Wednesday, November 5, 2014

कारागारमा क्षमता भन्दा तेब्बर बन्दीले समस्या


रसुवा । ०७१ साउन २५ गते
जिल्ला कारागार शाखा रसुवामा क्षमताभन्दा बढी बन्दी रहेका छन् । २५ जना बन्दीको क्षमता रसुवा कारागारको रहेकोमा अहिले ६९ जना बन्दी रहेका छन् । यो संख्या हालसम्म कै उच्च संख्या हो । 
‘ङ’श्रेणीको २५ जना बन्दी क्षमता रहेको जिल्ला कारागार शाखा रसुवामा बिभिन्न अभियोगमा ६९ जना बन्दी जीवन रहेका छन् । जस मध्ये कैद तोकिएका ५५ जना र एक महिला सहित कैद नतोकिएका १४ जना छन् । बिगतमा महिला बन्दी नरहेको यस वर्ष १ जनामहिला बन्दी पनि रहेका छन् । क्षमता भन्दा बढि बन्दी रहेकोले यहाँका स्वास्थ्य परीक्षण, खानेपानी, शौचालय जस्ता अत्यावश्यक सेवामा समस्या रहेको बन्दीहरू बताउछन् । एक महिला र २ पुरुष शौचालय मात्र रहेका छन् । कोचिएर बन्दीहरू राख्नु पर्ने समस्या रहेको जेलर रामहरि खनालले बताए । कारागारको घेरावार यस वर्ष गरिएको छ । 
इन्सेक प्रतिनिधिसँगको भेटमा कारागारका प्रमुख जेलर खनालले क्षमताभन्दा बढी बन्दी हुँदा समस्या भएको बताए । अन्यत्रबाट सरुवा भएर आउने बन्दीहरूको चाप बढेको छ । ‘बन्दी धेरै हुँदा खानेपानी पानी र सुत्नका लागि कोठाको समस्या भएको कारागार खनालले भने । ’ प्रमुख रिमालले बताए । कारागारमा साँघुरा दुई कोठामा धेरैजना बन्दीहरू कोचिएर बस्नुपर्ने बाध्यता छ । 
बन्दी र सुरक्षाकर्मीलाई पानी नै पुग्दैन ।’ केन्द्रीय कारागारबाट समेत सरूवा गरेर बन्दी आएकोले समस्या भएको छ’ ।
कारागारमा कोठाहरू कम भएकोले बन्दीहरूलाई वस्न तथा सुत्नका लागि समस्या भएको कारागारका नाइके पेम्पा तामाङले भने ‘अन्यत्रबाट बन्दी सरूवा भएर आउने क्रम बढेपछि यो वर्ष क्षमता भन्दा बढी बन्दी भएका हुन् । ’ 

No comments: