धुन्चे,रसुवा
रसुवाका व्यवसायीहरूलाई प्यान र भ्याट प्रणालीको वारेमा जानकारी दिन एक दिने करदाता शिक्षा तथा अन्तरक्रिया धुन्चेमा सम्पन्न भएको छ ।
करदाता सेवा कार्यलय वालाजु र रसुवा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा सदरमुकाममा विभिन्न व्यवसायमा संलग्न व्यवसायी, सञ्चारकर्मी सरोकारवाला र अन्य क्षेत्रको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरूलाई करदाता सेवा कार्यलय बालाजुका प्रमुख नारायण भण्डारीले भ्याट लेखा प्रणाली र सरकारले यसै वर्ष जारी गरेको कर नीति तथा परिमार्जन भएका विषयमा जानकारी गराएका थिए । अन्तरक्रियामा व्यवसायीहरूले करका विभिन्न समस्याको वारेमा जिज्ञासा प्रस्तुत गरेका थिए । सहभागीहरूको जिज्ञासाको करदाता सेवा कार्यलय वालाजुका प्रमुख नारायण भण्डारीले सहभागीको जिज्ञासाको जवाफ दिदै करको जनचेतना ग्रामिण भेगमा समेत लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सरकारी कार्यलयका कर्मचारीहरुले होटलमा खाली विल माग्ने गरेको गुनासो स्थानीय ब्यापारीहरुले बताए । जिल्लामै कर तिर्ने ब्यवस्थ ागर्न र कर परामर्शबारे गाउँ तहमा घुम्ती शिविर सञ्चालन गर्नुपर्ने सहभागिहरुले माग गरेका थिए ।