Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Sunday, November 9, 2014

४१ प्रतिशत नेपाली बालबालिका पुड्का ११ प्रतिशतमा गम्भिर कुपोषण, २९ प्रतिशतको तौल पुगेन

२३ कात्तिक, काठमाडौं । पछिल्लो समय नेपालीहरुले बिश्वकै होचा मानिसको बिश्व रेकर्डमा आफ्नो नाम दर्ज गर्दै आएका छन् । बिश्वकै होचा मानिसको प्रतिस्पर्धामा नेपालीहरुको नाम आउँदा नेपालको प्रचार भएपनि यो राम्रो सूचक भने हैन् ।

 यदि नेपालले कुपोषणको यो अवस्थामा सुधार ल्याउन सकेन भने आगामी बर्षहरुमा पनि नेपालीले होचा पुड्काको सूचीमा स्थान बनाइरहने देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कुपोषणका कारण नेपालका ४१ प्रतिशत बालबालिका पुड्का छन् । मन्त्रालयले गरेको एक अध्ययनले पाँच वर्ष मुनिका ४१ प्रतिशत बालबालिका पुड्का रहेको देखाएको हो । कुपोषणका कारण पुड्का रहेका यी बालबालिका युवा अवस्थामा समेत उमेर अनुसार पुड्का नै रहने र तिनीहरुको मानसिक विकासमा समेत पुर्ण हुँदैनन् । मन्त्रालयको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको प्रतिवेदनले नेपालमा पोषिलो खानाको अभावमा देशका झन्डै आधा बालबालिका पुड्कोपनको समस्यावाट पिडित रहेको देखाएको हो । जसका कारण सन् २०१५ सम्ममा कुपोषण पिडीत बालबालिकाको संख्या ३० प्रतिशतभन्दा कममा झार्ने नेपालको लक्ष्य हाँसिल गर्न समेत कठिनाई हुने भएको छ । पुरा नहुने भो लक्ष्य, एक बर्षमै ११ प्रतिशतको सुधार जरुरी स्वास्थ्य सेवा विभाग अन्तर्गतको बालस्वास्थ्य महाशाखाका पोषण शाखाका गिरीराज सुवेदीले सहश्राब्दि विकास लक्ष्य पुरा गर्न अबको एक वर्षभित्रमा ११ प्रतिशत भन्दा बढी बालबालिकाको पोषणमा सुधार ल्याउनु पर्ने बताए । ‘पछिल्लो पाँच वर्षको अवधिमा जम्मा ८ प्रतिशत मात्र बालबालिकाको पोषणमा सुधार ल्याउन सकिएको थियो,’ उनले भने, ‘त्यो हिसाबमा हेर्दा अबको एक वर्षभित्र नेपालले लक्ष्य पुरा गर्ने सम्भावना निकै कम देखिएको छ ।’ उमेरअनुसार शरीरको उचित विकास नभएका बालबालिकाको मस्तिष्कको विकासमा पनि अवरोध पुग्ने भएकाले तुरुन्त बालबालिको विकासमा लाग्न आवश्यक रहेको बताए । ‘पोषण अभावमा बालबालिकाको मस्तिष्क र शारीरीक विकासमा अवरोध हुनु भनेको देशको विकासलाई पनि प्रत्यक्ष असर गर्नु हो’ उनले भने ‘त्यसकारण बालबालिकाको पोषणस्तर सुधार गर्न विशेष कार्यक्रमको शुरुवात गर्नुपर्दछ ।’ 
मन्त्रालयको प्रतिवेदनले पुड्कोपन मात्र होइन नेपालका ११ प्रतिशत बालबालिकामा गम्भिर खालको कुपोषणको समस्या रहेको र २९ प्रतिशत बालबालिकाको उमेर अनुसारको तौल नभएको देखाएको छ । सहस्राब्दी बिकाश लक्ष्यअनुसार यो प्रतिशत क्रमशः ५ र २७ मा सिमित हुनुपर्ने थियो । उमेर अनुसारको तौलमा केही राम्रो अवस्था रहेपनि गम्भिर खालको कुपोषणको समस्या ठुलो भएकाले लक्ष्य पुरा गर्न कठिन रहेको मन्त्रालयका कर्मचारीले बताएका छन् । सुनौला हजार दिनको अपेक्षा बालबालिकाको ९० प्रतिशत मस्तिष्कको विकास जन्मेको दुइ बर्षभित्रमा हने भएकाले यहि समयमा बालबालिकालाई राम्रो पोषणको व्यवस्था गर्ने कार्यक्रम निर्माणमा सरकार लागेको सुबेदीले जानकारी दिए । उनका अनुसार अघिल्लो महिना आमिर खान र युनिसेफका नेपाल सद्भावना दुत पारस खड्काले सुरु गरेको ‘सुनौला हजार दिन कार्यक्रम’ दुई वर्षभित्रका बालबालिकाको पोषणमा सुधारका लागि नै हो । बच्चा गर्भमा रहेदेखी दुई वर्ष पुगिन्जेलसम्म पोषणको अभाव हुन नदिन सुरु गरीएको सुनौला हजार दिन कार्यक्रम यो वर्ष नेपालका १५ जिल्लामा सञ्चालन गरीएको सुवेदीले जनाए । 

विस्तारै यो कार्यक्रम विस्तार गरी ७५ जिल्लामा नै पुर्याइने छ । यो कार्यक्रममा आमा र बच्चालाई पोषणको कमी हुन नदिन आमा गर्भवती भएको दिनदेखी बच्चा दुई वर्षको हुनेसमयसम्म पोषणयुक्त खानेकुरा र स्याहार सुसारमा विशेष ध्यान दिइने छ । कुपोषण भए के हुन्छ ? मन्त्रालयको प्रतिवदनले बालबालिकालाई कुपोषण भएमा शारीरिक, मानसिक विकासमा गम्भीर असर पर्छ । आइरन, आयोडिन, भिटामिन ए, जिंकजस्ता सूक्ष्म पोषण तत्व नपुगेमा बालबालिकालाई विभिन्न संक्रामक रोग लाग्छ । लगातार रोग लागेमा खाना खाँदैन, कमजोर हुन्छ र शरीर बढ्दैन र बालबालिका पुड्का हुनुका साथै कमजोर हुन्छ । यसका साथै गर्भावस्थामा आमालाई आयोडिन नपुगेमा शिशुको उचित शारीरिक विकास हुँदैन, सुस्त मनस्थितिको हुन्छ । हाडको विकास पर्याप्त हुँदैन र पुड्कोपन सुरु हुन्छ । चिकित्सकहरुका अनुसार गर्भवती आमालाई जन्डिस, मधुमेह, उच्चरक्तचाप, एचआईभी भएमा पनि बच्चाको शारीरिक, बौद्धिक विकासमा असर पर्छ । त्यसकारण आमा गर्भवती भएको अवस्थादेखि नै विशेष ख्याल गनुपर्नेमा चिकित्सकहरुको जोड रहेको छ । यसका साथै बालबालिकाको पोषणमा सुधार ल्याउन बच्चा जन्मेदेखि नै आमाको दुध खुवाउनु पर्नेमा पनि चिकित्सकहरुको जोड दिएका छन् ।

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts