Rasuwa Digital Khabar

रसुवा डिजिटल खबर . Powered by Blogger.

Tuesday, November 4, 2014

सरोकारवालाहरू निस्कृय, रसुवामा खुला दिसामुक्त अभियान योजनामै सिमित


हेमनाथ खतिवडा 
धुन्चे, रसुवा
जिल्लामा सञ्चालित खुलादिसा मुक्त अभियान सरोकारवाला संघ संस्थाहरूको उदासीनताले प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि  कार्यक्रम सुस्ताएको छ । लक्ष्य अनुरूप काम हुन नसकेपछि योजनामा सिमति भएको सरोकारवालाहरूको गुनासो गरेका छन् ।
अभियानको रूपमा जिल्लाका बिभिन्न गाविसलाई खुला दिसा मुक्त घोषणा गर्दै जाने लक्ष्य अनुरूप एक वर्ष अघि दुई गाविस दिसामुक्त घोषणा भएपछि कार्यक्रम सुस्ताएको हो । राष्ट्रिय सरसफाई गुरू योजना २०६८ को लक्ष्य अनुसार ०६८ जेठ सालमा रसुवामा जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यव समिति (डिवाससिसि)गठन भएपनि समितिले सक्रियताका साथ काम गर्न सकेन ।
०६९ सालमा जिल्ला स्तरिय सरसफाई रणनीति योजना निर्माण भयो । योजना अनुसार क्रियाकलाप अघि बढाएर उत्तरी रसुवाका बृद्धिम र टिमुरे गाविस  खुल्ला दिसामुक्त घोषणा भयो । गैर सरकारी तथा सरकारी निकायको महत्व्कांक्षी भएको र योजना कार्यन्वयनमा ढिलाई भएकोले  कार्यक्रमले गति लिन नसकेको स्थानीयको गुनासो छ । 
सन् २०१६ सम्ममा रसुवा जिल्लालाई खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य राखेको भएपनि कार्यान्वयनमा समस्या आएकोले ‘एक घर एक शौचालय अभियान, स्वस्थ समाज निर्माणमा योगदान’ भन्ने नारा लिएको योजना पुस्तकमा सिमित हुने भएको आरोप लागेको छ । 
कार्ययोजना अनुसार सन् २०१३ सम्ममा पाँच गाविस खुला दिसा मुक्त घोषणा हुनु पर्नेमा धुन्चे, लहरेपौवा र  लाङटाङ गाविसमा शौचालयका लागि आवश्यक प्यान र पाईप जिविस , गाविसले उपलब्ध गराउन नसकेका कारण सन् २०१४ सकिन लाग्दा समेत कार्यक्रम अघि बढ्न सकेको छैन ।
त्यसै गरी सन् २०१४ भरीमा यार्सा, हाकु, सरमथली ,डाडागाउँ र ठूलोगाउँ गरी  थप ५ गाविस खुला दिसा मुक्त गाविस घोषणा गर्ने योजना छ । योजना तयार गर्ने सरोकारवालाहरू सुस्ताए पछि कार्यक्रम नै सुस्ताएको स्थानीयको आरोप छ ।
जिल्लामा सवै सरोकारवालाहरू रहेर सरसफाई रणनीतिक योजना ०६९ तयार भएपनि जिम्मेबारी नलिने र स्रोत अभावले कार्यक्रममा ढिलाई भएको जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यव समिति (डि–वास्सीसी) का कार्यक्रमका सम्पर्क ब्यक्ति एबम् जिविसका सूचना , अनुशन्धान तथा प्रकाशन अधिकृत लीलानाथ नेपालले बताउँनुभयो । नेपालले भन्नुभयो ‘सिमित स्रोत र साधनले कार्यक्रम अघि बढ्न सकेन गैर सरकारी संस्था सुआहारा ४ गाविसमात्र जिम्मेवारी लिएको र त्यसमा पनि अन्य क्षेत्रको सहयोग नभएकोले कार्यक्रम योजना अनुरूप ढिलाई भएको हो ।’
जिल्लाका १८ वटै गाविसमा जिविस  अन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ीन्ऋम्ए मार्फत सामाजिक परिचालन गरी स्वास्थय सरसफाई बारे चेतना मुलक कायक्रम सुरू गर्ने  लक्ष्य उहाँले जानकारी दिनुभयो ।
जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यव समिति (डि–वास्सीसी) का अध्ययक्ष स्थानीय विकास अधिकारी, खानेपानी तथा सरसफाई सव डिभिजनका ईन्जिनियर सदस्य सचिव, जिल्लाका शिक्षा, स्वास्थ्य, कार्यालय , उद्योग वाणिज्य संघ, गैसस, राजनीतिक दल , नागरिक समाज, पत्रकारलगायत सरोकारवालाहरू सदस्य र प्रमुख जिल्ला अधिकारी सल्लाहकार रहने प्रावधान छ ।
त्यस्तैगरि हरेक गाविसमा आधारमा गाउँ स्तरिय खानेपानी , सरसफाई  स्वच्छता समन्वय समिति (डि–वास्सीसी) रहेको छ । प्यान पाईप किन्नै नसक्नेलाई प्यान पाईप उपलब्ध गराएर कार्यक्रम अघि बढाउनु पर्नेमा ढिला गरेको स्थानीयवासी बताउँछन् ।
जनचेतना जगाउने र शौचालय नबनाए फोरोमौला र रोग बढ्ने नागरिकलाई जस्ता महसुशीकरण गराउन जिल्ला भरी सामाजिक परिचालन गरिरहेको सुआहारा कार्यक्रमले सवै सरोकारवालाहरू एक भएर लागेका कार्यक्रम सफल हुने जनाएको छ । जिल्लामा स्वास्थ्य सरसफाई, र पोषण कार्यक्रम सञ्चालन गरिरहेको सुआहारा कार्यक्रमले सुनौलो हजार दिनका महिला बालबालिका लक्षित कार्यक्रम भैरहेको छ ।
सुआहारालाई चारवटा गाविस खुल्ला दिसामुक्त कार्यक्रमको जिम्मेवारीमा परेको मध्ये टिमुरे र बृद्धिम खुल्ला दिसामुक्त घोषणा भएको र बाँकी धुन्चे र यार्सामा पनि आफ्नो संस्थाले गर्ने सवैका भएको संयोजक मनोज मिश्रले बताउनुभयो । सुआहाराले अति निम्न वर्गकोलाई मात्र सिमित सहयोग गरेको छ , डि–वास्सीसीले स्रोत जुटाउन नसकेर केही प्यान पाईप नपाएर यार्सा र धुन्चेमा कार्यक्रम अड्केको हो । ‘दुवै गाविसमा बाँकी रहेका मध्ये पनि धेरैले शौचालय बनाएका छन् । सवै क्षेत्रको तदारूकताले समयसिमा भित्र जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न सम्भव छ चाँढै कार्यक्रम अघि बढ्नेमा आशावादी छु ।’ मिश्रले भन्नुभयो ।
जिल्लाभरका दश हजार २ सय ९३ घर घुरी मध्ये योजना तयार गर्दा  ४ हजार १ सय ३९ घरमा मात्र शौचालय बनेको अवस्था रहेको थियो । हाल जिल्लाका ६५ प्रतिसत घरधुरीमा शौचालय निर्माण भईसकेकोले काम नभएको भन्ने भने मिल्दैन । सवै सरोकारवालाहरूले ध्यान दिन सकेमा कार्यक्रम सफल हुने देखिन्छ अन्यथा सरसफाई रणनीति योजना ०६९ कागजमा सिमित नहोला भन्ने सकिन्न
सुस्ताएको अभियानलाई धुन्चेबाट तदारूकताका साथ अघि बढाउँदै जिल्लालाई नै खुलादिसा मुक्त घोषणा गर्न आवश्यक रहेको रेडक्रस सभापति तथा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउँनुभयो । सुआहारा कार्यक्रम र बिभिन्न सरोकारवालाहरूको सहयोगले लक्ष्य अनुसार कार्यक्रम अघि बढाउनु पर्ने तामाङको भनाई छ ।
ठूलोगाउँ, डाडाँगाउँ, लहरेपौवा, धैबुङ्ग र गोल्जुङ गाविसका ९० प्रतिशत घरमा शौचालय बनिसकेका छन् । केही गरिव, दलित, बिपन्न परिवामा बाँकी अनुमान छ । गाविसका कारण ढिलाई भएकोले गाविस र सवै सरोकारवाला निकाय क्रियाशील भएर लाग्न सके कार्यक्रम सफल हुने विश्वास लिएको तर बजेटमूखी भएकोले पनि कार्यक्रममा ढिलाई भएको देखिन्छ ।
धुन्चे गाविसमा शौचालय नबनाएका धेरै घरधुरीले शौचालय बनाएका छन् । कुल ५ सय ३७ घरधुरी रहेका मध्ये ५÷६ घर मात्र बाँकी छ, प्यान पाईप प्रदान गरिएको छ । आफ्नो गाविस खुला दिसा मुक्त घोषणा गर्न तयार भएको बारे जिल्ला स्तरिय सरसफाई समन्यव समितिलाई सिफारिस गरेको भएपछि खुल्ला दिसामुक्त हुने धुन्चे गाविस सचिव टिकमबहादुर शाही ठकुरीले बताउनुभयो ।
त्यसैगरि यार्सामा हाल ९ सय ७३ घरधुरी छन् । त्यस मध्ये ७ सय ४६ घरमा शौचालय निर्माण भई प्रयोगमा छ । २ सय २७ घरमा निर्माणधिन अवस्थामा रहेको गाविस सहायक स्लोक लामा बताउछन् । उनका अनुसार सुआहारा कार्यक्रमले ५ सय ३८ घरमा प्यान पाईप उपलब्ध गराएको छ । जिविसले १ सय थान र जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयबाट ५० थान प्यान पाईप बितरण भएको छ । बाँकी घरमा पनि प्यान र पाईप नपाएर शौचालय जडान गरी प्रयोजमा ल्याउन पाएका छैनन् । जिल्लामा क्रियाशिल सरकारी, गैरसरकारी निकायको ध्यान जान र स्थानीय निकायको योगदान हुन सकेमा सन् २०१६ सम्म जिल्ला नै खुला दिसा मुक्त घोषणा हुन सक्ने सम्भावना रहेको देखिन्छ ।
सुआहारा कार्यक्रमले सुनौलो हजार दिन लक्षित कार्यक्रम हो । आमा गर्भवती भएदेखि  बच्चा २ वर्षसम्म आमा र बच्चाको अवस्थालाई सुनौलो हजार दिन भनिन्छ । लक्षित वर्ग र सरोकारवालालाई स्वास्थ्य , सरसफाई र पोषण बारे गाउँ गाउँमा चेतना फैलाउने काम गरेको धैबुङ्ग फिल्ड सुपरभाईजर कुमारी तामाङले बताईन् । आफु बैशाखमा रसुवा आएको , सवै क्षेत्रसँग सहकार्य गरेर सवै क्षेत्र लाग्न सके निर्धारित समयमा कार्यक्रम सफल हुने समितिका सदस्य सचिव तथा जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजनका प्रमुख शिबकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘ जिल्लामा सुआहारा कार्यक्रम लागेको छ , सरसफाई प्रति आजका नागरिकको आनीबानी ब्यवहार परिवर्तन गर्न सजिलै सकिने उहाँको भनाई छ । कार्यक्रमले एक गावसले अर्को गाविसलाई सकरात्मक शन्देश दिएपछि चाँढै हुने र  प्रचार प्रसार पनि आवश्यक पर्ने श्रेष्ठले बताउँनुभयो ।
अत्यावश्यक पोषण, सरसफाई कार्य र सामाजिक ब्यबहार परिवर्तनका लागि बिभिन्न चरणमा तालिम प्रदान गरी पोषण र सरसफाई बारे जनचेतना जगाउन कार्यक्रमको गरिरहेको सुआहारा कार्यक्रमका पोषण अधिकृत दिपा चिमोरियाले बताउँनुभयो । उहाँका अनुसार जिल्ला स्वास्थ्य ,कृषि विकास, पशु स्वास्थ्य कार्यालयसँग एकीकृत रूपमा कार्यक्रम सञ्चालन भएको , हालसम्म ४ हजार ३ सय ४३ जना आमाहरूले त्यस प्रकारको तालिम पाएका छन् । जस मध्ये २ हजार २ सय ४ जना सुनौलो हजार दिनका आमाहरू सहभागी थिए । राडार परियोजनाले सामजिक परिचालन गरिरहेको छ । गाविस स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यव समिति (भि–वास्सीसी) र सरोकारवालाहरू सुस्ताएपछि योजना अनुसार निर्धारित समयमा जिल्ला खुला दिसामुक्त हुने कुरामा स्थानीयले संका गर्न थालेका हुन् । 

यसबाट पनि स्वास्थ्य सरसफाईमा थप जागरूक भएका छन् । घरघरमा शौचालय नबनाउँदा प्रदुषण बढ्ने, बिभिन्न रोग लाग्ने बारे जानकारी र शौचालयको आवश्यकताको महसुस गराउने मात्र नभएर महिला स्वास्थ्य स्वयमसेविका र धामीझाँक्रीले पनि कार्यक्रममा सघाउ पु¥याएको चिमोरियाको दावी छ ।  सुआहारा कार्यक्रमले गाउँ गाउँमा पिउने पानी शुद्धिकरण, शुद्धता मापन, हात धुने चरणहरू गाउँ गाउँमा हरेक बार खाना चार र स्वास्थ्य पोषण र सरसफाई कार्यक्रम एकीकृत रूपमा तालिममार्फत सिकाएको सुआहाराका फिल्ड सुपरभाईजर अम्बिका पौडेल बताउँछन् । पानीको शुद्धता मापनबाट लाङटाङ बाहेक अन्य गाविसमा रहेको पानी सिधै पिउन नमिल्ने देखिएको सुआहारा कार्यक्रमले जनाईएको छ । पोषण, स्वास्थ्य, सरसफाई सम्बन्धि ‘भन्छिन आमा ’ रेडियो कार्यक्रम समेत सञ्चालन भएको छ । लक्ष्य अनुरूप क्रियाकलाप गर्न नसकेर लक्षित समयमा खुला दिसा मुक्त हुने कुरामा शंका गर्न सकिन्छ । स्थानीय निकायले केही गतिबिधि बढाउन आवश्यक रहेको देखिन्छ । अति विपन्न परिवारलाई शौचालय बनाउन सहयोग गर्ने ,शौचालय नबनाउने परिवारलाई गाविस र जिविसले दिने सेवा सुविधा सिफारिसमा पनि रोकेर भएपनि घर घरमा शौचालय निर्माण अभियानलाई तिब्रता दिनुपर्ने गैरसरकारी संस्था महासंघका कमलनाथ आचार्य बताउँनुहुन्छ । कार्यक्रममा अन्य गैरसरकारी संस्थाहरू पनि परिचालन गरेर अभियान हाक्न सकिने आचार्यको बुझाई छ । गाउँ गाउँमा शौचालय निर्माण प्रभावकारी ढंगले अघि बढाउन नसक्दा खुला दिसा मुक्त क्षेत्र घोषणामा चुनौति देखिएको छ । जिल्लाभरमा ६५ प्रतिशत मात्र काम भएकोले अभियानले तिब्रता पाउँनुपर्ने देखिन्छ ।
       

No comments:

Facebook SDK

  • https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v9.0

यो साईटमा पहुँच कति जना ?

Search This Blog

Blog Archive

Offers

{getPosts} $results={5} $label={Notice} $style={1}
चोमिनग

Made with Love by

Made with Love by
Magistic Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable

Cooking

Shopping

Categories

Contact form

Name

Email *

Message *

Google Lab

Game

News Updates

Education

रसुवा डिजिटल खबर

रसुवा डिजिटल खबर
Rasuwa Digital Khabar

No Thumbnail

No Thumbnail

About Us

About Us
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's.

Default Thumbnail

Default Thumbnail

समाचार

Get this widget

Latest

Featured Section

Popular Posts