धुन्चे, रसुवा
सरकारले सहुलियत ढंगले महिलाको नाममा जग्गा दर्ता गर्ने ब्यवस्था गरेपछि रसुवामा महिलाको नाममा जग्गा दर्ता बढेको छ ।
आव ०७०÷०७१ मा २ सय १ जना महिलाको नाममा जग्गा दर्ता भएको मालपोत कार्यालयले जनाएको छ । यस अघि कमै मात्रामा महिलाको नाममा जग्गा दर्ता हुने गरेको थियो । क्रमिक रुपले महिलाका नाममा जग्गा दर्ता बढेको मालपोत अधिकृत कुशध्वज खत्रीले बताए । सरकारले महिलाको नाममा जग्गा दर्ता गर्दा राज्रव छुट दिन थालेपछि महिलाको नाममा जग्गा दर्ता बढेको हो भने जिल्ला भूमिअधिकार मञ्चको अभियानले महिला पुरुष संयुक्त पुर्जा बनाउने लहर पनि रसुवाको बिभिन्न गाविसमा बढेको छ ।