Wednesday, November 5, 2014

सामूदायिक बन ब्यवस्थापन बारे अन्तक्र्तिया

धुन्चे, रसुवा

सामूदायिक बन उपभोक्ता समिति महासंघ रसुवाको आयोजनामा सामूदायिक बन ब्यवस्थापनका समस्या र चुनौति विषयक अन्तक्तिया धुन्चेमा सम्पन्न भयो ।

सामूदायिक बन उपभोक्ता समिति महासंघ फेकोफोन रसुवाको आयोजनामा भएको कार्यक्रममा सहभागिहले सामूदायिक बन उपभोक्ता समिति र समूहहरूको काम कर्तब्य बारे प्रश्न उठेको बताए । सामूदायिक बनमा ठूला ठालुहरूको हावी भएकोले आम नागरिकलाई अन्यायमा पर्न सक्ने भएकोले गम्भीर हुनु पर्ने उनीहरूको माग थियो ।

कार्यक्रममा हाकु गाविसबाट आएका सहभागि रमेस तामाङले बन उपभोक्ता समिति र समूह गठन भएपछि बन बिनास बढेको बताए । समितिले जवाफदेही र पारदर्शी ढंगले काम गर्नु पर्ने बताए ।

बिभिन्न गाउँमा गठित बन उपभोक्ता समिति र समूहहरू पञ्चायत कालदेखि नै बिघठन तथा पुनः गठन नभएकोले पनि पारदर्शि नभएको स्थानीय हाकु गाविस सहायक बुचुङ तामाङले बताए ।

गत्लाङ गाविसका सहभागि अशोक तामाङले फेकोफोन निष्कृय भएको आगामी दिनमा सचेतना मुलक कार्यक्रमहरू मार्फत स्थानीय उपभोक्ताहरू सचेत पारेर प्राकृति स्रोतको उपभोग गर्न तथा संरक्षण गर्न जागरुक पार्नु पर्ने बताए ।
जिल्ला बन कार्यालयका रेञ्जर पुण्यप्रसाद पौडेलले बन महासंघ र जिल्ला बन कार्यालय बीच समन्वय आवश्यक रहेको बताए ।

जिल्ला बन अधिकृत राजेन्द्र निरौलाले बिभिन्न उपभोक्ता समितिहरूमा अनुगमन प्रभावकारी ढंगले अनुगमन आवश्यक रहेको बताउँदै उहाँले चेतना मूलक तालिमको आयोजना गर्नु पर्ने र आफले सदैव सक्दो सहयोग गर्ने बताउनुभयो ।

बन उपभोक्ता समिति महासंघका केन्दीय महासचिव भारती पाठकले समिति बन कार्यालय नै सर्वे सर्वा नभएको बताउँदै राज्यको प्राथमिकताका आधारमा परेका योजनाहरू समेत कार्यान्वयन हुन नसक्ने बताउनुभयो । कार्यक्रममा जिल्ला भुसंरक्षण अधिकृत कृष्ण पौडेल, नेपाल कृषि बन प्रतिष्ठानका परियोजना संयोजक कमलनाथ आचार्य लगायत पत्रकारहरू पनि सहभागि थिए ।

No comments: