Wednesday, November 5, 2014

रसुवामा चौरी पालक कृषक बढे


धुन्चे ,रसुवा
दुध उत्पादन केन्द्रले किसानसँग लिने दुधको मूल्य बृद्धि गरे पछि रसुवाका उच्च हिमाली भेगका किसान चौरी पालन ब्यबसायमै लाग्ने किसानहरु बढेका छन ।

प्रतिलिटर चालिस रुपैयामा दुध बिक्रि गर्नु पर्दा निरास बनि चौरि बिक्रि गरेका कृषकहरू दुध उत्पादन केन्द्रले केहि समय अघि मात्र प्रतिलिटर पन्ध्र रुपैंया बढाए पछि किसान चौरी पालन ब्यबसायमै फर्केका हुन ।

बिगतमा दुधको मूल्य कमि हुँदा चौरी गोठालो लाग्दैमा ठिक्क हुने बताउने कृषकहरू हाल मनग्गे आम्दानी भएको बताउँछन ।

यसैगरि उच्चपहाड कृषि ब्यबसाय जिबिको पार्जन सुधार आयोजनाले सहकारी माफर्त आर्थिक सहयागे गरे पछि जिल्लाको उत्तरी भेगका लाङटाङ,गत्लाङ,टिमुरे,बृद्धिम र चिलिमे गाँउ बिकास समितिका १६ भन्दा बढी कृषकहरू पुरानै ब्यबसायमा फर्केको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । बीस वटाको संख्यामा चौरी पालन गर्ने कृषकले दुध बिक्री बाट दुई देखि तिन लाख सम्म बार्षिक आम्दानी लीने गरेका छन ।

जिल्लमा करिब एक सय सत्तरीको संख्यामा ब्यबसायी रुपमा चौरी पालन गर्ने कृषकहरू रहे्ेको तथ्याङ्क छ । चौरीको दुधबाट याक चिज,मखनतथा छुर्पी उत्पादन हुने गरेको छ ।

हिमाली आयोजनाको सहयोग तथा दुग्ध विकास समितिले चिज केन्द्रले दुध गरिद गरिदिने भएकोले पनि रसुवामा पशुपालक कृषकहरुको संख्यामा बृद्धि भएको छ । हिमाली जिल्ला रसुवामा पशुपालनमा कृषकहरु ब्यवसायीक उद्यमीका रुपमा निस्केका छन् । 

No comments: