन्द्रको स्थलगत अनुगमन गरि सम्वन्धित व्यक्तिहरूसँग अन्तरक्रिया गर्नुका साथै सल्लाह सुझाव समेत दिएको छ ।
अनुगमन टोलीमा कृषि विकास मन्त्रालयका तर्फबाट कृषि अर्थ बिज्ञ रामबाबु अधिकारी र सुदिप खड्का, एसियाली विकास वैकका तर्फबाट अरुण राना र जया शर्मा रहेका छन भने आयोजनाको तर्फबाट आयोजना निर्देशक डा.अमरबहादुर शाह, अन्तराष्ट्रिय टोली नेता फ्रान्सेस्को गोलेटी, राष्ट्रिय टोली नेता दलराम प्रधान, कृषि व्यवसाय टोली नेता राममणि पौडेल, अनुगमन तथा मुल्याङ्कन विज्ञ पदम बहादुर शाक्य, सामाजिक विकास विज्ञ ठाकुरप्रसाद भट्ट, लेखा अधिकृत दिनेश रेग्मी, जिल्ला परियोजना संयोजक डा. जगतबहादुर सिंखडा लगायत सम्वन्धित कार्यलयका १५ जनाको समुह रहेका थिए । उनीहरुले आव्रयक सल्लाह दिएका छन् ।  
टोलीले गत्लाङ स्थित भेलमेन्दो कृषि सहकारी संस्थाद्धारा सञ्चालित चौरी पालन व्यवसायको अनुगमन गर्नेछ । त्यसैगरि  धुन्चे गाविसको नागुङ स्थित महिला कृषि सहकारी संस्थाद्धारा  सञ्चालित रेन्वो ट्राउट पालन तथा स्याफ्रु ५ ठुलो भार्खु स्थित कृषि रेन्वो ट्राउट फार्मद्धारा सञ्चालित माछा पालनको अनुगमन गरेको जिल्ला कृषि व्यवसाय विज्ञ अरविन्दप्रसाद लेखकले जानकारी दिनुभयो ।
उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली आयोजना) सन् ३१ अक्टूवर २०१७ सम्म कार्यक्रम चालु रहने छ । 






No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts