धुन्चे रसुवा ३४ औ विश्व खाद्य दिवसको अवसरमा रसुवाका तीन कृषहरुलाई राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार तथा नगद पुरस्कार प्रदान गरिएको छ ।
पारिवारिक खेती , सवैलाई खुवाऔं पृथ्वी बचाऔं भन्ने नाराका साथ जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा विश्व खाद्य दिवसको महत्व तथा कृषि प्रबिधि बारे प्रमुख जिल्ला अधिकारी उद्धब भट्टराई, स्थानयि विकास अधिकारी गजेन्द्र ठाकुर, बरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईले आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा जिल्लामा उत्कृष्ठ कृषकका रुपमा भोर्ले गाविस १ का गाई पालक कृषक साधुराम पौडेल, धैबुङ्ग गाविस २ का टनेल खेती, बाख्रा तथा बंगुर पालक युवा कृषक रमेश अधिकारी, र धुन्चे गाविसका रेन्बो ट्राउट माछा पालक महिला कृषक छिरिङसाङबो तामाङलाई राष्ट्रपति उत्कृष्ठ पुरस्कार प्रदान गरिएको थियो कार्यक्रममा तीन जनालाई जनही दश हजार रुपैयाँ नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा पारिवारिक खेती , सवैलाई खुवाऔं पृथ्वी बचाऔं शीर्षकमा निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने कालिका हिमालय माविका संझना घिमिरे, द्धितीय हुने कालिका माविका सुवास घिमिरे, तृतीय हुने सुन्धरा माविका ईन्दिरा अगस्ती, र सान्त्वना पुरस्कार रुपक न्यौपानेलाई नगद २ हजार १ हजार पाँच सय , १ हजार र आठ सय रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो ।
No comments:
Post a Comment