धुन्चे, रसुवा
करिब एक महिना अघिदेखि बन्द भएको रसुवागढी नाका खुलाउन चीन र नेपालका दुबै तर्फका सिमा सुरक्षा निकाय लगायत भंन्सार कार्यालय सहमत भएका छन ।
चीनको केरुङमा बसेको दुई पक्षिय बैठकमा नाका खुलाउन नेपाल तर्फका प्रतिनिधिले अनुरोध गरे पछि दुबै तर्फका सिमा सुरक्षा निकाय लगायत भंन्सार कार्यालयका प्रतिनिधिहरू सहमत भएका हुन् ।
नेपालले आफ्नो सिमातर्फ अध्यागमनको कार्यालय स्थापना एक साता भित्र गर्ने र एकीकृत भंन्सार जाँच गर्ने प्रकिया अगाडि बढाउने जनकारी केरुङको बैठकमा गराए पछि नाका खुलाउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी उद्वब भट्टराईले जानकारी गराउनु भयो ।
चीन तर्फको गृह मन्त्रालय तथा बाणिज्य मन्त्रालयमा नाका खुलाउन आदेश माग गरी सकिएकोले केही दिन भित्र रसुवागढी नाका संञ्चालन हुने चीनियाँ प्रतिनिधले जानकारी गराएको प्रमुख जिल्ला अधिकारी उद्वब भट्टराईले जानकारी गराउनु भयो । केहि दिन अघि नेपाल चीन केरुङ ब्यार संघ,हिमालय सिमापार बाणिज्य संघ तथा रसुवा उद्योग बाणिज्य संघ र पासाङल्यामु ट्रक कन्टेनर ब्याबसायी संघले बन्द नाका खुलाउन सरकारले चीनसँग पहल गरी दिन संयुतm रुपमा आग्रह गरे पछि जिल्ला प्रशासन कार्यालयले नाका खुलाउन पहल अगाडि बढाएको हो ।
साउनमा अरनिको राजमार्गको शिन्धुपाल्चोकमा सडक अवरुद्ध भएपनि यो नाकाबाट सामाग्रीहरू आयात निर्यात गर्दा रसुवागढी नाकाबाट १६ करोड रुपैयाँ राजश्व असुली भएको थियो ।
No comments:
Post a Comment